×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ११ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

नवनियुक्त स्वास्थ्य मन्त्री गगन थापाले भने- डा. केसीको माग ‘निश्चय’ पनि सम्बोधन हुन्छ

  •  
  • शुक्रबार, भदौ १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भाद्र १०, २०७३-

    नवनियुक्त स्वास्थ्य मन्त्री गगनकुमार थापाले डा. गोविन्द केसीको माग पुरा गर्ने नैतिक दायित्व आफ्नो भएको बताएका छन् । शुक्रबार शीतल निवास महाराजगन्जमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सपथ ग्रहण गरिसकेपछि मन्त्रीको पदभार सम्हाल्न सोझै स्वास्थ्य मन्त्रालय पुगेका थापाले डा. केसीको माग ‘निश्चय’ पनि पुरा गर्ने बताए ।

    आफू सांसद भएको बेला स्वास्थ्य क्षेत्रमा देखिएका विसंगती र अनियमिततालाई समाधान गर्न आफू प्रयासरत रहने उनले बताए । शुक्राबार माइतीघरमा रहेको मन्त्रालयमा उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘मैले तीन बुँदालाई विशेष प्राथमिकता दिएको छु । जुन म मन्त्री हुँदा कार्यान्वयन गर्ने छु ।’

    उनले भने संविधान जारी भइसकेपछि संविधान कार्यान्वयन गर्ने यही समय भएकोले संविधान कार्यान्वयनसँगै स्वास्थ्य क्षेत्रको पनि कानुन बनाउने, पूर्वाधार बनाउने, स्रोत जुटाउने यही बेला भएकोले आफ्नो ध्यान त्यतैतिर केन्द्रित हुने बताए ।

    उनले भने, ‘केही समयदेखि देशमा स्वास्थ्य क्षेत्र सुधारका लागि हामीले नागरिक आन्दोलन वा सामाजिक आन्दोलन भइरहेका देखेका छौं । यस क्षेत्रमा व्यापक रुपमा अनियमितता, विकृति र कुशासन देखिरहेका छौं । यसको समाधानको लागि समग्रमा यसको ‘गुड गभर्नेन्स’ मा सुधार ल्याउनु पर्छ । नागरिकहरुले यसमा सुधारको ठूलो अपेक्षा पनि राखेका छन् । निश्चिय पनि यसमा मेरो प्राथमिकता पर्छ ।’

    पत्रकाहरुले डा. केसीको माग सम्बोधन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा गगनले भने, ‘निश्चय पनि । स्वास्थ्य क्षेत्रमा जति पनि विषयहरु नागरिक आन्दोलनबाट उठेको छ । ती कुराहरु म बसुन्जेल फेरि कहिल्यै पनि नउठुन् भन्ने हिसाबले काम गर्छु । त्यो मेरो नैतिक दायित्व पनि हो र म सचेत पनि छु ।’

    मन्त्री थापाले नेपालको स्वस्थ्य क्षेत्रमा स्रोत र साधन हुँदाहुँदै पनि गुणनस्तरीय सेवा उपभोक्ताले पाउन नसकेको बताए । उनले स्वास्थ्य सेवा प्रदायकले राम्रो सेवा दिन सक्ने अवस्था भएपनि दिन नसकिरहेको बताए । उनले भने, ‘स्रोत र साधन नभएर भन्दा पनि स्रोत र साधननको प्रभावकारी हुन नसकिरहेको र दिनुपर्ने सर्भिस पनि हामीले दिन सकिरहेका छैनौं । हामी सेवा चुस्त बनाउन तर्फ पनि ध्यान दिन्छौं ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.