×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

प्रधानमन्त्रीको भारत भ्रमण भदौ ३० बाट

  •  
  • आइतबार, भदौ ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एउटा ठूला परियोजनाका लागि सम्झौता गर्ने तयारी

    – कमलदेव भट्टराई, नयाँ दिल्ली

    भाद्र ५, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ ३० गतेदेखि दक्षिणी छिमेक भारतको तीन दिने भ्रमण गर्ने भएका छन् । भ्रमणका अवसरमा कुनै एउटा ठूला परियोजनाका लागि सम्झौता गर्ने तयारीसमेत गरिएको छ ।

    उपप्रधानमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणको क्रममा नेपाली र भारतीय अधिकारीहरुबीच प्रधानमन्त्री दाहालले भदौ ३० र ३१ गते उच्चस्तरिय भेटाघाट गरेर असोज १ गते फर्कने गरी भ्रमण तय भएको हो । निधिले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता गरेका थिए । त्यही क्रममा उनले प्रधानमन्त्री दाहालले लेखेको पत्र मोदीलाई हस्तान्तरण गरेका थिए ।

    भारतीय विदेश मन्त्रालयका अधिकारीहरुका अनुसार प्रधानमन्त्री दाहालले आफ्नो नौ महिनो कार्यकालमा कुटनीतिक र राजनीतिक भन्दापनि विकास निर्माण कार्य अघि बढाउन चाहेकाले त्यसमा सहयोगको अपेक्षा राखेका छन् । प्रधानमन्त्री दाहालको यही इच्छा अनुसार भ्रमणका क्रममा कुनै ठूलो परियोजनामा सहयोगको सम्झौता हुने अपेक्षा गरिएको छ ।
    त्यसको अलवा प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा गर्न चाहेको सम्झौताहरुले लामो फेहरिस्त नै पठाएको छ । त्यसैको आधारमा उपप्रधानमन्त्री निधिले भारतीय अधिकारीहरुसंग भ्रमणाको क्रममा छलफल गरेको बताइएको छ ।
    दाहालले आफ्नो भ्रमणका क्रममा लामो समयदेखि अघि बढ्न नसकेको पञ्चेश्वर परियोजनाको काम अघि बढाउने संकेत गरेका छन् । उनले पठाएको पत्रमा पञ्चेश्वरको संयुक्त डीपीआरलाई निर्णयमा पुर्‍याउन चाहेको उल्लेख गरेको स्रोतले बतायो । दुई बर्षअघि भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको अवसरमा पञ्चेश्वरलाई प्राथमिकता दिने उल्लेख गरेका थिए । हाल नेपालको पञ्चेश्वर विकास प्राधिकारण र भारतीय पक्षबीचमा कुराकानी भइरहेको जनाइएको छ ।

    त्यसैगरी भुकम्प पीडितलाई यसअघिको केपी ओली नेतृत्वको सरकारले दुई लाख रुपैयाँ दिने निर्णय गरेकोमा नयाँ सरकारले तीन लाख दिने निर्णय गरेको थियो । यसमा आवश्यक पर्ने थप एक लाख रुपैयाँ भारतसंग सहयोगको लागि आग्रह गरिने भएको छ ।

    प्रधानमन्त्रीको प्राथमिकतामा हुलाकी राजमार्ग निर्माणलाई सुचारु गर्ने पनि रहेको छ । हाल आवश्यक जग्गा अधिग्रहण हुन नसकेको भन्दै हुलाकी राजमार्गको कार्य रोकिएको छ ।

    प्रधानमन्त्रीले आफ्नो प्राथमिकताको सूचिमा पूर्व–पश्चिम रेलमार्गलाई पनि राखेको छ । आफ्नो भ्रमणको अवसरमा यस परियोजनामा पनि ठोस सहमतिको पहल गर्ने बताइएको छ ।

    त्यसैगरी प्रधानमन्त्रीको भ्रमणका क्रममा पनौतीमा बनाउने भनिएको प्रहरी एकेडेकमीको सहयोगमा सम्झौता गर्ने तयारी सुरु भएको छ । त्यस्तै भुकम्प पछि दाता सम्मेलनको क्रममा भारतले दिने भनेको एक खर्व रुपैयाँका सम्बन्धमा पनि ठोस सम्झौता गर्ने तयारी रहेको छ । खास गरेर भारतले आफुले दिने भनेको रकम खर्च गर्ने योजना नपठाएको गुनासो गर्दै आएको छ ।

    प्रधानमन्त्री दाहालका भ्रमणका क्रममा फाष्ट ट्र्याकका बारेमा भारतले निर्णय चाहेको छ । अघिल्लो सरकारले भारतीय कम्पनीलाई फाष्ट ट्र्याक बनाउन दिने निर्णय गरेको भएपनि यसअघिको केपी ओली नेतृत्वको सरकारले आफै बनाउने भन्दै सहमति रद्द गरेको थियो । सरकारमै सहभागी काँग्रेस नेताहरु भारतीय पक्षलाई फाष्ट ट्र्याक बनाउन दिने पक्षमा छन्भने प्रधानमन्त्री बने लगतै दाहालले आन्तरिक स्रोतबाटै बनाउने बताएका थिए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.