×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १० घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

कामै नगरी साढे तीन करोड !

  •  
  • सोमबार, भदौ ०६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कृषि अनुदानको चरम दुरुपयोग

     राजेश बर्मा

    काठमाडौं: व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) बाट वितरण हुने अनुदानको करोडौं रकम चरम दुरुपयोग भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा नेपालमा २०६६ देखि सञ्चालन भइरहेको प्याक्ट आयोजना कृषि क्षेत्रमा नेपालको सबैभन्दा ठूलो आयोजना हो ।

    रकम दुरुपयोगका लागि नयाँ परियोजना खडा गरी प्याक्टकै उच्च अधिकारीको मिलोमतोमा अनुदान रकम वितरण गरिएको छ । त्यस्ता अनुदान शहरिया र राजनीतिक पहुँच भएका किसानको नाममा सिमित टाठाबाटा संस्थाले पाउदै आएका छन् । कामै गर्न नसक्ने पहुँचको आधारमा उपलब्ध गराइएका नेपालभरको १५ जिल्लाका ३६ परियोजनाको तीन करोड ४४ लाख ३२ हजार भन्दा बढी अनुदान वापतको रकम दुरुपयोग भएको हो । यस्ता टाठाबाठा समूहले कवोल गरेको काम नगरी अनुदान वापतको रकम लिएर सम्पर्क विहिनसमेत भएका छन् ।

    ‘काम गर्छु भनेर अनुदान लगेको कृषक समूह, सहकारी र कम्पनीले न कामै गरे नत अनुदान नै फिर्ता गरे’, प्याक्टका आयोजना निर्देशक इन्द्रकान्त झाले भने,’प्याक्टको जिम्मेबारी मैले सम्हालि सकेपछि काम नगर्नेको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छु ‘ उनकाअनुसार क्षेत्रीय कार्यालयलाई पत्राचार गरी तत्काल रकम असुल गर्न कडा निर्देशन दिइएको छ ।

    प्याक्टको अनुदान रकमको चरम दुरुपयोग भएको यो त केही प्रतिनिधिमुलुक तथ्य मात्रै हो । अनुदान रकम दुरुपयोग भएको फेहरिस्त लामै छ । काम गर्न नसक्ने एउटा परियोजनालाई प्याक्टले झण्डै २५ लाख रुपैयाँसम्मको अनुदान बितरण गरेको छ । प्याक्ट आयोजना हाल ७५ वटै जिल्लामा सञ्चालनमा छ । २०६६ देखि २०७१ माघसम्मको अवधीमा बाँडिएको यो अनुदान वापतको रकम बालुवामा पानी खन्याएजस्तै भएको छ ।

    दल निकटका नेता, प्याक्टकै उच्च अधिकारी र पहुँचवालाले आफु नदेखिने गरी नातामा पर्ने भाई, बुहारी, श्रीमति, सालो, काका, भतिजालगायतको नाममा यस्ता संस्था, सहकारी र कम्पनी सञ्चालनमा ल्याएर प्याक्टको ठूलो अनुदान हात पारेर चरम दुरुपयोग गरेका छन् । काठमाडौं, ललितपुर, धादिङ्ग, पर्सा, सर्लाही, चितवन, महोत्तरी, धनुषा, रौतहठ, सर्लाही, कास्की, कपिलबस्तु, कैलाली, सुर्खेत र दाङ्ग जिल्लाबाट प्रमाणिकरणको आधारमा छनौट भएका ३६ वटा परियोजनाका सञ्चालकहरुले अनुदानको रकम लगेर रजाई गरेका छन् ।

    कामै गर्न नसक्ने परियोजनाका सञ्चालकलाई अवैध रुपमा पेश्कीमाथि पेश्कीसमेत प्रदान गरिएको प्राप्त कागजातबाट प्रष्ट हुन्छ । नीतिअनुसार परियोजनाको कूल लगानीमध्ये पहिलो किस्तामा २० प्रतिशतबराबरको दिने व्यवस्था छ । त्यसपछि उक्त पेस्कीअनुसार काम सम्पन्न भएको प्रमाणिकरणको आधारमा मात्रै दो श्रो र ते श्रो किस्ता दिने नीति छ । तर पहिलो किस्ता वापतको पेश्की लगेर कामै नगर्ने पुनः त्यस्ता परियोजनाको नाममा प्याक्टले तीन पटकसम्म पेश्की दिएको छ ।

