×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १० घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

पूर्व मुमाबडामहारानीको रात मैनबत्तीको उज्यालोमा

  •  
  • मङ्गलबार, भदौ ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     

    खिलानाथ ढकाल

    नारायणहिटी राजदरबार संग्रहालयको दक्षिण गेटबाट केही पूर्व आँपको रुखछेऊ एउटा भत्केको गेट छ। त्यही गेटबाट भित्र छिरेर सयमिटर पश्चिम गएपछि एउटा निवास भेटिन्छ।

    त्यो हो, पूर्वराजा स्वर्गीय महेन्द्र वीरविक्रम शाहको निवास जहाँ उनकी पत्नी पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी बस्छिन्। नारायणहिटी राजदरबारमा पूर्व राजपरिवारको नामनिसान भनेको उनै ८९ वर्षीया रत्न हुन्, जो शनिबार आफ्नो जन्मदिन मनाएर बसेकी थिइन्।

    रत्न बस्ने महेन्द्र मञ्जिलबाट त्यस्तै सय मिटर पूर्व ताला लागेको एउटा निवास छ, त्यो हो स्वर्गीय राजा वीरेन्द्र बस्ने निवास। ठिक त्यसैसँग जोडिएको सानो घरको छेउमा झारजंगलले पूरै छोपिएको एउटा कुनाभित्र महेन्द्र मञ्जिल निवासमा जाने बिजुलीको मिटरबक्स छ।

    प्राधिकरण कर्मचारीले काटेको बिजुलीको मिटरबक्स देखाउँदै रत्नका सहयाेगी शम्भु अधिकारी।


    प्राधिकरणका कर्मचारी सोमबार ‘छापामार’ शैलीमा त्यहाँ पुगेका थिए र केही नभनी बिजुली काटेर फर्किएका थिए।

    रत्न राज्यलक्ष्मीको निवासमा सोमबार ३ बजे अचानक बिजुली काटिँदा लोडसेडिङ भएको होला भन्ने अनुमान गरे सबैले। त्यही भएर सहयोगी शम्भु अधिकारीले जेनेरेटर चलाएर केही बेरका लागि बिजुलीको बन्दोबस्त मिलाए र घर फर्के।

    जेनेरेटेरमा थोरै तेल थियो, त्यतिञ्जेलमा त बिजुली आउला भन्ने अधिकारीलाई लागेको थियो। अधिकारी आफ्नो घर फर्किएको केहीछिनमा महेन्द्र मञ्जिलबाट फोन आयो। फोन गर्ने पूर्व मुमा बडामहारानी थिइन्।

    रत्नले फोनमा भनिन्, ‘सरकारले बिजुली काटेछ।’

    हैन होला भन्ने अधिकारीले मनमनै सोचेका थिए। रत्नले थप विश्वस्त पार्दै भने, ‘टेलिभिजनमा बिजुली काटेको समाचार आइरहेको छ।’

    रत्नले यसो भनेपछि अधिकारी कन्फर्म भए। उनले पनि टिभी खोले। टेलिभिजनको स्क्रोलमा त्यही समाचार दौडिरहेको थियो।

    ‘टेलिभिजनमा हेर्दामात्र थाहा भयो, नेपाल विद्युत प्राधिकरणका कर्मचारी आएर बिजुली काटेका रहेछन्,’ अधिकारीले सेतोपाटीसँग भने, ‘छेवैमा रहेका सुरक्षाकर्मीसँग बुझें, उनीहरुले पनि त्यसै भने।’

    सरकारले बिजुली काटेको समाचार आउँदा झमक्क साँझ परिसकेको थियो। महेन्द्र मञ्जिलमा चलाइएको जेनेरेटेर तेल सकिएर केहीबेरमा बन्द भयो।

    अधिकारीका अनुसार रातिसम्म बिजुली नआएपछि ८९ वर्षीया पूर्व मुमाबडामहारानी रत्नले मैनबत्तीको सहाराले काम चलाइन्।

    तर, यो कुरा अधिकारीलाई बिहानमात्र थाहा भएको थियो। रत्नले बिहान फेरि उनलाई फोन गरेकी थिइन्।

    ‘रातभरि हामीले मैनबत्तीले नै काम चलायौं, आउँदा तेल लिएर आउनू,’ बिहान फेरि रत्नले अधिकारीलाई फोन गरेर भनिन्, ‘अनि माथि (पूर्वराजाकहाँ) जाहेर गर्यौ त बिजुली काटिएको कुरा?’

