×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ११ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

माओवादीलाई सरकारी जग्गा दिने निर्णय फिर्ता

  •  
  • शुक्रबार, भदौ १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    माओवादीलाई सरकारी जग्गा दिने निर्णय फिर्ता
    फlइल तस्बिर
    क्रान्ति शाह
    वीरगन्जः चर्को विरोधपछि पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय स्थापनाका लागि सरकारी जग्गा दिने निर्णय फिर्ता लिएका छन् ।
    प्रमुख जिल्ला अधिकारी घिमिरे संयोजक रहेको स्थानीय सिफारिस समितिको शुक्रबार बिहान बसेको बैठकले गत भदौ ५ गते आफैँले गरेको निर्णय कानुन विपरित रहेको भन्दै फिर्ता लिएको हो ।
    निजी भवन वा जग्गा नभएकाले पार्टी सञ्चालनमा अति नै कठिनाई भएको भन्दै जग्गा उपलब्ध गराइ दिन भन्दै नेकपा माओवादी केन्द्रको पर्सा जिल्ला कार्य समितिले गत आइतबार (भदौ ५ गते ) स्थानीय सिफारिस समितिलाई निवेदन दिएको थियो ।
    निवेदन पाएकै दिन प्रजिअ घिमिरे संयोजक रहेको स्थानीय सिफारिस समिति पर्साले वीरगन्ज उपमहानगरपालिका कार्यालय वडा नम्बर १७ मा रहेको वीरगन्ज चिनी कारखाना नजिकैको पाँच कठ्ठा ऐलानी जग्गा नियम विपरित ५० वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो ।
    समितिले आइतबार गरेको निर्णयको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्ता साझेदार नेपाली कांग्रेस र सत्ता समर्थक मधेसी दलले चर्को विरोध गरेपछि स्थानीय सिफारिस समिति पर्साको शुक्रबार बिहान बसेको बैठकले उक्त निर्णय रद्ध गरेको हो ।
    प्रजिअ घिमिरेको अध्यक्षतामा शुक्रबार बिहान बसेको समितिको बैठकले भदौ ५ गते माओवादी केन्द्र पर्सालाई ५० वर्षका लागि लिजमा पाँच कठ्ठा जग्गा दिने भनि गरिएको सिफारिस कार्यान्वयन नभइसकेको अवस्थामा उक्त सिफारिस त्रुटि पूर्ण देखिएकोले फिर्ता लिने निर्णय गरेको हो ।
    ‘भदौ ५ मा गरिएको निर्णयमा त्रुटि देखियो, हामीले जुन कार्यनीति अनुसार सिफारिस गरेका थियौँ त्यो कार्यनीति नै खारेज भई अर्को लागु भइसकेको रहेछ,’ उनले भने, ‘भदौ ५ मा गरिएको सिफारिस रद्द गरेर माथिल्लो निकायमा अबिलम्ब जानकारी गराउने निर्णय आज गरेका छौँ ।’
    माओवादी केन्द्रलाई जग्गा दिन गरेको सिफारिस फिर्ता लिने भनेर शुक्रबार स्थानीय सिफारिस समितिले गरेको निर्णयको विभिन्न राजनीतिक दलले स्वागत गरेका छन् । यसअघि प्रजिअ घिमिरेले जग्गा दिन भनेर गरेको निर्णयको विरोधमा उत्रिएका पर्सा क्षेत्र नम्बर २ का नेकपा एमालेका सांसद विचारी यादवले शुक्रबार भने विज्ञप्ती नै जारी गरेर सिफारिस फिर्ता लिने निर्णयको स्वागत गरेका छन् ।
    उनले अबका दिनमा यस्तो गल्ती नगर्न चेतावनी पनि दिएका छन् । यस्तै, सद्भावना पार्टीका वीरगन्ज नगर कार्य समितिका अध्यक्ष ओम प्रकाश सर्राफले पनि निर्णयको स्वागत गरेका छन् । सिफारिस फिर्ता लिने निर्णय स्थानीय सिफारिस समितिको गल्तीको प्रायश्चित भएको टिप्पणी उनले गरेका छन् ।’
    ‘सिफारिस फिर्ता लिने निर्णय गरेर प्रजिअले आफनो गल्ती सुधारेका छन्,’ सर्राफले भने, ‘यो वीरगन्जका जनताको जीत हो ।’ अध्यक्ष सर्राफले आगामी दिनमा स्थानीय सिफारिस समितिले कुनैपनि निर्णय गर्दा आफ्नो पदीय गरिमाको ख्याल गर्दै जनभावनाको पनि कदर गर्न पनि सुझाव दिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.