×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ११ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

मुग्लिनको बाटो ज्यान सधै‌ धरापमा

  •  
  • शनिबार, भदौ ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मुग्लिनको बाटो ज्यान सधै‌ धरापमा
    फाइल तस्बिर
    शिव उप्रेती
    कालीखोला चितवनः नारायणगढबाट मुग्लिनसम्म आउने ३६ किलोमिटर सडकखण्ड जहिल्यै असुरक्षित र साँघुरो त छँदैछ । त्यहीमाथि विस्तारका नाममा सडक विभागले यो सडकको जुन हविगत बनाएको छ, यात्रुहरू हरेक क्षण ज्यान धरापमा राखेर हिँड्न बाध्य छन् ।
    चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरका अनुसार साँघुरो सडक, धेरै खाल्डाखुल्डी र पेटी नभएका कारण नारायणगढ–मुग्लिन सडकको कालीखोलाखण्ड निकै जोखिमपूर्ण छ । ‘दुर्घटना भएको बस खसेको ठाउँमा सडक साँगुरो छ । खाल्डाखुल्डी धेरै छन् । त्यही ठाउँमा प्याराफिट पनि छैन’, उनले अन्नपूर्णसँग भने, ‘कि ड्राइभर झुक्किएर खस्यो कि निदायो भन्ने अनुमान गर्न सकिन्छ । ‘ ड्राइभरकै मृत्यु भएकाले बस दुर्घटनाको अनुसन्धानमा कठिनाइ भएको छ ।
    घटनास्थल पत्ता लगाउन र उद्धारका लागि धेरै लागेको मुग्लिन इलाका प्रहरी कार्यालयका इन्चार्ज योगबहादुर हमालले बताए । ‘नदीको किनारबाट एकजना यात्रुले फोन गरेका थिए तर कहाँ हो कहाँ ? रातिको बेला कसरी थाहा पाउने ? ’ हमालले भने, ‘चारफेर ओहोरदोहोर गरियो होला घटनास्थल पत्ता लगाउन । बल्लतल्ल फेला त पारियो । रातिको बेला नदीकिनारमा कसरी झर्ने, पानी परिरहेको थियो । नदी बढिरहेको थियो ।’
    धेरै चुनौती सामना गरेर घाइतेको उद्धार गरेको उनले बताए । साढे तीन बजे यात्रु रितेशकुमार ठाकुरले प्रहरीलाई जानकारी गराए पनि उद्धारको काम भने साढे चार बजेपछिमात्र भएको उनले बताए ।
    सधैं दुर्घटनाका साक्षी
    सोही ठाउँमा यसअघि पनि पटकपटक दुर्घटना भइरहेको कालीखोलामा चिया पसल गरेर बस्ने मोती गुरुङ बताउँछिन् । सोही ठाउँमा एक महिनाअघि प्रहरीको मोटरसाइकल खसेको र सिमेन्ट बोकेर आइरहेको एउटा ट्रक पनि खसेको उनले बताइन् ।
    नारायणगढ–मुग्लिन सडकखण्ड ज्यादै जीर्ण भएकाले दुर्घटना भइरहने उनको भनाइ छ । ‘सधैं एक्सिडेन्ट भइरहन्छ । हामी मान्छे मरेको, घाइते भएको, बेपत्ता भएको साक्षी बसिरहेका छौं’, उनी भन्छिन्, ‘कहिले पो बाटो राम्रो हुने हो अनि मान्छे मरेको साक्षी बस्नु नपर्ने हो ।’ १० वर्षदेखि यस्ता दुर्घटना दर्जनौं भोगिरहेको उनको भनाइ छ ।
    मुग्लिन-नारायणगढ सडकखण्डमा सधैंजसो यस्ता घटना भइरहने मुग्लिनका विनोद श्रेष्ठले बताए । कुनै यात्रु मर्ने रहरले यात्रा नगर्ने भन्दै उनले दिनहुँजसो यात्रु मरेको आँखैअगाडि देखिरहनु परेको गुनासो गरे । ‘सबै यात्रु न मर्न यात्रा गरेका हुन्छन्, न त सकसपूर्ण यात्रा गर्न चाहेर यात्रा गरेका हुन्छन् । तर यो सडकखण्ड ज्यादै असुरक्षित भयो ।
    यहाँ धेरैजसो दुर्घटना भइरहेको हुन्छ । यात्रु मरिरहेको, घाइते भइरहेको देख्नुपर्छ । सुन्नुपर्छ । यो सडकमा यस्ता घटनाको साक्षी बस्ने दिनको कहिले अन्त्य होला ? ’ यात्रुलाई सुरक्षित यात्राको ग्यारेन्टी दिन सक्नुपर्ने उनको भनाइ छ । तर अहिले सडकको स्तरोन्नतिका नाममा लामो समयदेखि बाटो झन् जीर्ण बनाइएको, यात्रुलाई कष्टकर यात्रा गर्न बाध्य पारिएको उनको भनाइ छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.