×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १२ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

‘दसैँ, तिहारमा कुनै वस्तुको अभाव हुँदैन’

  •  
  • आइतबार, भदौ १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, भदौ १२ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहालले यस वर्षको दसैँ र तिहारजस्ता चाडपर्वमा कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नहुने बताउनुभएको छ ।  हरेक वर्षजसो दसैँ, तिहारजस्ता चाडपर्वमा हुने दैनिक उपभोग्य वस्तुको अभाव यो वर्ष हुँदैन, नेपाल टेलिभिजनद्वारा शनिबार प्रसारित कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’मा शनिबार प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो वर्ष यातायातको पनि कुनै समस्या हुनेछैन । ”

    आमजनताको जीवनमा प्रत्यक्ष अनुभूति हुनेगरी सूचना तथा सञ्चारलाई जोड्ने र त्यसको सदुपयोग कसरी गर्ने भन्नेबारे गम्भीर छलफल भइरहेको उहाँको भनाइ थियो ।  प्रधानमन्त्री दाहालले पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भइरहेका सवारी दुर्घटना न्यूनीकरण गर्न पहल भइरहेको पनि बताउनुभयो ।
    उहाँले भारत र चीन दुवै छिमेकी मुलुकलाई नेपालको सहयोगीका रूपमा राख्ने वातावरण सिर्जना गर्नेतर्फ आफ्नो आगामी भ्रमण केन्द्रित हुने प्रस्ट पार्नुभयो ।  विदेशमा रहेका लाखाँै नेपालीले भोग्नुपरेका समस्यालाई सम्बोधन गर्नेतर्फ आफू प्रधानमन्त्री भएकै दिनदेखि नै प्रयास गरेको र त्यसका लागि नीतिगत सुधार गर्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।  एक प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले समाजमा पछि परेका समुदायलाई अगाडि ल्याउने उद्देश्यले पनि समानुपातिक सिद्धान्त लागू गरिएको जानकारी दिनुभयो ।

    पुनःनिर्माणलाई प्राथमिकता दिन माग
    आरूघाटवासीले भूकम्पपछिको पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान आरूघाटवासीले सामूहिक भेट गरी भूकम्पपछिको पुनःनिर्माणसँगै जलाशाययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनालाई विशेष प्राथमिकतामा राख्न आग्रह गरे ।
    बूढीगण्डकी जलविद्युत् आयोजनाका कारण डुबानमा पर्नसक्ने बस्तीको उचित व्यवस्थापन गर्न पनि आरूघाटवासीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री दाहालले आफ्नो युवा अवस्थामा आरूघाटको बसाइँ र अध्यापनले आफ्नो राजनीतिक जीवनमा सधैँ ऊर्जावान् भएको भन्दै त्यहाँको विकासका लागि सक्दो सहयोग गर्ने बचन दिनुभयो ।
    “आरूघाटमा अढाई र तीन वर्ष अध्यापन गरेँ । त्यो बसाइँ मेरो राजनीतिक जीवनमा सधैँ ऊर्जाको स्रोत बनिरह्यो । जीवनमा जुनकुनै उतारचढावमा पनि तपाईँहरूसँग बिताएका ती दिनहरू कहिल्यै विस्मृतिमा गएनन्”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
    प्रधानमन्त्री दाहालले आफू कठिन अवस्थामा प्रधानमन्त्रीमा निर्वाचित भएको भन्दै आफ्नो कार्यकाल उपलब्धिपूर्ण कामका लागि खर्चने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आरूघाटवासीले उठाएका मागमा आफू संवेदनशील भएको भन्दै आफ्ना तर्फबाट सक्दो  सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    थवाङलाई आश्वासन
    प्रधानमन्त्री दाहालले रोल्पाको थवाङलाई नयाँ गाउँपालिकाको केन्द्र बनाउन आफूले सक्दो पहल गर्ने बताउनुभएको छ । रोल्पा थवाङका वामपन्थी अग्रज बर्मन बुढासहित १५ जनाको प्रतिनिधि टोलीसँग शनिबार साँझ भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले स्थानीय तह पुनःसंरचना समितिले आफ्नो काम गरिरहेको अवस्थामा थवाङलाई नगरपालिकाको केन्द्र बनाउनेबारे दलहरूसँग छलफल गरेर टुङ्गोमा पु¥याउने बताउनुभयो ।
    प्रतिनिधिमण्डलले रोल्पाका थवाङ, जेलवाङ, कुरेली, मिरुल, उवा र शेरम गाविस मिलाएर एउटै गाउँपालिका बनाउन र त्यसको केन्द्र थवाङलाई बनाउन माग गर्दै ज्ञापनपत्रसमेत बुझाएको छ । वामपन्थी अग्रज बुढाले तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको जनयुद्धको केन्द्र थवाङलाई थप परिचित बनाउन पनि नयाँ गाउँपालिकाको केन्द्र बनाउनुपर्छ भन्नुभयो ।

    गोर्खाका समस्या समाधान गर्न आग्रह
    बेलायती सेनाका पूर्वगोर्खा सैनिकको टोलीले आफूहरूमाथि बेलायत सरकारले विभेद गरेको भन्दै बेलायत सरकारसँग वार्ता गरी समस्या समाधान गरिदिन प्रधानमन्त्री दाहालसँग माग गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पूर्वगोर्खा सैनिकको टोलीले भेट गर्दै आफूहरूको जायज माग सम्बोधन गर्न कूटनीतिक पहल गरिदिन प्रधानमन्त्री दाहाललाई आग्रह गरेको हो ।
    प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएका गोर्खा सैनिकका अगुवा कृष्णबहादुर राईका अनुसार २५ वर्षदेखि आफूहरू बेलायत सरकारसँग वार्तामा बसे पनि समस्या समाधान नभएकाले सरकारी तहबाटै वार्ता गरी समस्या समाधानको पहल गर्न आग्रह गरिएको हो ।
    पूर्वबेलायती सैनिकको एकै स्तरको पदमा बसेर काम गर्दा पनि नेपालीलाई तलब कम दिइने, कैयौँ विभेद र असमानता रहेको, नेपालसमेत रहेको त्रिपक्षीय सन्धिअनुसार भर्ती गरिएको गोर्खा सैनिकलाई अधिकार दिलाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको राईले जानकारी दिनुभयो ।  प्रधानमन्त्री दाहालले गोर्खा सैनिकका मागका सम्बन्धमा पटक–पटक कुरा उठाइसकेको बताउँदै जायज माग सम्बोधन गर्न कूटनीतिक पहल गरिने बताउनुभयो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.