×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ११ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

१०५ वर्षीय जयपति चेपाङको मृत्यु

  •  
  • शनिबार, भदौ ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ‘सरकार गरिव छ’ भन्दै जयपतिले बृद्धभत्ता लिन मानेका थिएनन्

    – प्रताप विष्ट, हेटौंडा
    फाइल तस्बिर ।

    भाद्र ११, २०७३- मकवानपुरका चेपाङ समुदायका सबैभन्दा जेष्ठ नगारिक जयपति चेपाङको शनिबार दिउँसो मृत्यु भएको छ  ।

    भार्ता गाविस ४ सिलौतीका १०५ वर्षीय चेपाङको झाडापाखाला लागेर घरमा नै मृत्यु भएको । सात दिनदेखि उनी पखाला लागेर थला परेका थिए ।

    औषधि उपचार गर्न नपाएर उनको मृत्यु भएको स्थानीयवासी चित्र चेपाङले भने, ‘१६ वर्षीया नातिनी वुहारीले  झाक्री खोजेर ल्याएर शुक्रबार वेलुका झारफुक गराएकी रहेछिन् ।’

    चार वर्ष  अघिसम्म ओडारमा  नै बस्दै आएका जयपतिको ‘एक्लै ओडारमा हजुर बा’ शीर्षकको समाचार २०६९ जेठ १९ गते कान्तिपुरमा  प्रकाशित भएपछि जनता आवास कार्यक्रम अन्तर्गत घर वनाईएको थियो ।

    २०७० माघ १४ गते तत्कालिन प्रजिअ एकनारायण अर्यालको अगुवाईमा उनलाई ओडारबाट उक्त घरमा  प्रवेश गराइएको थियो ।

    ओडारमा नै उनी जन्मेका थिए।  जनता आवास कार्यक्रम अन्तर्गत वनेको घर भूकम्पले भत्केपछि उनी फेरि त्यही ओडारमा नै  फर्केका  थिए । सरकारले बनाएको घर भन्दा देवताले वनाएको घर वलियो हुदो रहेछ भन्दै उनी ओडारमा बसेका थिए ।

    भूकम्पले घर भत्केपछि वृद्ध चेपाङ ओडारमा फर्के समाचार कान्तिपुरमा प्रकाशित भएपछि सहृदयीहरुको सहयोगमा घर पुनर्निर्माण गरेर २०७२ जेठ ८ गते नै ओडारवाट घर फकाईएको थियो । १७ वर्षीय नाति अगमसिंह चेपाङ विवाह गरेर उनीसँग वस्दै आएका थिए ।

    नाति रोजगारी लागि काठमाडौं गएका थिए । हजुर वावुको मृत्यु भएको खबर पाएपछि उनी शुक्रबार वेलुका नै घर आइपुगेका छ ।

    ‘मकवानपुरका चेपाङहरुमध्ये सबैभन्दा जेठा चेपाङ जयपति नै हुन्,’ चेपाङ संघ मकवानपुरका अध्यक्ष खेम चेपाङले भने, ‘जयपतिको मुत्युबाट चेपाङको एउटा जिउदो इतिहास ढलेको छ ।’

    ओडारमा बस्दा उनले सरकार गरिब छ वृद्ध भत्ता लिन्न भनेका थिए। मरेपछि पनि सरकारको वृद्ध भत्ता लिन हुँदैन उनले भनेका थिए । छिमेकी, गाविस सचिव र सञ्चारकर्मीहरुले सम्झाई वुझाई गरेपछिमात्र उनले वृद्ध भत्ता लिने गरेका थिए  । उनको दाहसंस्कार शनिबार गोराङदी खोलाको किनारमा हुने स्थानीयवासी महेश चेपाङले वताए । अहिले जयपतिको घरमा छिमेकीहरु जम्मा भइरहेका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.