×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ११ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चीन भन्छ- तातोपानी नाका नखुल्नुमा नेपालको दोष

  •  
  • शुक्रबार, भदौ १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भाद्र १०, २०७३- तातोपानी नाका सुचारु हुन नसक्नुमा चीनले नेपालकै कमजोरी रहेको औंल्याउन थालेको छ । नेपाल सरकारले कुन रूपमा नाका खोल्ने भन्ने विकल्प दिन नसक्दा नाका खुल्न ढिलाइ भएको हो ।

    सामान मात्र ल्याउने गरी नाका सुचारु गर्न हिउँदमा कुनै समस्या नरहेको चीनको सर्त छ । त्यसका लागि प्रबन्ध मिलाउन नेपाललाई लगातार अनुरोध गर्दा पनि वास्ता नगरेको उसको भनाइ छ ।

    न्यालोम (कुती) बाट सिधा सडक निर्माण गर्दै तत्काललाई सिन्धुपाल्चोकको लार्चामा ल्याउने र पछि काभ्रेको पाँचखालमा नयाँ ड्राइपोर्ट बनेमा त्यहाँ सार्ने गरी काम गर्ने चीनको प्रस्ताव छ । तर त्यसमा नेपाल सरकारले तदारुकता नदेखाएको उसको गुनासो छ । यति बेला सडक सर्भेको काम भने दुवै तर्फबाट भइरहेको छ । यो हिउँदमा त्यो बाटो उपयोगमा ल्याउने गरी प्रक्रिया अघि बढेको छ । सामान्य सुधारपछि बाटो खुले पनि स्तरोन्नति र फराकिलो बनाउने काम भने चलिरहने स्रोतले बतायो ।

    सरकारका विशेष दूतका रूपमा गत साता बेइजिङबाट फर्कने क्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई ल्हासाका उपप्रमुखदेखि अन्य उच्चअधिकारीले नाका खोल्ने विषयमा नेपालको धारणा र योजना सोधेका थिए । अर्थमन्त्रीले बुझेर जानकारी दिने बताएको स्रोतले जनायो । महराले चीनका तर्फबाट नाका खुला गर्न आग्रह गरेका थिए ।

    ‘चीन तातोपानी नाका सुचारु गर्न चाहन्छ । त्यसमा काम गर्न थालेको र नेपालभन्दा बढ्ता चिन्तित रहेको उनीहरूले बताएका छन्,’ ल्हासाका महावाणिज्य दूत गोविन्दबहादुर कार्कीले भने, ‘चीनको यो धारणाले पनि नाका खुल्ने संकेत गरेको बुझिन्छ ।’ बेइजिङस्थित नेपाली दूतावास र ल्हासास्थित महावाणिज्य दूतावासबाट सधैं नाका खोल्ने विषयमा छलफल हुने गरेको कार्कीले बताए ।

    महरालाई चीनले छेन्दुमा महावाणिज्य दूतावास स्थापनाका लागि समेत आग्रह गरेको थियो । नेपालले भने तातोपानी नाका पूर्ववत् अवस्थामा नफर्काई अन्य काम अघि नबढाउने भएको छ । भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले नाका खोल्ने विषयमा भित्री रूपमा काम भइरहेको बताए । भन्सारका नियमित बैठकहरूसमेत भएका छन् । त्यसमा कसरी अघि बढ्ने भन्दै सकारात्मक रूपमा कुराकानी भइरहेको र तातोपानीबाट छिटै दुईपक्षीय कारोबार हुने उनले दाबी गरे ।

    चीनले न्यालुममा भन्सार कार्यालय बनाइरहेको छ । त्यो सकिएलगत्तै सामान आवतजावत हुने अधिकारीहरूले बताए । ल्हासाका लागि पूर्व महावाणिज्य दूत हरि बस्यालले चीन नाका खोल्न सकारात्मक भए पनि भौगोलिक कारण अप्ठ्यारो मानिरहेको बताए । खासाबाट सिगात्से सारिएका व्यापारीहरूले पनि नाका खोल्न जोड दिएका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.