×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १० घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

पूर्वमन्त्रीविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा

  •  
  • बुधबार, भदौ ०८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    तस्बिर : इन्जिनियर मण्डल

    भाद्र ७, २०७३- पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री विश्वनाथ साहलगायत माओवादी केन्द्रका १० नेताविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता भएको छ ।

    पूर्वमन्त्री साह, माओवादी केन्द्रका नेता रामकुमार यादव, श्रवण यादव, शिवकुमार कापर र अन्य ६ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । लहानस्थित जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नम्बर ४ का इन्जिनियर देवनन्दन मण्डलले उनीहरूविरुद्ध मुद्दा दर्ता गराएका हुन् । मुद्दा दर्ता भएपछि सबै फरार छन् ।

    नेताहरूले डिभिजन कार्यालयका प्रमुख रामनरेश मण्डल र पीडित इन्जिनियर मण्डललाई मिलापत्र गर्न दबाब दिइरहेको स्रोतले जनाएको छ । पूर्वमन्त्री साहले गोलबजार ४ स्थित आफ्नै घरमा बोलाई योजनाअनुसार धाकधम्कीसँगै हतियार देखाएर बन्धक बनाई ५ लाखको कागज गर्न लगाएको इन्जिनियर मण्डलको आरोप छ । ‘उनीहरूले जबरजस्ती माग गरेको रकम नदिएपछि गोलबजार बोलाएर बन्धक बनाई शनिबार कागज गराए । त्यसैले आवश्यक कारबाहीका लागि मुद्दा दर्ता गराएको हुँ,’ उनले भने ।

    उनीहरूले कागज गराउनुका साथै यसबारे कहींकतै केही बोले ज्यान मार्ने धम्कीसमेत दिएको मण्डलले बताए । ‘माओवादी नेता श्रवण यादवले आफूलाई पत्रकार उमा सिंहको हत्या गर्दा केही भएन, तपार्इंकै हत्या गर्दा के हुन्छ भनेपछि डराएर औंठाछाप लगाइदिएँ,’ उनले भने ।

    आशोपुर बल्कबास्थित मैनाबत्ती नदीको कटान रोकथामसम्बन्धी कामको निरीक्षणमा जाने क्रममा पूर्वमन्त्री साहसँग गोलबजारमा भेट भएको र उनले श्रवण रिसाएकाले सम्पर्क गर्न भनेकाले आफू भेट्न गएको उनको भनाइ छ । ‘चारैतिरबाट घेरा हालेर गाली गर्न थाले,’ उनले भने, ‘कसैले पहिले एउटा औंला काट भने, कसैले एउटा हात काट भने,’ उनले भने, ‘डरले अताल्लिएँ, मलाई मार्ने भए भन्ने ठानें, तर भगवानो दयाले बाँचेँ ।’

    घटनास्थलमा पूर्वमन्त्री साहसहित जम्मा ११ जना रहे पनि ४ जनालाई मात्र चिन्न सकेको उनको भनाइ छ । ‘मैनाबती नदी नियन्त्रणका लागि ५० लाख बजेट आएकामा आफ्नो उपभोक्ता समितिमार्फत काम नगराएको भन्दै उनीहरूले सुरुमा ५० लाखकै कागज गर्न दबाब दिएका थिए,’ उनले भने, ‘तर आफूलाई मारे पनि त्यतिको कागज नगर्ने अडान लिएपछि अन्त्यमा ५ लाखको मात्र कागज गराए ।’

    पूर्वमन्त्री साहले इन्जिनियरसँग आफ्नो कुनै रिसइबी र सरोकार नरहेको बताए । माओवादी केन्द्रका नेता श्रवणले इन्जिनियरले व्यापक आर्थिक अनियमितता गरेको र आफूहरूलाई उपभोक्ता समिति गठन गराई काम गराउँदा समेत निकासा नदिएको आरोप लगाए । ‘काम गराउन उपभोक्ता समिति गठन गराएपछि पुन: गोप्य रूपमा अर्को उपभोक्ता समिति गठन गरेर काम गराएर आर्थिक अनियमितता गरेका छन्,’ उनले भने ।

    जाहेरी दिएको चार दिन बितिसक्दा पनि प्रहरीले हालसम्म कसैलाई नियन्त्रणमा लिन सकेको छैन् । डीएसपी एकनारायण कोइरालाले घटनाको गहन अनुसन्धान भइरहेको र अहिल्यै केही भन्न नसकिने बताए । ‘अहिले तपाईंहरू समाचार नलेखिदिनुस् । हामीले गहन अनुसन्धान गरिरहेका छौं । समाचार लेख्दा अनुसन्धान तथा आरोपितहरूलाई समात्न अप्ठ्यारो पर्छ,’ उनले भने ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ ०८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.