×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कसरी बनाउने बूढीगण्डकी आयोजना ?

  •  
  • आइतबार, भदौ १२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    शीतलबाबु रेग्मी
    सम्हालिएर अघि बढौँ, हतारिएर पछि अलपत्र परेका आयोजना धेरै छन्
    फर्पिङमा पहिलो जलविद्युत् उत्पादन गरेको एक शताब्दी नाघ्दा पनि नेपालको जलविद्युत् क्षेत्र निराशाजनक अवस्थामा छ । सुक्खा मौसममा देशले १४ घन्टाको लोडसेडिङ ब्यहोर्नुपरेको छ । समस्या समाधानको लागि द्रूतगतिमा विद्युत् उत्पादन गर्न जरुरी छ । कुरा जति गरे पनि विद्युत् उत्पादन भने हुन सकेको छैन र विद्युत् संकट अझ चुलिँदो छ । यो संकट समाधानको लागि बूढीगण्डकी जलाशययुक्त आयोजनाको परिकल्पना गरिएको छ र यसको निर्माणका पूर्व प्रक्रिया सुरु गरिएको छ । अहिले आयोजना निर्माणको विषयमा सम्बन्धित सबैमा कूतुहल र जिज्ञासा उठेको छ । यससम्बन्धी बहसको समय पनि यही हो ।
    यस योजनाको विषयमा सर्वसाधारणमा कूतुहल रहे पनि सामान्य जानकारीको भने अभाव रहेको छ । भूकम्पले आहत यस क्षेत्रका वासिन्दा योजनासम्बन्धी जानकारीभन्दा पनि मुआब्जा पाउनमा आतुर देखिन्छन् । सम्बन्धित क्षेत्रका अधिकारीहरू योजना सुरु गर्ने हतारोमा छन् र नेताहरू आयोजनाको आफ्नो पालामा शिलान्यास गरी जस कमाउने धुनमा देखिन्छन् । तर यथार्थमा यो बृहत् आयोजना कसले बनाउने, कसरी बनाउने र स्रोतको जोहो कसरी गर्ने भन्ने अति महत्त्वपूर्ण विषयमा भने बहस नै हुन सकेको छैन । हालको अवस्थामा सरोकारवालाहरूमा समेत सामान्य जानकारीको अभाव देखिएको छ ।
    तिब्बतबाट गोरखा हुँदै बग्ने बूढीगण्डकी नदीमा बेनीघाटबाट करिब दुई किलोमिटरमाथि बाँध बनाउने प्रस्ताव गरिएको छ । बाँधको दायाँ गोरखा जिल्ला र बायाँ धादिङ जिल्ला पर्छ । ६६ वर्ग किलोमिटर क्षेत्रफलको जलाशय साढे चार करोड घनमिटर क्षमताको हुनेछ । अधिकतम एक हजार दुई सय मेगावाटका लागि डिजाइन गरिएको यस अयोजनामा दुइटा सुरुङबाट सात सय ७२ घनमिटरका दरले दुई सय मिटरको हेडबाट पानी खसाली यो विद्युत् प्राप्त हुनेछ । विद्युत् गृह धादिङ जिल्लाको कल्लेरीमा रहने प्रस्ताव गरिएको छ ।
    फ्रान्सको परामर्श दातृ सेवा ट्राक्टवेल इन्जिनियरिङले यस अध्ययन कार्यको जिम्मा पाएको थियो । हाल यस कम्पनीले अन्तिम प्रतिवेदन बुझाइसकेको अवस्था छ । अध्ययन सुरु गर्न परामर्शदातालाई तीन विकल्पहरू दिइएको थियो । पहिलो विकल्पमा बाँधको फेदमै विद्युत् गृह निर्माण गर्ने, दोस्रोमा नदीको पश्चिम (दायाँ) तर्फ नौ सय मिटरको सुरुङ बनाएर विद्युत् गृह निर्माण गर्ने र तेस्रोमा करिब आठ किलोमिटर लामो सुरुङ बनाएर फिस्लिङनजिक विद्युत् गृह निर्माण गर्ने रहेको थियो ।
