×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १२ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

फर्जी हस्ताक्षरबाट रोगी पशुपन्छी भित्र्याइँदै

  •  
  • आइतबार, भदौ १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फर्जी हस्ताक्षरसहितको स्वास्थ्यपत्रका आधारमा शुक्रबार राति काठमाडौं भित्र्याउँदै गरिएका कुखुरा ।
    अमेरिका बस्ने चिकित्सकका नाममा धमाधम स्वास्थ्यपत्र
    राजेश बर्मा
    काठमाडौं: अमेरिका बस्ने एक पशु चिकित्सकको फर्जी हस्ताक्षर र स्टाम्प प्रयोग गरी नक्कली स्वास्थ्य प्रमाणपत्रका आधारमा अवैध रूपमा पशुपन्छी काठमाडौं आयात भइरहेको तथ्य फेलापरेको छ । यसअघि पनि फर्जी स्वास्थ्य प्रमाणपत्रका आधारमा पटकपटक मरेका र रोगी पशुपन्छी राजधानी भित्र्याउने गरिएको थियो ।
    पशु क्वारेन्टाइन कार्यालयले शुक्रबार राति फर्जी हस्ताक्षर र स्टाम्प प्रयोग गरी नक्कली स्वास्थ्य प्रमाणपत्रका आधारमा राजधानी भित्र्याउँदै गरेको अवस्थामा नागढुंगा नाकाबाट राँगा, भैंसी र ब्रोइलर कुखुरा बरामद गरेको छ । क्वारेन्टाइन कार्यालयका प्रमुख डा. परशुराम भुसालका अनुसार पशु सेवा विभागमा कार्यरत नेपाल भेटेरिनरी काउन्सिलमा दर्ता नम्बर ४३८ रहेका डा. सुभाष सिवाकोटीका नाममा फर्जी हस्ताक्षर र स्टाम्प लगाइएको पशुपन्छीसम्बन्धी नक्कली स्वास्थ्य प्रमाणपत्र (भेटेरिनरी प्रमाणपत्र) जारी भएको फेलापरेको छ ।
    डा. सिवाकोटी पछिल्लो तीन वर्षदेखि अध्ययनका क्रममा अमेरिकामा छन् । अमेरिकामा रहेका सिवाकोटीका नाममा नुवाकोटको जिलिङस्थित नमुना पोल्ट्री ब्रिडिङ एन्ड ह्याचरीका सञ्चालक पुरुषोत्तम नेपाल तथा सोही जिल्लास्थित चारघरेको नमुना ह्याचरी उद्योगका सञ्चालक नीलप्रसाद अर्यालले फर्जी हस्ताक्षर र स्टाम्प लगाएर स्वास्थ्य प्रमाणपत्र जारी गरेका हुन् ।
    पशुपन्छी मानव स्वास्थ्यका लागि हितकर भएको र निरोगी रहेको भनेर नेपाल भेटेरिनरी काउन्सिलमा दर्तावाल पशु चिकित्सकले स्वास्थ्य प्रमाणपत्र उपलब्ध गराएको आधारमा मात्रै सम्बन्धित व्यवसायीले एक जिल्लाबाट अर्को जिल्लामा पशुपन्छी ओसारपसार गर्न पाउने व्यवस्था छ । ती दुवै सञ्चालकले राजधानी भित्र्याउन लागिएको ‘ब्रोइलर कुखुरा स्वस्थ छ’ भनेर डा. सिवाकोटीका नाममा आफैं फर्जी स्वास्थ्य प्रमाणपत्र तयार पारी जारी गरेको फेलापरेको हो ।
    ‘जाँचका क्रममा केही महिनापहिले पनि यस्तो नक्कली स्वास्थ्य प्रमाणपत्रका आधारमा मानव स्वास्थ्यका लागि अयोग्य र गुणस्तरहीन पशुपन्छी राजधानी भित्र्याइएको थियो’, डा. भुसालले भने, ‘स्वास्थ्य प्रमाणपत्रका आधारमा फट्याइँ गर्ने यस्ता व्यवसायीले सजिलै एक स्थानबाट अर्को स्थानमा रोगी र मरेका पशुपन्छीहरू ल्याउने र लैजाने गर्दै आएका छन् ।’
