×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ११ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चालकको लापरबाहीले बस त्रिशुलीमा खस्यो : एसपी कुँवर

  •  
  • शुक्रबार, भदौ १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     शिव पुरी, काठमाडौं

    भाद्र १०, २०७३- शुक्रबार बिहान नारायणगण-मुग्लिन सडकखण्डको चण्डीभन्ज्याङ-६ मा चालकको लापरबाहीले बस दुर्घटना भएको प्रहरीले बताएको छ ।  चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले चालक निदाउँदा वा अर्को सवारी साधनलाई ओभर टेक गर्न खोज्दा दुर्घटना भएको हुन सक्ने बताए । उनले प्रहरीको प्रारम्भिक अध्ययनले चालकको लापरबाहीले दुर्घटना भएको देखाएको बताए ।

    उनले भने, ‘बिहानको समयमा गाडीको चाप पनि त्यति नभएको अवस्थामा बस खसेको छ,’ एसपी कुँवरले भने, ‘ कि चालकले ओभर टेक गरको हुनसक्छ कि त उ निदाएको हुन सक्छ ।’

    रौतहटको गौरबाट पोखरा आउँदै गरेको ग १ ख ३७०९ नम्बरको बस नारायणगण-मुग्लिन सडकखण्डको चण्डीभन्ज्याङ-६ मा सडकबाट २ सय मिटर तल त्रिशुली नदीमा खस्दा २२ जनाको मृत्यु भएको थियो । एक जनाको उपचारको क्रममा र २१ जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनामा १६ यात्रु घाइते भएका छन् ।

    गौरबाट ३० र चन्द्रनिगाहपुर काउण्टरबाट ८ जना यात्रु लिएर साँझ ७ बजे गुडेको बस शुक्रबार बिहान साढे ३ बजे चण्डीभन्ज्याङ स्थित कालीखोलाभन्ने ठाउँबाट त्रिशुली नदीमा खसेको हो । बसका चालक लोकराज पौडेलको अवस्था अज्ञात छ । सह-चालक श्याम न्यौपाने घाइते छन् । अधिकांश यात्रु सुतेको अवस्थामा घटना भएको हो ।

    घटनास्थलमा २० र मेडिकल कलेजमा उपचारका क्रममा एकको मृत्यु भएको चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले बताए । प्रहरीले घटनास्थलबाट शव पहिचानको लागि भरतपुर अस्पताल ल्याएको छ । मृत्यु हुनेमा २ जना महिला छन् । दुर्घटनामा परी १६ जना गम्भीर घाइते छन् । उनीहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते अधिकांशको टाउको र खुट्टामा चोट लागेको छ । घाइते एक बालक सहित ३ जना दुर्घटनास्थल माथि डाँडामै अडिकएका थिए । उनीहरुलाई घाइते अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको थियो ।

    घटनामा केही हराइरहेको आशंकामा प्रहरीले खोजी सुरु गरेको छ । त्रिशुलीमा खसेको बस टुक्राटुक्रा भई नदीमा डुबेको छ । घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरीको विपद व्यवस्थापन कुरिनटारबाट वरिष्ठ प्रहरी उपरीक्षक राजुराम स्वार, सीमा सुरक्षा कार्यालय एसपी बिदुर खड्का  र नेपाल प्रहरीका एसपी कुँवर सहित घटनास्थल पुगेको थियो । सशस्त्र प्रहरीले डुंगा प्रयोग गरी घाइतेको उद्धार गरेको  थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.