    बढी हेडका कारणले पहिलो विकल्प भन्दा दोस्रोमा करिब आठ प्रतिशत र तेस्रोमा तेत्तीस प्रतिशत बढी विद्युत् उत्पादन हुने सम्भावना रहेको छ । आयोजना कार्यालयबाट पहिलो विकल्प रोजिएको छ । विद्युत् गृह १२०० मेगावाटमा सञ्चालन हुँदाको अवस्थामा ६७२ घनमिटर प्रति सेकेन्डको बहाब रहनेछ । नदीको दायाँतर्फ रहेको थप प्राकृतिक छाँगो (हेड) प्राप्त हुन सक्ने दुवै विकल्पहरू विस्तृत अध्ययनै नगरी खारेज गरिएको छ । विस्तृत अध्ययनबिना दोस्रो र तेस्रो विकल्प छोडिनुको औचित्य स्पष्ट पारिएको छैन । उत्तिकै डुबान गरेर एकतिहाइ बढी विद्युत् उत्पादन हुने विकल्पको विस्तृत अध्यनको औचित्य र आवश्यकता अझ रहेको छ ।
    पूर्व सम्भाव्यता अध्ययनमा समुद्री सतहबाट ५२० मिटरको लेभेलसम्म डुबान हुने प्रावधान रहे पनि अन्तिम रिपोर्टमा यसलाई बढाएर ५४० मिटर कायम गरिएको छ । बाँध सुरक्षाको लागि ५४५ मिटरको लेभलसम्मको जग्गा अधिग्रहण गर्नुपर्नेछ । जसले गर्दा डुबान क्षेत्र झन्डै एकतिहाइ बढेर ६६ वर्ग किलोमिर हुन पुगेको छ भने एउटा ठूलो नगरोन्मुख क्षेत्र आरूघाट बजार सम्पूर्ण रूपमा डुबानमा पर्ने भएको छ । जग्गा अधिग्रहणको लागि प्रक्रिया सुरु गरिसकिएको छ ।
    बाँध निर्माणपश्चात् डुबान हुने क्षेत्रमध्ये झन्डै आधा भूभाग घना आबादी भएको क्षेत्र हो । यस आयोजना निर्माणको लागि झन्डै ५० हजार व्यक्तिलाई असर गर्ने र करिब २० हजार व्यक्ति पूर्णरूपमा विस्थापित हुने हुनाले यसको व्यवस्थापन जटिल हुने निश्चित छ । हालसम्म यस सम्बन्धमा कुनै कार्य अघि बढेको देखिँदैन । सरकारबाट वित्तीय व्यवस्था हुन सकेको छैन तथा राष्ट्रिय योजना आयोगबाट यो आयोजना प्रस्ताव स्वीकृति र कसरी अघि बढाउने भन्ने सम्बन्धमा निर्णय भएको छैन ।
    मुआब्जाको लागि करिब ५५ अर्ब लाग्ने अनुमान छ, जुन हालको मूल्यमा करिब ५५० मेगावाटको आयोजना बनाउन पुग्ने रकम हो । तसर्थ जग्गा अधिग्रहण, विस्थापित परिवारको पुनस्र्थापन तथा सामाजिक परिचालन यस आयोजनाको लागि ठूलो चुनौती हुने निश्चित छ ।
    सुक्खा समयमा अठार घन्टा सुक्ने र ६ घन्टा ६७२ घनमिटर प्रतिसेकेन्ड पानीको बहाब हुने यस आयोजनामा रिरेगुलेटिङ बाँध बनाउनैपर्ने हुन्छ । हालसम्म यसको अध्ययन तथा डिजाइन सुरु गरिएको छैन । यो अध्ययन सम्पन्न गरेपछि मात्र निर्माण गर्नुपर्ने भएकाले निर्माण कहिले सुरु हुन्छ, अनिश्चित छ ।
