×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सांसदहरुको प्रश्न-नेपालको संविधान संशोधनबारे भारतमा छलफल किन ?

  •  
  • आइतबार, भदौ ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौंः प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलका सांसदहरुले संविधान संशोधनका विषयमा भारतमा छलफल चलाइएको भन्दै सरकारको आलोचना गरेका छन्।

    व्यवस्थापिका संसदको आइतबार बसेको संसद बैठकमा बोल्ने विपक्षी दलका सांसदहरुले संविधान संशोधनका लागि संसदमै छलफल चलाउनु पर्ने भन्दै भारतमा छलफल गरिएकोमा आपत्ति जनाएका हुन्।

    संसद बैठकमा बोल्दै एमाले सांसद यज्ञराज सुनुवारले मधेसी दलका माग सम्बोधनका लागि संविधान सम्बोधन हुन्छ भन्ने सन्देशसहितको पत्र बुझाएकोमा आपत्ति जनाए। उनले संविधान संशोधनबारे भारतमा नभइ नेपालको संसदमा छलफल हुनु पर्ने बताए।

    उनले भने,‘संविधान संशोधन हुन्छ भनेर मोदीलाई पत्र पठाइएको छ। दिल्लीबिना नेपालमा केही हुँदैन भन्ने सन्देश यसबाट गएको छ। यो निकै राष्ट्रिय लज्जाको विषय हो।’ सांसद सुनुवारले संविधान संशोधन गर्न भारतको समर्थन र साथ आवश्यक नपर्ने टिप्पणी पनि गरे। उनले संविधान संशोधनका लागि दलहरुबीच संवाद थाल्नु पर्ने सुझाव सरकारलाई दिए।

    नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणले नेपालको राष्ट्रियतामाथि नै चिन्ता उत्पन्न गराएको आरोप लगाए। उनले संविधान संशोधनका विषयमा दिल्लीमा उपप्रधानमन्त्री निधिले थालेको छलफलले सरकार भारतको इशारामा चलेको पुष्टि भएको बताए।

    बैठकमा एमाले सांसद रामहरि सुवेदीले भूकम्पपीडितहरुलाई पहिलो किस्ता वापतको डेढ लाख रुपैयाँ तत्काल उपलब्ध सरकारसँग माग गरे।

    ‘प्रतिपक्षमा बसेका बेला भूकम्प पीडितहरुलाई पहिलो किस्तामा डेढ लाख रुपैयाँ दिनुपर्यो भन्दै संसद अबरुद्ध गराउने पार्टी कांग्रेस अहिले सरकारमा छ, उनले भने,‘आफू बाहिर हुँदा कुरा उठाउनेले सरकारमा हुँदा भूकम्पपीडितलाई किन विर्सिएको?’

    उनले सरकारमा रहँदा सबै कुरा विर्सिने र बाहिर हुँदा अरुले गरेको काम नदेख्ने कांग्रेसको प्रवृत्तिलाई भूकम्पपीडित जनताले नजिकबाट नियालिरहेको बताए। बैठकमा बोल्ने अधिकांश सांसदहरुले भूकम्पपीडितको समस्या समाधानका लागि ठोस कदम चाल्न ढिलाइ गर्न नहुनेमा जोड दिएका थिए।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.