×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

म तिम्रो मुख हेर्न चाहन्न बाउ!

  •  
  • शनिबार, भदौ ११, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सिर्जना बस्नेत

    बाउ भन्न नि घिन लाग्छ मलाई। नभनेर नि के गर्नु! आखिर म तिम्रै वीर्यको एक थोपाबाट सिर्जिएकी हुँ। म आज तिमीले बाउको रुपधारण गरेर ममाथि गरेको दानवीय व्यवहारको पर्दाफास गर्दै छु। मलाई थाहा छ, तिमीलाई यसले केही फरक पर्नेवाला छैन। बेइज्जत त इज्जत हुनेको हुन्छ, त्यो त तिमीले गुमाइसक्यौ। म आज तिम्रो नदेखिएको कालो रुपको बयान गर्दैछु, मुटु गाँठो पारेर दुनियाँसामु सुनाउँदै छु।

    मलाई होस आएदेखि नै अभाव र दुःखको पहाडको थुप्रोमा पुरिएको याद छ। सानो टिनले छाएको र बाँसका भाटाले बेरिएको घर। पानी आउँदा रातभरि भाँडा थापेर रात काटियो भने हावा चल्दा छाप्रोको धुरी सतातेर कयौं रात बिताएका थियौं। तर, तिमीलाई यसले केही असर गर्दैनथियो, कुल्ली काम गर्न कुन गाउँ पुगेका हुन्थेउ, कहिलेकाहीँ त महिनौंपछि रित्तो हात हल्लाउँदै सवारी हुन्थ्यो। म सँगैका साथी स्कुल जाँदा म कुनै होटलको जुठा भाँडा समातेर मस्काउँदै हुन्थेँ। अरूका बाउले कलिला कात समातेर क ख सिकाउनुभन्दा अगाडि नै मैले तिम्रो ठेले हातको धुलाइ खाइसकेकी हुन्थेँ।

    जब साँझ पर्न थाल्थ्यो तब मनमा एक किसिमको डर हुन्थ्यो, भरे घरमा कुटाइ खान नपरोस्। हरेक दिन मैले केही न केही निहुँमा कुटाइ खाएकै हुन्थेँ। कहिले बेलुका रक्सी घरमा नल्याएको निहुँमा, कहिले साहूसँग पैसा नल्याएको त कहिले चुरोट नल्याएको निहुँमा। बाउको कमाइले त वर्षमा मुस्किलले दुई पाथी चामल खान्थ्यौं। आमाले अरुको मेला गरेर हाम्रो पेट पूजा गरिदिएकी थिइन्। दिउँसो तातो घाममा काम गरेर बेलुका लखतरान भई घर आउँदा नि कहिल्यै सुख पाइनन् बिचरी मेरी आमाले। दैनिक उनको शरीरको कुनै न कुनै भागमा चोट लागेकै हुन्थ्यो। सायद यो सहन नसकेर उनले पनि बेलैमा मृत्युको सहारा लिइन्। आत्महत्या गरिन्।

    आमाले संसारबाट बिदा लिएपछि मेरो जीवन कहालीलाग्दो हुँदै गयो। होटलमा जुठा भाँडा माझेर भोको पेट भरेकी थिएँ। त्योभन्दा कति पैसा दिन्थे साहूले बाउलाई मलाई थाहा भएन। पुस–माघको जाडोमा चिसो पानीले भाँडा माझ्दा जिउँदै मरेजस्तो पीडा हुन्थो। काम गरेन भने साहूले नि भकुर्न थाल्थ्यो। त्योभन्दा पिर त खान पाएको बासी भात नि खोसिने डर थियो। बिहानदेखि होटलको काम गरेर बेलुका घर पुग्दा बाउ बाटोतिरै लडिरहेका हुन्थे। कहिले ओछ्यानमै मुतेर सुतेका हुन्थे। कहिल्यै घर व्यवहारको चिन्ता थिएन वा लिएनन्।

