×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ११ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

बस दुर्घटना: मुडवल गाउँ नै शोकमा

  •  
  • शुक्रबार, भदौ १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पवन यादव, रौतहट

    भाद्र १०, २०७३- चितवनमा बिहीबार राति बस दुर्घटनामा परी एकै टोलका ५ जनाको मृत्यु भएको शोकमा रौतहटको मुडवलवा गाविसको मुडवलवा टोल पुरै शोकमा डुबेको छ ।

    घटनाको खबर पाएकै बेलादेखि गाउँका बृद्धबृद्धाहरु एकातिर, महिलाहरु एकातिर, युवाहरु एकातिर समुहमा बसेर दु:ख व्यक्त गरेको भेटियो । सबै व्यक्तिहरु टोलाई रहेका थिए । मृतक परिवारका सदस्यहरु रोइकराई गरिरहेका थिए ।

    मुडवलवा ३ का चितरञ्जनप्रसाद यादव, उनका काकाका छोरा रवीरञ्जन यादव, मुडवलवा ६ का राजेश यादव, मुडवलवा २ का रामबालक साह, मुडवलवा ८ का मुकेश रामको दुर्घटनामा परी मृत्यु भएको हो । मृतक सबै जना शनिवार पोखरामा सञ्चालन हुने शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुन घरबाट हिडेको परिवारिक स्रोतले जनाएको छ ।

    २ छोरा र २ छोरीका बाबु समेत रहेका राजेश परीक्षा सकेर आइतबार नै घर फर्किने आश्वासन आफुलाई दिएको पत्नि नितु देवी यादवले बताईन । ‘चाँडै आउछु भनेका थिए,’ उनी भकानिदै भनिन्, ‘अब कहिलै नआउने भए ।’

    एक्कासी निधनको खबर सुन्दा छाँगाबाट खसेझैं भएको उनले बताइन् । उनका छोराछोरीहरु कलिलै छन् । परिवारको लालन पालन गर्ने सबै जिम्मेवारी उनकै काँधमा रहेको परिवारले जनाएको छ ।

    राजेश लक्ष्मीपुर बेलबिछवा निम्न माध्यमिक विद्यालयमा पीसीएफ शिक्षक कोटामा गणित, विज्ञान विषयको विषयगत शिक्षकको रुपमा कर्यरत थिए ।

    आफ्नो भतिजो मात्र होइन । दुर्घटनाले होनाहार शिक्षक गुमेको काका हरेन्द्रप्रसाद यादवले बताए । ‘घटनाको खबर पाएकै बेलादेखि मुखमा अन्नपानी परेको छैन,’ उनले भने, ‘गामै बिहानदेखि चुल्हो बलेको छैन ।’ घटनाको घबर पछि पुरै गाउँ नै स्तब्ध भएको उनी भकानिदै कान्तिपुरलाई सुनाए ।

    त्यस्तै मुडवलवा ३ का एकै परिवारका २ जना दाजुभाइको निधनको खबरले परिवारलाई शोकमा डुबाएको छ । दाजु चितरञ्जन यादव र भाई रविरञ्जन यादवको असमायिक निधनले परिवारलाई ठुलो क्षति पुगेको छ । चितरञ्जन गाउकै नेमधारी वासुदेव माविमा गाणित, विज्ञान र अंग्रेजी शिक्षकको रुपमा कार्यरत थिए । भाइ शिक्षण पेसा छाडेर शिक्षक सेवाकै तयारीमा जुटेका थिए । चितरञ्जनका २ छोरी र एक छोरा छन ।

    मुकेश रामकी २० वर्षीया पत्नी कविता पनि मृत्युको खबरपछि बेहोसजस्तै छन् । मुकेश पनि परिवारको हेरचाह गर्ने एक्लै थिए । उनका दाई राजेश राम वैदेशिक रोजगारीको लागी अहिले विदेशमा रहेका छन् । बुआआमा बृद्ध भएका छन् । उनको परिवारका सबै सदस्य निधनको शोकमा विछिप्त अवस्थामा छन ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.