×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १० घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

मानव तस्करीको नयाँ गन्तव्य चीन

  •  
  • मङ्गलबार, भदौ ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – जनकराज सापकोटा, काठमाडौं

    भाद्र ७, २०७३- झन्डै दुई महिना चीनको बेइजिङदेखि ग्वान्झाउसम्मका अनेक भाग चहारेर पर्वत धाइरिङका शिवप्रसाद शर्मा भदौ २ मा नेपाल फर्के । यसरी कहिल्यै नाम नै नसुनेका र नेपालीहरूको श्रम गन्तव्यका रूपमा नरहेको चिनियाँ भूमिमा भौंतारिएर फर्किनेमा शिव एक्लो थिएनन् । उनीसँगै करिब एक दर्जन नेपालीसमेत थिए ।

    मानव तस्करको प्रलोभनमा परेर चीन पुर्‍याएपछि अलपत्र पारिएका शिव ७७ दिन लामो भुक्तमानपछि बल्लतल्ल नेपाल फर्किए । शिव आएकै साता मोटो रकम बुझाएर चीनको बाटो हुँदै मकाउ र हङकङ लैजाने आश्वासनमा फसेर महिनौंको बिचल्लीपछि नौ नेपाली पनि गत साता फर्किए ।

    नेपालका विभिन्न बिचौलियालाई रकम बुझाएका धेरैजसोलाई भारतको राजधानी नयाँदिल्लीमा बसेर मानव तस्करीको धन्दा चलाइरहेका हर्क भनिने होमबहादुर कुँवरले चीन पठाएको देखिन्छ । तीन महिनाअघि पोखराका शंकर पौडेललाई १० लाख रुपैयाँ नगदै बुझाएपछि उनकै माध्यमबाट शिव हर्कको सम्पर्कमा पुगेका हुन् । हङकङको होटलमा मासिक १ लाख ३० हजार रुपैयाँ आम्दानी हुने वेटरको जागिर लगाइदिने आश्वासनमा परेर शिवले रकम बुझाएका थिए ।

    शिवजस्तै मानव तस्करको चंगुलमा परेका अर्का हुन् दोलखा भीमेश्वर नगरपालिका– ६ का शिवराज कार्की । १२ कक्षाको परीक्षा सकेर बसेका शिव र एसएलसी सकेर बसेका उनका भाइ शंकरलाई टर्की पुर्‍याउने भन्दै गौशालामा मेडिकल सञ्चालन गरेर बसेका जीवन भट्टराईले एकमुष्ठ १८ लाख रुपैयाँ बुझे । तर टर्कीको भिसा सम्भव नहुने भन्दै जीवनले मकाउ पुर्‍याइदिने वाचा गरे ।

    नक्कली डिमान्ड लेटर तयार पारेर जीवनले शिव दाजुभाइलाई नयाँदिल्ली पठाए । त्यसपछि पर्वतका शिवजस्तै उनीहरू पनि हर्कको सम्पर्कमा पुगे । शिवले सुनाए, ‘हामी त्यहाँ पुग्दा अन्य ६ नेपाली पनि चीनको बाटो हुँदै मकाउ जाने सपना देखेर बसेका थिए ।’ दिल्लीको पहाडगन्जको एउटा होटलमा एक महिना तीन दिनसम्म राखेपछि शिव दाजुभाइ दस दिनको पर्यटक भिसामा थाइल्यान्ड हुँदै चीनको ग्वान्झाउ पुगे ।

    हर्कका साथीका रूपमा चिनिएका दार्चुला घर भएका दीपक सिंह सामन्तले शिवसहितका साथीहरूलाई दुई/दुई जनाको दरले विमानस्थलबाट उडाउने काम गरे । हर्ककै आदेशमा ग्वान्झाउमा तीन दिन बसेपछि एक जना भारतीय दलाल आएर शिव सहितका ६ जनालाई रेलमार्ग हुँदै सेन्जेन पुर्‍यायो । अनौठो त के छ भने, हर्कले दिल्ली विमानस्थलबाट उड्ने बेलामा सबैको हातमा दुई/दुई हजार डलर थमाइदिएका थिए । उक्त रकम त्यही भारतीय दलालले लियो । सेन्जेनको होटलमा एक महिना बसेपछि भारतीय दलाल बेपत्ता भयो । त्यसपछि सुरु भयो उनीहरूको दु:खको दिन ।

    अनेकौं प्रयत्न र सम्पर्कपछि हर्कले हुसेन भन्ने भारतीय दलालसँग सम्पर्क गराइदिए । हुसेनले ६ नेपालीलाई सेन्जेनको जुवाई भन्ने ठाउँमा बोलाएर अलपत्र पारे । शिवले भने, ‘तीन दिनसम्म रेलवे स्टेसनमै उनलाई पर्खेर बस्यौं ।’ हर्कले फेरि एन्टाई भन्ने ठाउँ जान अह्राए । त्यहाँ एक रातसम्म पर्खेपछि हुसेन अन्य दुई तिब्बती र एकजना चिनियाँ लिएर आए ।