    प्याक्टका तत्कालिन आयोजना निर्देशक तथा हाल कृषि विकास मन्त्रालयका सहसचिब योगेन्द्र कार्कीले काम गर्न सक्ने योग्य र क्षमताको आधारमा परियोजना छनौट गरी अनुदान वितरण गरेको दावी गरे । उनले आफ्नो कार्यकालमा काम नगर्ने परियोजनालाई किस्तामाथि किस्ता बितरण नगरेको ठहरसमेत गरे । ‘काम गर्न सक्छ भन्ने फिल्ड भेरिफिकेसनको आधारमा अनुदान बितरण गरेका थियौं’,उनले भने,’काम नगर्नेलाई अनुदान बितरण गरेका छैनौं । काम सम्पन्न नगर्ने यस्ता आयोजनालाई किस्तामाथि किस्ता पनि बितरण गरिएको छैंन ।’ कार्कीको कार्यकालमा उक्त ३६ वटै परियोजनालाई अपारदर्शी रुपमा अनुदान बाँडिएको थियो ।

    रौतहठको कनकपुरस्थित महिला बाख्रापालन समितिले तीन पटक पेश्की गरी २५ लाख ३१ हजार, धनुषाको तुल्सीस्थित सुन्दरी खोला महिला कृषि सहकारी संस्थाले तीन पटकमा १७ लाख ८९ हजार र पर्साको मुडलीस्थित पर्सेली प्रगतिशिल कृषक समूहले तीन पटकमा गरी १८ लाख ९१ हजार रुपैया अनुदान वापत लगेका छन् । यसरी पेश्कीमाथि पेश्की लगेर अनुदान रकम डुवाइएको छ ।

    पशुपंक्षि पालन र बजारीकरण, दाना उत्पादन र बजारीकरण, दूध र दुग्धजन्य पदार्थ उत्पादन, संकलन, प्रशोधन र बजारीकरण, तरकारी, पुष्प, फलफूल उत्पादन र बजारीकरण, बीउ उत्पादन र बजारीकरण, माछा उत्पादन र बजारीकरणलगायतका क्षेत्रका लागि प्याक्टले अनुदान उपलब्ध गराएको थियो । प्राविधिक रुपमा नेपालमा सम्भव नभएको र सानो आकारको अन्य मुलुकबाट प्राविधिक उपकरण भित्र्याउदा ठूलो धनराशी खर्च हुने अव्यवहारिक परियोजनामा पनि अनुदान डुवाइएको छ ।

    यस्तै काठमाडौंको बानेश्वरस्थित दैनिक उपभोक्ता सहकारी संस्था, काठमाडौंकै कपनस्थित कपन यज्ञ डोल कृषक समूह, चितवनको चैनपुरस्थित भुषाल एग्रो टेड्रिङ्ग, बीरगञ्जको जनहितकारी कृषक समूह, धादिङ्गको स्वावलम्बी कृषि तथा पशुपालन सहकारी संस्था, माछापुच्छ्रे व्यवसायिक कृषक समूह, लाम्साङ्गकर्पो एग्रिकल्चर एण्ड लाइभस्टक डेभेलपमेन्ट, सर्लाहीको जनज्योति किसान कृषक समूह, सामुदायिक बहुमुखि सहकारी संस्था, नन्दनी गाई फार्म, बागमति कृषक समूहलाई दुई पटकमा गरी लाखौं अनुदान बाँडिएको छ ।

    त्यस्तै महोत्तरीको पार्वति महिला कृषि सहकारी, साना किसान कृषि जागरण सहकारी, धनुषाको एकता मिश्रित कृषक समुह, साना किसान कृषि सहकारी, सुन्दरी खोला महिला कृषि सहकारी, ललितपुरको सहयोगी महिला नेपाल तरकारी कृषक समुह, व्यवसायिक फूल खेती समुह, रौतहठको रौतहठ पोल्ट्रि बिडिङ्ग एण्ड रिसर्च फार्म प्रालि, प्रगतिशिल कृषक समूह, रामजानकी कृषक समूह, राममिश्रित कृषक समूह र जनज्योति महिला कृषक समूह, दाङ्गको जनज्योति पशुपंक्षिपालक कृषक सहकारी, सुर्खेतको सम्राट पोल्ट्रि फार्म र दिप पोल्ट्रि तथा फिड इण्डस्ट्रिजले दुई पटकमा गरी लाखौं अनुदान लगेर सम्पर्क विहिन भएका छन् ।

    कैलालीको न्यु सेती दुग्ध संकलन तथा विक्रि केन्द्र र अन्नपूर्ण हर्वल कम्पनी, कास्कीको रेम्बो ट्राउट फिस कल्चर एग्रि कोअपरेटिभ र कपिलबस्तुको काँचो छाला संकलन केन्द्र, ओशो एग्रिकल्चर कोअपरेटिभ र मेहनती फार्मर ग्रुपले पनि लाखौं अनुदान लगेर कुनै काम नगरी अनुदान रकम डुबाएका छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.