×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

शीर्षनेताको रहस्यः कुन नेताका छोराछोरी के गर्दैछन् ?

  •  
  • आइतबार, भदौ १२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पुष्प ढुंगाना

    राजनीतिक अस्थिरताले निम्त्याएको बेथितिका कारण नागरिकहरुको दैनिक जीवन धान्नै नसकिने बनेको छ । भनिन्छ, यस्तो परिस्थितिका लागि राजनीतिक दलका नेताहरु नै मुख्य जिम्मेवार छन् ।

    तर, जनताले जुन समस्या भोगिरहेका छन्, यो सास्तीबाट नेताहरुका परिवारजन प्रभावित छन् कि छैनन् ? देशमा बढिरहेको महंगीको मारमा नेताका सन्तान र आफन्तजन परेका छन् वा छैनन् ?
    आम नागरिकको यस्तो चासो मेटाउनका लागि प्रमुख तीन दलका प्रमुख ५/५ जना नेताको पारिवारिक अवस्थाबारे यहाँ चर्चा गर्ने प्रयास गरिएको छः

    शेरबहादुर देउवा

    नेपाली कांग्रेसका सभापति देउवा वैवाहिक जीवनमा गाँसिनुअघि नै केन्द्रीय राजनीतिमा उदाइसकेका थिए । उनले गृहमन्त्रीका रुपमा वहाल रहँदै आरजु राणासँग विवाह गरेका हुन् ।

    Sherbahadur Deuba_1शेरबहादुरका एकमात्र सन्तान छन्, बीरध्वज देउवा । तर, छोरा देउवालाई बुवा देउवाले गरेका राजनीतिक निर्णयको कुनै असर पर्दैन । उनी बेलायतमा राजनीतिशास्त्रमा विद्यावारिधि गर्दैछन् ।

    डडेल्धुराको सम्पन्न परिवारमा जन्मेका देउवाको बूढानीलकण्ठमा ठूलो कम्पाउण्डमा बनेको घर छ । पत्नी आरजु राणा पनि सम्पन्न परिवारकी हुन् । उनको एनजीओ एवं विद्यालयमा समेत लगानी छ ।

    दुबैजना सांसद भएकाले सरकारी सुविधा पनि पाउने गरेका छन् । देउवा पूर्वप्रधानमन्त्रीसमेत भएकाले थप सुविधा पाउँछन् ।

    जनताले भोगिरहेको समस्याले देउवा परिवारलाई खासै छुँदैन । यद्यपि बूढानीलकण्ठबाट सिंहदरबार आउँदा-जाँदा बाटोको दुरावस्था र खाल्डाखुल्डीले देउवा दम्पत्तिलाई पिरोल्ने गरेको छ ।

    रामचन्द्र पौडेल

    प्रमुख राजनीतिक विवाद अन्त्यबारे दलहरुवीच हुने हरेकजसो छलफलमा नेता रामचन्द्र पौडेलको उपस्थिति देखिन्छ । उनी कांग्रेसका बरिष्ठ नेतासमेत हुन् । त्यसैले उनको हरेक निर्णयले देशको भविष्य निर्धारणमा असर पार्छ ।

    ramchandra poudelतर, पौडेलका एकमात्र छोरालाई भने उनका राजनीतिक निर्णयले कुनै त्यस्तो असर पार्दैन । किनकि उनका छोरा चिन्तन पौडेल पनि अहिले देउवापुत्रजस्तै अहिले बेलायतमै छन् ।

    सुशील कोइराला नेतृत्वमा सरकार रहँदा छोरा चिन्तन गरिब घर परिवार पहिचान बोर्डका कार्यकारी प्रमुखमा नियुक्त भएका थिए । कोइराला नेतृत्वको सरकार हटेसँगै उनी फेरि बेलायत फर्किएका छन् ।

    पौडेलका चार छोरीहरु छन् । तीमध्ये जेठी छोरीको चितवनमा सम्पन्न परिवारमा विवाह भएको छ । माइली छोरी पोखरामा बस्छिन् । उनका श्रीमान पोखरामा इञ्जिनियर छन् । यस्तै साँहिली छोरी विवाह गरेर अमेरिकामा बस्दै आएकी छिन् । कान्छी छोरी माछापुच्छ्र्रे बैंकमा काम गर्छिन् ।