    बूढीगण्डकी नारायणीको सहायक नदी हो र यसमा भारत–नेपालबीच भएको गण्डक सम्झौता लागू हुन्छ । वर्षात्को समयको पानी जम्मा गरेर सुक्खा समयमा छोडिने हुँदा यस आयोजनामा सिँचाइ र बाढी नियन्त्रणबाट समेत ठूलो फाइदा हुन्छ । नदीमा पानी घटबढ हुनाले भारतमा नहर सञ्चालनमा पनि निश्चित रूपमा असर पुग्ने हुनाले भारतको चासो पनि पक्कै रहन्छ । अधिकांश तल्लो तटीय फाइदा भारतमा हुने हुनाले यस सम्बन्धमा भारतीय पक्षसँग सम्झौता हुन आवश्यक छ । नेपालले नै अधिकतम तल्लो तटीय फाइदा लिने गरी गुरुयोजना बनाउनु पनि अत्यावश्यक छ । हाल यी कार्यहरू गर्न बाँकी रहेको अवस्था छ ।
    नेपालको हालको कानुनी प्रावधानअनुसार विद्युत्गृह रहेको जिल्लाले फाइदाको बढी अंश पाउने प्रावधान रहेको छ । यसअनुसार धादिङ जिल्लाले पाउने फाइदा बढी हुन्छ, यसले गर्दा ठूलो विवाद खडा हुने देखिन्छ । नयाँ संघीय प्रदेश बनेपछि गोरखा तथा धादिङ अलग–अलग प्रदेशमा पर्ने हुनाले विवाद अझ बढ्न जाने देखिन्छ । उदाहणको लागि भारतका प्रान्तहरूबीच पानी बाँडफाँडको लागि रहेको विवादलाई लिन सकिन्छ ।
    यस आयोजना निर्माणका लागि रिरेगुलेटिङ बाँधबाहेक करिब २६० करोड डलर लाग्ने अनुमान गरिएको छ, जसअनुसार प्रति किलोवाट आवश्यक रकम दुई हजार डलरभन्दा बढी हुन्छ । केही पहिले निर्माण सम्पन्न भएको भारतको ‘टेहरी बाँध’ प्रति किलोवाट करिब एक हजार डलरमा बनेको थियो भने हाल निर्माणाधीन ६ हजार मेगावाटको इथियोपियाको ‘ग्रेट इथियोपियन रिनेसाँ ड्याम’ ४६० करोड डलर अर्थात् प्रतिकिलोवाट आठ सय डलरभन्दा कममा बन्दै छ ।
    यस हिसाबले बूढीगण्डकी जलविद्युत् आयोजना निकै महँगो हुन गएको छ । रिरेगुलेटिङ ड्यामको समेत हिसाब गर्दा यो आयोजना अझ महँगो हुन जानेछ ।
    अध्ययनअनुसार यस आयोजनाको वित्तीय प्रतिफल आठ प्रतिशत मात्र हुनेछ, जुन धेरै न्यून हो । यस प्रतिफलबाट कुनै पनि व्यापारिक प्रतिष्ठान यसमा लगानी गर्न आकर्षित हुने सम्भावना देखिँदैन र सरकारले नै लगानीको व्यवस्था गर्नुपर्ने हुन्छ । प्रतिफलको निश्चितता नभएकाले निजी लगानीकर्ताहरू यस आयोजनामा सेयर लगानी गर्न उत्साहित हुने देखिँदैन । तसर्थ हालको मूल्यअनुसार झन्डै तीन सय अर्ब लाग्ने यस आयोजनाको लागि वित्तीय व्यवस्थापन ठूलो चुनौती हुनेछ ।
