×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १० घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

अब भारतसँगको सम्बन्ध सुध्रियोः निधि

  •  
  • मङ्गलबार, भदौ ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रधानमन्त्रीको विशेष प्रतिनिधिको रुपमा भारत भ्रमण सकेर मङ्गलबार स्वदेश फर्कनेक्रममा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि । तस्बिरः रासस

     सन्तोष घिमिरे

    काठमाडौँः उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले आफ्नो भारत भ्रमणले भारतसँगको सम्बन्ध सुध्रिएको दाबी गरेका छन् ।

    पाँच दिन लामो भारत भ्रमण पूरा गरेर मंगलबार स्वदेश फर्किएका निधिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भारतसँगको सम्बन्ध सुध्रिएको दाबी गरेका हुन् । ‘मेरो भ्रमणलाई भारतले उच्च सम्मान दिएको छ । यो भ्रमणले भारतसँगको सम्बन्ध सुध्रिएको छ,’ निधिले भने, ‘बीचबीचमा देखिएका सबै गढबढीलाई अन्त्य गरिदिएको छ ।’

    निधिले भ्रमणप्रति आफू सन्तुष्ट रहेकोसमेत बताए । ‘मेरो भारत भ्रमण सफल भयो, भ्रमणप्रति म सन्तुष्ट छु,’ निधिले भने ।

    भारत भ्रमणका क्रममा भएका भेटवार्तामा आफूले नेपालका राजनीतिक प्राथमिकताबारे जानकारी गराएको निधिले बताए । निधिले भारतीय नेतृत्वसँग नेपाल सरकारको प्राथमिकतामा स्थानीय, प्रादेशीक र केन्द्रीय निर्वाचन रहेको प्रष्ट पारेको जानकारी दिए ।

    आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण र राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण निश्चित भएको निधिले जानकारी दिए ।

    भारतीय सत्तापक्ष र विपक्षी नेतासँगको कुराकानीमा नेपाल सरकारले संविधान कार्यान्वयनलाई प्राथमिकतामा राखेको कुरासमेत प्रष्टसँग राखेको निधिले बताए ।

    प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतका रूपमा बिहीबार भारत भ्रमणमा गएका मन्त्री निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाह, कंग्रेस आईका नेता एवं भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह र भारतीय जनता पार्टीका महासचिव राम माधवसँग भेटवार्ता गरेका थिए ।

    सबै भेटमा प्रधानमन्त्री दाहालको भदौ ३० देखिको प्रस्तावित भारत भ्रमण, भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणलगायतका विषयमा छलफल भएको थियो । भारतीय उच्च नेतृत्वले मधेस केन्द्रित दलहरूका माग सम्बोधन गरिए नेपालको संविधान कार्यान्वयनमा भारतले सहयोग गर्नसक्ने बताएका थिए। निधिले प्रधानमन्त्री दाहालको भारत भ्रमणअघि संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषद्बाट अनुमोदन गरी संसद्मा पेस गर्ने विश्वास समेत भारतीय पक्षलाई दिलाएका छन् ।

    भारतीय उच्च नेतृत्वसँगको भेटमा निधिले भारतसँगको सम्बन्धलाई सरकारले उच्च महत्व दिएको बताएका थिए । निधिले पूववर्ती सरकारका पालामा सम्बन्धमा आएको तिक्तता बिर्संदै नयाँ रूपमा अघि बढाउन चाहेको समेत उल्लेख गरेका छन् । संविधानमा असन्तुष्ट मधेस केन्द्रित दलका माग सम्बोधन गर्न संविधान संशोधन प्रक्रिया अघि बढाइने विश्वास समेत भारतीय पक्षलाई दिलाएको निधिको दाबी छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.