    सधैं रक्सीमा मात्र ध्यान थियो। म घरमा तातो खोलेफाडो जे छ पकाएर काममा जाने गर्थेँ। बेलुका फर्किँदा कुकुरले खाइरहेको हुन्थ्यो। म कामबाट आएर सुतिसक्दा पनि बाउ आउने नआउने कुनै ठेगान हुँदैन थियो। रातभरि डरले निदाउनै सक्दिनथेँ। रुँदारुँदै कतिखेर भुसुक्क निदाको आफैं थाहा पाउँदिनथेँ।

    समय बित्दै गए। म १४ वर्षकी भइसकेकी थिएँ। छातीमा सा–साना गाँठा बन्न लागेका थिए। होटलको जुठो भात लागेर होला हलक्कै बढेकी थिएँ। पहिलोचोटि महिनावारी पनि म १४ वर्षमै भएकी थिएँ। सुरूमा त निकै डर लागेको थियो। किन रगत आएछ भनेर आत्तिँदै छिमेकी दिदीलाई सोध्दा उहाँले हाँस्दै सम्झाएर टालो हाल्न सिकाउनुभयो र ठूली भएको कुरा भन्नु भा’को थियो।

    हरेक दिनझैं त्यस दिन पनि म काम सकेर घर आउँदा घर रित्तो थियो। म करिब ८ बजेतिर ओछ्यानमा सुतिसकेकी थिएँ। बाउ कतिखेर आउने केही थाहा हुँदैनथ्यो। अझ भनौं मलाई नि वास्ता लाग्न छोडिसकेको थियो।

    त्यसैमध्येको एक रात। म निदाइसकेकी रहेछु। राति ढोका खोल भन्दै बाउको लर्बरिँदो स्वर निद्रामै सुनेँ र ढोका खोलिदिएकी थिएँ। घरमा कुनै कोठा थिएन हाम्रो ओछ्यानमात्र फरक थियो। ढोकाको छेउपट्टी बाउ र म भित्र कुनातिर सुत्थेँ।

    निद्रामै थिएँ। एक्कासि मलाई के ले थिच्यो, चिच्याउन खोजेँ। तर, मेरो मुख थुनिएको थियो। विस्तारै मेरो सुरुवाल खोलियो म निकै उठ्न र कराउन खोजिरहेकी थिएँ तर सकिनँ। म लुटिएँ। यतिधेरै पीडा भयो कि सास फेर्न नि मुस्किल थियो। मेरो योनी च्यातिएको जस्तो लागेको थियो। रगत आएको थियो। सुरूमा लागेको थियो, मेरो बाउले बचाउँछन् भनेर तर म गलत रहेछु।

    जब मेरो मुखको हात हट्यो, तब उनै बाउले मलाई कसैलाई भनिस् भने मारिदिन्छु भने। म त जिउँदै मरिसकेकी जस्ती भएँ। थाहा छैन, मेरो बाउले मलाई कति खेरसम्म स्वास्नी बनाए। म त बेहोस् भएर लडेकी रहेछु। बिहान उठ्दा बोली नै नआउने भएको रहेछ।

    म त्यसदिन काममा पनि जान सकिनँ। म उठ्नुभन्दा अगाडि नै घरबाट बाउ हिँडिसकेका रहेछन्। पिसाब फेर्न जाँदा पीडा भयो, म निकै रोएँ। छिमेकी दिदीले के भयो किन तेरा आखाँ सुन्निएका? भन्दा नि मैले सञ्चो छैनबाहेक केही भन्न सकिनँ। म कसरी भनौं मलाई मेरो बाउले स्वास्नी बनाए भनेर?

    जुन दिन बाबुले मेरो काँचो मासुको भोग गरे र मलाई जिउँदै मारिदिए, त्यस दिनदेखि म सास नभएको मुर्दाझैं भएँ। हरेक दिनजसो मेरो सुरुवाल खोल्न थाले। धेरैचोटि मर्न खोजेँ तर सकिनँ। खोलामा डुबेर मर्न खोजेँ तर पौडिन आउँथ्यो। भीरबाट खस्न खोजेँ, डर लाग्यो र विष किन्न जाँदा पसलले नै दिएन।