    यस आयोजना कसरी बनाउने भन्ने टुंगो हालसम्म लाग्न सकेको छैन । सरकारबाट सम्पूर्ण लगानी गरी निर्माण गर्ने या तामाकोसी मोडेलमा जाने या अन्य कुनै प्रक्रिया अपनाउने भन्ने विषयमा निर्णय हुन आवश्यक छ । सर्वसाधारण लगानीकर्ता आकर्षक प्रतिफलको निश्चितता नभई आकर्षित नहुने हुनाले योजना कार्यान्वयनको लागि हालको विद्युत् दररेटमा वृद्धि गर्नुपर्ने हुन्छ र यसको लागि सरकारको कठोर निर्णयको आवश्यकता हुन्छ । यी सब विषयहरूमा स्पष्ट नभई हतारमा निर्णयमा जानु हुँदैन । गएमा देशको लागि ठूलो भार थपिने तर प्रतिफल प्राप्त नहुन सक्छ ।
    बूढीगण्डकी आयोजना निर्माण पनि अविलम्ब सुरु हुनुपर्छ । यसो भन्दैमा हतारोमा अध्ययन पूरा नगरी, वित्तीय व्यवस्थापन नगरी र सरोकारवालाहरूको सहमति नलिई अघि बढ्नु पनि उपयुक्त हुँदैन । अघि बढौँ, तर सम्हालिएर बढौँ । हतारिएर सुरु गरेर अलपत्र परेका आयोजनाहरू संसारमा धेरै छन् ।
    विद्यमान विद्युत् संकट समाधानको लागि एकातिर द्रूत गतिमा जलविद्युत् आयोजना निर्माण जति आवश्यक छ, परिपक्व निर्णयको पनि त्यत्तिकै आवश्यकता छ । बृहत् जलाशययुक्त आयोजनाहरूमा सरकारको ठूलो भूमिका हुने हुँदा यस्ता आयोजनाहरू सरकारको प्रत्यक्ष निगरानीमा निर्माण हुन उपयुक्त हुन्छ । सम्पूर्ण वित्तीय व्यवस्था नगरी निर्माण प्रक्रियामा जानु उचित हुँदैन ।
    प्रचुर मात्रामा तल्लो तटीय फाइदा हुने यस आयोजनामा तल्लो तटीय राष्ट्र भारतसँग पनि यस आयोजनाबाट हुने असर तथा तल्लो तटीय फाइदा र त्यसको बाँडफाँडको विषयमा स्पष्ट हुन आवश्यक हुन्छ । नेपालले नै अधिकतम फाइदा लिने गरी आठ किलोमिटर सुरुङसहितको विद्युत गृह निर्माण, रिरेगुलेटिङ ड्याम र सुरुङमार्फत चितवनमा पानी लगेर सिँचाइ गर्ने प्रावधानसहितको गुरुयोजनाको अध्ययन हुन पनि आवश्यक छ ।
    हाल अनुमान गरिएको लागत अन्य मुलुकमा भन्दा निकै बढी देखिएकाले यसलाई पुनर्मूल्यांकन हुन आवश्यक देखिन्छ । नेपालमा सुरुको ठेक्का रकमभन्दा खुद खर्च निकै बढी हुने परिपाटी रहेकाले तोकिएको मूल्यमा काम सक्ने गरी ठेक्का व्यवस्था हुन पनि आवश्यक देखिन्छ ।
    नेपालको ऊर्जा सुरक्षाको लागि जलाशययुक्त आयोजनाहरूको आवश्यकता छ । मुख्य ऊर्जा माग रहेको क्षेत्रको नजिकमा रहेको र अध्ययन निकै अघि बढिसकेको बूढीगण्डकी आयोजनाको निर्माण पनि अविलम्ब सुरु हुनुपर्छ । तर यसो भन्दैमा हतारोमा अध्ययन पूरा नगरी, वित्तीय व्यवस्थापन नगरी र सरोकारवालाहरूको सहमति नलिई अघि बढ्नु पनि उपयुक्त हुँदैन । अघि बढौँ, तर सम्हालिएर बढौँ । हतारिएर सुरु गरेर अलपत्र परेका आयोजनाहरू संसारमा धेरै छन् ।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.