    सामान्यतः रामचन्द्र पौडेललाई कांग्रेसभित्रका सादगी नेताका रुपमा लिने गरिन्छ । उनी देउवाजस्तै सिंहदरबारभन्दा कही टाढाको दुरीमा रहेको बोहोराटारमा बस्छन् । सिंहदरबार आउँदा-जाँदा उनी पनि जाममा पर्ने गरेका छन् ।

    पौडेलको घरको कम्पाउण्ड  देउवाको भन्दा धेरै सानो छ, जहाँ उनी तरकारी रोप्ने गर्छन् र आफूलाई कृषिमा रुची भएको बताउँछन् ।

    कृष्णप्रसाद सिटौला

    कानुन व्यवसायबाट राजनीतिमा प्रवेश गरेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका दुई छोरी र एक छोरा छन् ।

    Krishna-Prasad-Sitaulaछोरा श्याम सिटौलाले इञ्जिनियरिङ्ग संकायतर्फ स्नातक तहको अध्ययन भारतको नयाँ दिल्लीमा सम्पन्न गरेका छन् । उनी अहिले अमेरिकामा एमइ तहमा अध्ययनरत छन् । कांग्रेस नेता सिटौलाका दुई छोरीहरु पनि अमेरिकामैै बस्दै आएका छन् ।

    सिटौलाले विभिन्न ठाउँमा जमिन किनेका छन् । सांसदको पारिश्रमिक बाहेक उनको अन्य कमाइ खासै देखिँदैन । तर, छोराछोरीहरु पनि उनलाई साथ दिने अवस्थामा पुगेका छन् ।

    प्रकाशमान सिंह

    पार्टी महामन्त्रीको जिम्मेवारी समेत निर्वाह गरिसकेका सांसद प्रकाशमान सिंह कांग्रेसका संस्थापक नेता गणेशमान सिंहका छोरा हुन् । उनका दुई छोरा छन् ।

    Prakash Man Singh (2)दुईमध्ये जेठा छोरा प्रभासमान सिंहलाई नेता प्रकाशमानले एसएलसीसम्म काठमाडौँमा पठाए । त्यसपश्चात स्नातकसम्म भारतको नयाँ दिल्लीमा पढाए ।

    अर्थशास्त्रमा स्नातकोत्तर गर्न अष्ट्रेलिया गएका उनी भर्खरै नेपाल फर्किएका छन् । उनी विद्यावारिधाका लागि पुन अष्ट्रेलिया जाने तयारीमा रहेको उनको पारिवारिक स्रोतले जनायो ।

    सिंहका कान्छा छोरा भास्करमान सिंह अहिले अष्ट्रेलियामा अध्ययनरत छन् । उनी व्यवस्थापन संकायतर्फ स्नातक र स्नातकोत्तर अध्ययनका लागि एक वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका छन् ।

    प्रकाशमानको राजधानीमा प्रशस्तै सम्पत्ति छ । डेराभाडाबाट पनि उनको राम्रो कमाइ हुन्छ । यद्यपि मन्त्री बनेका बेला उनको परिवारजनले सानो रकम पनि उठाउने गरेको चर्चा कांग्रेसभित्र चल्ने गर्छ ।

    विमलेन्द्र निधी

    कांग्रेसका प्रभावशाली नेता एवं वर्तमान उपप्रधान र गृहमन्त्री विमलेन्द्र निधीका दुई छोरा छन् ।

    Bimalendra Nidhi (3)निधीले जेठा छोरा अविरललाई १२ कक्षासम्म जावलाखेलस्थित सेन्टजेभियर्समा पढाए ।

    त्यसपछि भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा पठाए  । उनी एक सातापछि अमेरिका जाँदैछन् ।

    निधीका कान्छा छोराले सेन्टजेभियर्सबाट भर्खर प्लटुसम्मको अध्ययन सकेका छन् । उनी पनि इञ्जिनियरिङ्ग अध्ययनका लागि भारत जाने तरखरमा छन् ।

    केपी शर्मा ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वप्रधानमन्त्री समेत हुन् । अहिलेको राजनीतिक निर्णय प्रक्रियामा उनको विशेष प्रभाव रहँदै आएको छ ।

    KP-Oliतर, उनका कुनै पनि राजनीतिक निर्णयको प्रभाव उनको सन्नतिले व्यहोर्नु पर्दैन । किनकि उनी विवाहित भए पनि छोराछोरी छैनन् ।