    हुसनेकै आदेशमा माछा प्याकिङको काम गर्ने र मासिक १४ सय आरएमबी आम्दानी हुने भन्दै चिनियाँको साथ लागेर शिवको टोली हिँड्यो । शिवले भने, ‘जंगलको बीचमा दुई/तीन वटा घर भएको अनकन्टार ठाउँमा पुर्‍याएपछि चिनियाँले स्विटर बुन्ने काम लगायो ।’ पाँच दिनसम्म काम गरेपछि चिनियाँले उनीहरूलाई राख्न नसक्ने भन्दै फकाइदियो । त्यसपछि झन् बिचल्ली भयो ।

    अनेक ठाउँमा लुक्दै, रेलवे स्टेसनमा रात बिताउँदै शिव आफ्ना भाइलाई लिएर बेइजिङस्थित नेपाली दूतावास पुगे । दलालको चंगुलमा परेर आश्रयको खोजीमा पुगेका अन्य तीन नेपाली पनि त्यहीं थिए । दूतावासले उनीहरूलाई घर फिर्तीको पहल थाल्न दोभाषेको साथ लगाएर अध्यागमनमा पठाइदियो । ओभरस्टेबापतको शुल्क तिर्न नसक्ने भएपछि उनीसहित ६ नेपाली १६ दिन जेलमा परे । शिवले सुनाए, ‘जेलमा पहिल्यै ७ नेपाली थिए ।’ परिवारका सदस्यले ५७ हजार रुपैयाँ खर्चेर दुईवटा टिकट काटिदिएपछि उनी भाइलाई लिएर नेपाल फर्किए ।

    शिव आएको दोस्रो दिनै पर्वतका शिव कार्की र बागलुङ गलकोटका बाबुराम चालिसे पनि उसैगरी महिनौंको दौडधुप, बेठेगानका हिँडाइ र जेल यात्रा भोगेर काठमाडौं आइपुगे । जनही ९ लाख रुपैयाँ फसाएका कार्की अब कसरी न्याय पाइएला भन्ने रनभुल्लमा छन् । उनीजस्तै रनभुल्लमा छन् दोलखाका शिव पनि । उनले भने, ‘आफ्नो र मामाको जग्गा धितो राखेर लाखौं रुपैयाँ निकालियो । उठीबास लाग्यो ।’

    दोलखाका शिवले दलाल जीवनसँग रकम मागिरहेका छन् । जीवन भने भागीभागी हिँडिरहेका छन् । कान्तिपुरसँग सम्पर्कमा आएका जीवनले आफूले रकम नलिएको दाबी गर्दै भने, मैले त हर्कसँग चिनजान मात्रै गराइदिएको हुँ ।’ जीवनका अनुसार शान्तिनगरमा इदी मेनपावर खोलेर बसेका दीपकमार्फत शिव दिल्लीका हर्कको सम्पर्कमा पुगेका हुन् । दोलखाका कार्की निराश हुँदै भन्छन्, ‘दलालको चंगुलमा परेर मेरो उठीबास भयो ।’

    दोलखा र पर्वतका शिव जस्तै चितवन टाँडीका नारायणबाबु नेपाल दलालको चंगुलमा परेर चीनमा अलपत्र परे । दस दिनको पर्यटक भिसामा चीन जानेमा नारायणको टोलीमा अन्य १८ नेपाली थिए । तर फरक के भने उनीहरू काठमाडौंकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको कुनमिङ, सेन्जेन हुदै छेन्दु पुर्‍याइएका थिए ।

    अनेकन हन्डर, भागाभाग र संकटपछि उनी अन्य दुई जनासँग दुई साताअघि नेपाल फर्के । उनीसँगै गएका अन्य १५ मध्ये कोही जेलमा र कोही लुकेरै चीनका विभिन्न ठाउँमा बसिरहेका छन् । नारायणले जस्तै अधिकांशले दोलखा घर बताउने सीताराम पराजुलीलाई जनही सात लाख रुपैयाँ बुझाएका थिए । उनका अनुसार केहीले भने दस लाख रुपैयाँसम्म बुझाएका छन् । गोपाल सिवाकोटी नामका एजेन्टले नारायण लगायतको समूहलाई विमानस्थलमा बिदाइ गरेका थिए ।

    नारायणले दलालको झुटो वाचामा परेर चीन पुगेकाहरूले भोगेको बिचल्ली बताइनसक्नु रहेको बताए । उनले एकपछि अर्को दलालको भरमा ठाउँ सर्दै लुकीलुकी हिँड्नुपर्ने बाध्यता बताए । उनका अनुसार रामेछापका हरि थपलिया, काठमाडौंका फुर्वा शेर्पा, गोर्खाका मिलन श्रेष्ठलगायत व्यक्ति दलालको पासोमा एकैचोटि परेका थिए । गैरआवासीय नेपाली संघ र बेइजिङस्थित दूतावासको सहयोगमा आफैं टिकट काटेर फर्किएका नारायणले यो हन्डरमा दस लाख रुपैयाँ गुमाए । कपडा प्याकिङको काम गर्ने र मासिक एक लाख रुपैयाँभन्दा धेरै कमाउने नारायणको सपना दलालको चंगुलमा परेर टुक्रियो । उनले भने, ‘म जस्तै अरू कोही पनि नेपाली ठगीमा नपरोस् । यस्तो सास्ती कसैले खेप्नु नपरोस् ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.