    उपत्यका भित्रिने नाकाहरूमा कडाइका साथ जाँच गर्ने क्रममा फर्जी प्रमाणपत्रका आधारमा पशुपन्छी भित्र्याउने गरिएको तथ्य बाहिर आएको जानकारी डा. भुसालले दिए । उनका अनुसार असार अन्तिम सातामा पनि अमेरिका बस्ने डा. सिवाकोटीका नाममा यस्तो फर्जी प्रमाणपत्र जारी भएको आधारमा पशुपन्छी उपत्यका भित्रिएको थियो । फर्जी प्रमाणपत्रको बिगबिगी बढेपछि शुक्रबार राति नेपाल भेटेरिनरी एसोसिएसन र महानगरीय प्रहरी प्रभाग नागढुंगाको सहकार्यमा क्वारेन्टाइन कार्यालयले विशेष जाँच गरेको थियो ।
    जाँचका क्रममा नमुना पोल्ट्रीले बा ४ ख ९१२ नम्बरको आइसरमा राखेर काठमाडौंको न्यु राजु कोल्ड स्टोरका नाममा पाँच सय र नमुना ह्याचरीले बा ८ च ९५५३ नम्बरको बोलेरोमा राखेर काठमाडौंकै भ्याली कोल्ड स्टोर प्रालिका नाममा चार सय ५० थान ब्रोइलर कुखुरा पठाएको अवस्थामा बरामद गरिएको थियो । भ्याली कोल्ड स्टोर कुखुरासम्बन्धी व्यवसाय गर्ने उपत्यकाको सबैभन्दा ठूलो व्यापारिक प्रतिष्ठान हो ।
    क्वारेन्टाइनले फर्जी प्रमाणपत्रका आधारमा पशु स्वास्थ्य तथा पशु सेवा ऐनअन्तर्गत कुखुरा भित्र्याउने ती दुवै सवारीसाधनका चालकसँग जनही पाँचपाँच हजार रुपैयाँ जरिबाना गरेर छाडेको छ । अन्य थप कारबाही पनि क्वारेन्टाइनले अघि बढाएको छ ।
    यसैगरी प्रहरी प्रभाग नागढुंगाले किर्ते जालसाजी हस्ताक्षर र स्टाम्प प्रयोग गरी नक्कली स्वास्थ्य प्रमाणपत्र जारी गरेको अभियोगमा ‘किर्ते’ अन्तर्गत कारबाहीका लागि प्रक्रिया अघि बढाएको जानकारी प्रहरी निरीक्षक सुनिल दाहालले दिए ।
    नेपाल भेटरिनरी एसोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले फर्जी स्वास्थ्य प्रमाणपत्रबारे यथार्थ छानबिन गर्न काउन्सिलसँग छलफल गरिने बताए ।
    व्यवसायीहरूले नामै नभएका पशु चिकित्सकका नाममा फर्जी प्रमाणपत्र जारी गरी सुरक्षाकर्मी र क्वारेन्टाइनलाई छलेर उपत्यकामा रोगी र मरेका पशुपन्छी भित्र्याएको विषयमा पशुपन्छी मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेल र तत्कालीन राज्यमन्त्री नरदेवी पुनमगरलाई गत असारमा प्रतिवेदन बुझाएको थियो । क्वारेन्टाइनले मन्त्रालय तहबाटै यस्ता कार्यमा निरुत्साहित गर्न आवश्यक कदम चाल्नुपर्ने सुझाव दिएको थियो ।
    एउटै पशु चिकित्सकको नाममा तीनदेखि पाँच जिल्लाबाट यस्तो फर्जी स्वास्थ्य प्रमाण जारी भएको जाँचका क्रममा भेटिएको छ । विभिन्न नाकाबाट दर्जनौं पशु चिकित्सकका नाममा यस्ता फर्जी प्रमाणपत्र भेटिएपछि अहिले थप कारबाहीका लागि नेपाल भेटेरिनरी काउन्सिलमा आवश्यक छानबिन गर्न पशु मन्त्रालयले समेत ध्यानाकर्षण गराएको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.