    झापा आन्दोलनबाट राजनीतिमा उदाएका ओलीको भक्तपुर बालकोटमा आफ्नै निजी घर छ ।

    निम्नमध्यम परिवारका ओलीको दमक नगरपालिकामा पनि घर छ ।

    विभिन्न प्रकारका रोगहरुको शिकार हुँदै आएका ओली अहिले पनि उपचारका लागि विदेश (बैंकक) गएका छन् । उनको महंगो उपचारमा कहिले सरकारले त कहिले आफ्ना निकटस्थहरुले सहयोग गर्दै आएका छन् ।

    माधवकुमार नेपाल

    Madhav kumar nepalएमालेभित्र केपी शर्मा ओलीपछिका शक्तिशाली नेता हुन् माधवकुमार नेपाल ।

    अहिलेको राजनीतिक प्रक्रियामा पनि उनी शुरुदेखि नै क्रियाशील छन् ।

    उनको एक छोरा र एक छोरी छन् । तर, दुवै राजनीतिबाट टाढा छन् । उनीहरु दुबैजना डाक्टर हुन् ।

    छोरी छालाको डाक्टर छिन् भने छोरा अष्ट्रेलियामा बसेर विद्यावारिधि गर्दैछन् ।

    झलनाथ खनाल

    पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमालेका पूर्व अध्यक्ष हुन् ।

    jhalanath-Khanalदेशको अहिलेको राजनीतिक प्रक्रियामा उनको भूमिका निर्णायक छ । उनका एकमात्र छोरा छन्, निर्भिक चित्रकार खनाल ।

    खनालका छोरा निर्भिक अमेरिकामा अध्ययनपश्चात अहिले नेपालमै छन् ।

    उनी एमालेनिकट युवा संघका केन्द्रीय सदस्यका रुपमा राजनीतिमा सक्रिय छन् ।

    उनी आमाका नाममा रहेको माछापुच्छ्र्रे हर्वल नामक उद्योग सञ्चालनमा आमालाई सघाउँछन् ।

    ईश्वर पोखरेल

    एमाले महासचिव ईश्वर पोखरेलका दुई छोरा छन् ।

    ishwor-pokhrelतीमध्ये जेठा छोरा सिजन पोखरेल कृषि अध्ययन केन्द्र नार्कका वैज्ञानिक हुन् ।

    उनी राजनीतिक क्षेत्रबाट टाढा वैज्ञानिक अध्ययन अनुसन्धानको काममा व्यस्त छन् ।

    महासचिव पोखरेलका कान्छा छोरा सिसन पोखरेल भर्खरै अमेरिकाबाट अन्तराष्ट्रिय सम्वन्ध अध्ययन गरेर नेपाल फर्किएका छन् ।

    वामदेव गौतम

    वामदेव गौतम एमालेका उपाध्यक्ष हुन् । उनका एक छोरा र एक छोरी छिन् ।

    छोरा हरिश गौतम एमालेको भातृ संगठन युवा संघको केन्द्रीय सदस्यसमेत हुन् । उनी चीन र नेपालवीच वस्तुको आयात निर्यात गरी व्यापारमा संलग्न छन् ।

    Bamdev Gautamप्रहरीको रासन ठेकेदार दीपक भट्ट लगायतको टोलीसँग हरिस गौतमको बाक्लो उठबस छ, जसको अखडा बानेश्वरस्थित लोकमानसिंह कार्कीको घरमा हुने गरेको छ ।

    नेता गौतमले छोरालाई चाइनामा पढाएर इञ्जिनियर पढाएका थिए । चीनबाट फर्किएपछि छोरा हरिशले चाइनिज कम्पनीहरुसँगै मिलेर आयात-निर्यातको व्यवसाय गर्दै आएका छन् ।

    नेता गौतमकी छोरीले चितवनका एमाले नेता जागृत भेटवालका छोरासँग बिहे गरेकी छिन् ।

    गौतमले भैंसेपाटीमा रहेको घर बेचिसकेका छन् । हाल उनी भाडामा बस्छन् । अपार्टमेन्ट किन्ने तयारीमा रहेका गौतमको ५० लाख रुपैयाँ सुधीर बस्नेतले डुबाइदिएपछि उनी डेराको बासमा सीमित भएका हुन् । वामदेवकी पत्नी तुलसा मगर सानोतिनो उद्योगी व्यवसायीसमेत हुन् ।