    म हरेक रात मरेर बिहान जिउँदै उठ्ने गर्थेँ। हुँदाहुँदा मलाई होटलको काम गर्नसमेत जान दिएनन् बाउले। सायद, आफ्नो कालो रुप बाहिर आउँछ कि भन्ने डरले पनि हुनुपर्छ। समय बित्दै जाँदा करिब एक वर्षपछि म महिनावारी हुन छाडेँ। मलाई थाहा थिएन अब के हुन्छ भनेर। छिमेकी र साथीहरूले शंका गर्न थालिसकेका रहेछन्। बाउले गरेको घिनलाग्दो पापको छाप मेरो गर्भमा बसेछ।

    त्यसैले होला मलाई त्यो पापबाट पन्छाउन बाबुले काठमाडौं ल्याए। कुन अस्पताल हो मलाई त्यति थाहा छैन, डाक्टरले मेरो अनुहार हेर्दै योनीमा कुनै पाइप छिराएको याद छ। त्यतिबेला मलाई निकै नै पीडा भयो। म रुँदा एक जना नर्सले ‘बच्चैमा पोइ चाहियो अनि अहिले दुःख नपाएर के गर्नु’ भन्दै रातोरातो आँखा बनाएर गाली गरिन्। म कसरी यस्तो भएको होला भनेर कसैले नि सोधेनन्। मलाई नदुख्ने सुइ दिएर के–के गरे, र भने – ल सफल भयो। मलाई त्यसदिन हस्पिटलमै  राखेर भोलिपल्ट गाउँ आउँदा गाउँलेहरू मुखामुख गरेर हामीलाई हेरिरहेका थिए।

    रगत बगिरहेकै थियो। गाउँको अलि पढेकी र सामाजिक काम गर्ने दिदी हाम्रो घरमा दिउँसो आइन्। उनी मलाई निक्कै माया गर्थिन्। बाउ घरमा नभएको मौका पारेर मेरो बारेमा बुझ्न आएकी रहिछन्। उनले सुरूमा सोध्दा त मैले केही भाको छैन, काठमाडौंमा फूपूको घर गएर आएकी भनेर टारेँ। तर, दिदीले धेरै सम्झाउनुभयो र मलाई सुरक्षित ठाउँमा राख्ने बचन दिँदा म भक्कानिएर रुँदै सबै कुरा भनेँ।

    मेरो कुरा सुन्दा उनी पनि रुँदै मलाई अंगालोमा हालिन्। त्यसपछि जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला अदालतमा हाडनाता करणीको उजुरी दर्ता गराउन उनले मलाई सहयोग गरिन्। म कुनै बालअधिकार सम्बन्धी काम गर्ने संस्थाको सहयोगमा बसेकी छु। र, बाबु आज कारागारको चौघेरोमा दिन काट्दैछन्। म चाहन्नथेँ बाउ तिमी जेलको दैलोमा पाइला टेक्नु परोस् भनेर तर के गर्नु तिमीले नै बाध्य बनायौ। तिमीले नै रोपेको कोपिला थिएँ म तर कस्तो अभागी रहेछु फक्रिन र फुल्न नपाई नै धुजाधुजा पारेर च्यातिदियौ। तिमीसँग मेरो कुनै नाता–सम्बन्ध छैन। यो संसारमा भगवान छ भने म प्राथना गर्छु कि तिमीजस्तो बाउको वीर्यबाट जन्मिनुभन्दा गर्भमा तुहिन परोस्।

    म जस्तो छोरीले आफ्नो बाबुलाई जेल हाल्न नपरोस्। त्यसैले यो जुनीमा मात्र हैन अबको सयौं जुनीमा पनि म तिम्रो मुख हेर्न चाहन्न। मेरो लागि तिमी जिउँदै मर्यौ तिम्रो सास हुनु र नहुनुसँग मलाई सरोकार छैन। मेरो नजरमा तिमी केवल एक बलात्कारी हौ। तिमीले दिएको थर परित्याग गरी म एक नेपाली मात्र भन्ने गर्छु।

    र, हरेक बाउको मुख हेर्ने दिन तिम्रो मृत्युको उत्सव मनाइरहेकी हुनेछु।

    (आफ्नै बाबुबाट बलात्कृत भएकी छोरीसँगको कुराकानीको आधारमा यो कथा तयार पारिएको हो।)

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.