    ‘गरिसकेँ सरकार,’ अधिकारीले जवाफ दिए।

    ‘रातभरि मैनबत्तीमा बस्नुभएछ, बिहान आउँदा मैले डिजेल किनेर ल्याएँ,’ अधिकारीले भने, ‘एउटी वृद्ध महिला बस्ने घरमा झ्याप्प छापामार शैलीमा आएर बिजुली काट्नु कति न्यायोचित थियो? त्यो सरकारले नै जानोस्।’

    रत्न पछिल्लो समय कोहीसँग केही कुरा गर्दिनन्। बाहिरका मान्छे भेट्न पनि मान्दिनन्। अधिकारीसँग पनि त्यति भेट हुँदैन, कुराकानी हुने टेलिफोनमै हो। रत्नलाई उही राजपरिवार सदस्यले मात्रै भेट्छन्। अन्य मान्छेसँग सम्पर्कमा आउने रत्नको इच्छा छैन। अधिकारीका अनुसार रत्नको धेरै समय पूजापाठमै बित्छ। बिहान एक गिलास दूध र फलफूल खान्छिन्।

    ‘खाना एकैपटक दिउँसो तीन बजे मात्रै खाइबक्सन्छ,’ अधिकारीले भने।

    उनलाई राजपरिवारसँग आस्था राख्ने कतिले भेट्न खोजे तर रत्नले मानेकी छैनन्। तर, दरबारमा को आयो को गयो सबै जानकारी राख्छिन्।

    ‘तपाईंहरू आउनुभएको छ भन्ने कुरा उहाँलाई थाहा भइसकेको छ,’ अधिकारीले भने, ‘भेट्न चाहिँ नभन्नुहोला, किनभने उहाँ कोहीसँग भेट्न मान्नुहुन्न।’ सारो-गाह्रो, दुःख-पीरमा छोरा ज्ञानेन्द्रलाई सम्झन्छिन्।

    शनिबार जन्मदिन परेकाले महेन्द्र मञ्जिलमा पूर्वराजा ज्ञानेन्द्र, रानी कोमललगायत राजपरिवारका सदस्य पुगेका थिए। अधिकारीका अनुसार त्यसको भोलिपल्ट सरकारले बिजुली काटिदिँदा पनि उनले केही प्रतिक्रिया दिएकी छैनन्।

    २०६५ जेठ १५ गते राजतन्त्र हटेर मुलुकमा गणतन्त्र आएपछि ज्ञानेन्द्रले सपरिवार दरबार छोड्नुपर्ने अवस्था आयो। रत्नले महेन्द्र मञ्जिलमै बस्ने आफ्नो अन्तिम इच्छा छोरा ज्ञानेन्द्रलाई सुनाएकी थिइन्। ज्ञानेन्द्रले त्यो कुरा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई भनेपछि तत्कालीन सरकारले महेन्द्र मञ्जिल रत्नका लागि दिएको थियो।

    मञ्जिल निवासको बिजुलीको बिल भने सरकारले बक्यौता सूचीमै राखिरह्यो। पूर्व राष्ट्राध्यक्षकी पत्नी बसेको त्यो सरकारी निवासको बिल ३७ लाख ३१ हजार रुपैयाँ पुगेको थियो। यही बिल नतिरेको भन्दै नेपाल बिद्युत प्राधिकरणले लाइन काटेको थियो।

    ‘सामान्य मानवीयताको दृष्टिले पनि सोचिएन, यस्ती बूढी मान्छेको निवासमा बिजुली काट्नुपूर्व त्यसको जानकारी दिन पनि सरकारले जरुरी ठानेन,’ अधिकारीले भने, ‘यहाँ रत्न सरकारमात्र हुनुहुन्न, यो महेन्द्र मञ्जिल निवाससँग जोडिने अरू पक्ष पनि जोडिएका छन्।’

    उनका अनुसार रत्नसँगै रहने पन्ध्र जना सहयोगी छन्। महेन्द्र मञ्जिल परिसरमा पहरा दिने दस जना सशस्त्र प्रहरीको टोली छ। नारायणहिटीको सुरक्षामा रहने अरू १० प्रहरी छन्। महेन्द्र मञ्जिलमा बिजुली काटिँदा सुरक्षाकर्मीहरुको बिजुली पनि स्वत: काटिएको थियो।

    तस्बिरः नारायण महर्जन/सेतोपाटी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.