    पुष्पकमल दाहाल प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ३ छोरी र १ छोरा छन् । जेठी छोरीको गत वर्ष क्यान्सरका कारण मृत्यु भयो । माइली छोरी रेणु दाहाल माओवादी केन्द्रमा आवद्ध भएर राजनीतिमा सक्रिय छिन् । उनी पार्टीको केन्द्रीय सदस्य समेत हुन् । यस्तै अर्की छोरी कान्छी विवाह गरेर सामान्य गृहिणी जीवन विताइरहेकी छिन् ।

    Prachanda_4एकमात्र छोरा प्रकाश दाहालले बुवाको स्वकीय सचिवका रुपमा प्रधानमन्त्री दाहाललाई सघाउँदै आएका छन् । छोरा प्रकाश बेलाबखत विभिन्न कारण राजनीतिक चर्चाका पात्र बन्ने गरेका छन् ।

    मध्यम वर्गबाट राजनीतिमा होमिएका प्रचण्डले भूमिगत कालमा प्रवासमा बस्नुबाहेक आफ्नो छोरोछोरीलाई कांग्रेस एमालेका नेताले जसरी विदेशमा पढ्न पठाएनन् ।

    प्रचण्ड सशस्त्र जनयुद्धको नेतृत्व गरेका र शान्ति प्रक्रियाको पनि प्रमुख नेतृत्व भएका कारण उनको सोच र राजनीतिक निर्णयले सिंगो देशको भविश्य निर्धारण गर्दछ र उनको परिवारलाई पनि ।

    नारायणकाजी श्रेष्ठ

    गोरखा जिल्ला घर भएका माओवादी नेता नारायणकाजी श्रेष्ठ अविवाहित नेता हुन् । उनी पार्टीभित्रका सादगी नेताका रुपमा चिनिन्छन् ।

    Narayankaji Shresth Prakashमाओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठ शान्ति प्रक्रियापछि केन्द्रीय राजनीतिमा परिचित बनेका हुन् ।

    उनी ०६५ मा माओवादीसँग पार्टी एकता गरेर मूलधारको राजनीतिमा आएका हुन् ।

    राजनीतिक निर्णय प्रक्रियामा उनको विशेष भूमिका रहन्छ ।

    तर, श्रेष्ठले अहिलेसम्म विवाह नगरेका कारण उनी पारिवारिक जञ्जालमा नपरेका नेता हुन् ।

    कृष्णबहादुर महरा

    नेपालको राजनीतिलाई प्रभावमा पार्नसक्ने माओवादी केन्द्रका अर्का नेता हुन् उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा । उनका दुई छोरा र दुई छोरी छन् ।

    Krishna Mahara (2)जेठी छोरी दाङमा किराना पसल चलाएर बसेकी छिन् भने कान्छी छोरी पनि दाङमै बस्छिन् ।

    उनी दाङस्थित महेन्द्र बहुमुखी क्याम्पसमा मानविकी संकायमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् ।

    महराका दुई छोरामध्ये जेठा छोरा एटम महरा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनी सेना समायोजनपूर्व माओवादी सेनाको बिग्रेड कमाण्डर थिए ।

    पछि स्वेच्छिक अवकाश रोजेर राजनीतिमा आएका हुन् । कान्छा छोरा राहुल बुवाको स्वकीय सचिवको भूमिकामा छन् ।

    badal-nepal-maoistरामबहादुर थापा बादल

    जनयुद्धबाट उदाएका नेता थापाका एक छोरा र एक छोरी छन् ।

    छोरा प्रतीक थापा बाबुको स्वकीय सचिवका रुपमा राजनीतिमा सक्रिय छन् ।

    छोरी भने स्नातक तहमा अध्ययनरत छिन् । थापा जनयुद्धबाट उदाएका माओवादीभित्रका शीर्ष नेता हुन् । तर, राजनीतिमा उनी खासै जम्न सकेका छैनन् ।

    वादलपत्नी नैनकला थापाले महिला आयोगमा काम गरिसकेकी छिन् ।

    चितवनमा मध्यमवर्गको राम्रो परिवारमा हुर्केका बादलको काठमाडौंमा डेरा छ ।

    वर्षमान पुन

    वर्षमान पुन ‘अनन्त’ माओवादीभित्र उदाउँदै गरेका एक प्रभावशाली नेता हुन् । पछिल्लो समय माओवादीका हरेक निर्णयमा पुन हावी हुँदै आएका छन् ।

    Barsha man Pun 455पुनका एक छोरा र एक छोरी छिन् । उनले दुवै छोराछोरीलाई सेन्टजेभियर्स स्कुलमा पढाइरहेका छन् ।

    व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्ती मगर वर्षमानकी जीवन संगिनी हुन् ।

    पुन परिवार रोल्पाको सामान्य मध्यमवर्गीय पृष्ठभूमिबाट यहाँसम्म आइपुगेको हो ।

    नेता फेरिए, कार्यकर्ता र जनताको समस्या उस्तै

    दश वर्षअघि जतिबेला जनयुद्धमा रहेको माओवादी र संसदवादी दलहरु बाह्रबुँदे समझदारी गर्दै समान राजनीतिक एजेण्डा बोकेर उभिए ।

    एकअर्का विरुद्ध लडिरहेका दलहरु परिवर्तनको एजेण्डा बोकेर एकै ठाउँमा उभिँदा जनतामा शान्ति, सुशासन र समृद्धिको आशा जाग्यो । त्यही सपनाले झण्डै आधा दशक नेपालीहरुले नयाँ नेपालका सन्दर्भमा निकै ठूलो बहस गरे ।

    राजतन्त्रलाई नेपाली राजनीतिको इतिहासमा सीमित गर्दै नयाँ राजनीतिक यात्रा थालनी गराउन भएको ०६२/०६३ को आन्दोलनलाई तिनै आशा र सपनाहरुले बल दिए । आन्दोलन भयो, राजतन्त्रपछि हट्यो, लोकतन्त्र आयो ।

    जनआन्दोलनको सफलतापछि ०६३ मंसिर ५ गते बृहत शान्ति सम्झौता हुँदा मुलुक स्थिरताको बाटोतिर गएको धेरैको अनुमान थियो । त्यस लगत्तै अन्तरिम संविधान मार्फत गणतान्त्रिक नेपालको खाका कोर्दै संविधानसभाको निर्वाचन भयो । त्यसपछि राजनीतिक  घटनाक्रम कसरी अगाडि बढ्यो, सबै नेपाली भुक्तभोगी छन् ।

    झट्ट हेर्दा राजनीतिक स्वरुपमा निकै ठूलो परिवर्तन आयो । राजसंस्थाको अन्त्य भयो, नारायणहिटीमा बसेर हुकुमे शासन चलाइरहेको राजपरिवार राजधानीको पश्चिमतर्फ रहेको नागार्जुन दरबारमा सीमित बन्यो ।

    तर, राज्यको पहलमा एउटा पनि नयाँ औद्योगिक कलकारखाना बनेनन् । बेरोजगारी समस्या चक्र्यो, राहदानी बनाउँदै खाडी मुलुक लम्कनेहरुको संख्या गुणात्मक बन्दै गयो । जनताको समस्या विकराल बन्दै जाँदा नेताहरु भने छोराछोरीलाई विदेशमा पढाउने र आफू विरामी हुँदै पनि सिंगापुर र बैंककसम्म उपचार गराउने जाने हैसियतमा उक्लिए ।

    बजारमा सबैखालका उपभोग्य वस्तुको भाउ छुनै नसक्ने गरी महंगिएको छ । सरकारी लगानीका विद्यालयको स्तर खस्कँदो छ । निजी क्षेत्रको शिक्षा निकै महंगो बनेको छ ।

    छोराछोरीलाई सामुदायिक स्कुलमा पढाउँदा निजी क्षेत्रमा पढ्ने विद्यार्थीसँग प्रतिस्पर्धा गर्नै नसक्ने कमजोर शिक्षण अवस्था र निजी स्कुलमा पढाउन खर्चले धान्नै नसक्ने अप्ठेरो अवस्थामा आम अभिभावक पुगेका छन् । तर, यो पीडाले नेताहरु र तिनका छोराछोरीलाई पटक्कै छोएको देखिँदैन ।

    त्यसैगरी महंगो बन्दै गएको स्वास्थ्योपचारले उपचारपछिको ऋणमा छट्पटाउन भन्दा मर्नु बेस भन्ने अवस्थामा धेरै विरामीलाई पुर्‍याइसकेको छ । दे

    शभर कृषि उत्पादन प्रत्येक बर्ष घटिरहेको छ, भने तथ्यांक विभागका अनुसार विदेशबाट आयात हुने वस्तुको संख्या हरेक महिना बढिरहेको छ । तर, यो महंगीले पनि विदेशमा बसेका नेताका परिवारलाई छुने कुरै भएन ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.