×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

बन्दले धराशायी मधेसका व्यवसायीको प्रश्न–हामीले नोक्सानबाहेक के पायौं ?

  •  
  • आइतबार, भदौ ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मनिका झा

    जनकपुरधाम: मधेसी जनताको माग संविधानमा सम्बोधन नभएको भन्दै मधेसवादी दलहरूको उद्घोषमा ६ महिना लामो बन्द र हडतालको मार खेपेका जनकपुर क्षेत्रका व्यापारीहरू यो आन्दोलनले के पायौं भन्दै एकअर्कासँग प्रश्न गर्न थालेका छन् ।

    आन्दोलनको बेला मधेसवादी दलका नेताहरूले सभा र गोष्ठी गर्दा भाषणका क्रममा आन्दोलन अवधिमा व्यापारीहरूलाई बैंकको ऋणमा लाग्ने थप ब्याज मिनाहा गराइदिने, करहरूमा छूट गराइदिने, घरभाडा लिई व्यापार गरिरहेकाहरूको भाडासमेत माफ गराइदिने आश्वासन दिने गरेका थिए । मधेसी मोर्चाले आन्दोलन काठमाडौं केन्द्रित गरेपछि भने आर्थिक रूपमा धराशायी भएको मधेसलाई पछाडि फर्केर हेर्दै नहेरेको व्यापारीहरूको गुनासो छ ।

    आन्दोलनमा सबैभन्दा बढी झडप र होहल्ला हुने जनकपुरको शिवचोकमा सञ्चालित होटेल वेलकम ६ महिना पूर्ण रूपमा बन्द रह्यो । त्यसकारण आफ्नो व्यवसाय बर्सौं पछाडि धकेलिएको सञ्चालक विजय झुनझुनवाला बताउँछन् । ‘हामीले कसैले भनेको भरमा होटेल बन्द गरेका थिएनौं । वातावरणले नै हामीलाई बाध्य बनाएको थियो’, झुनझुनवालाले भने, ‘तर यो आन्दोलनका कारण अब व्यापारीहरूमा बन्द र हडतालको विरोध गर्ने हिम्मत पलाएको छ ।’

    कसैले व्यवसायलाई थप प्रभावित गर्न खोजे ‘नाइँ’ भनेर विरोध गर्नसक्ने अवस्थामा पुगेको उनले बताए । नेताहरूले त्यतिबेला गरेको भाषण सम्झिँदै उनले भने, ‘नेताहरूको हरेक भाषणमा विश्वास गरेकै कारण यति ठूलो क्षति भयो । अब जसले राजनीतिकभन्दा आर्थिक विकासका पक्षमा कुरा गर्छ उसलाई नै पत्याउनुपर्छ ।’

    जनकपुरको अर्को आन्दोलनकारी अखडाका रूपमा परिचित जनकचोकमा प्रवीण स्टोर्स सञ्चालन गर्दै आएका प्रवीणकुमार साहले भने, ‘आन्दोलनको अवधिमा जे क्षति भयो, त्यसको पूर्ति अब पाँच वर्षमा पनि हुन्छ भनेर यकिन गर्न गाह्रो छ ।’ उनका अनुसार आन्दोलनमा जनता बर्बाद भए पनि नेताहरूलाई पुरानै ऐसआराममा देख्दा आन्दोलन किन भयो भन्ने लाग्छ ।
    आन्दोलनको अवधिमा पसलको भाडा अझ बढाएर घरपधनीले असुल गरे पनि कसैले क्षतिपूर्ति दिलाउन पहल नगरेको उनले बताए । मधेसको हकका लागि आन्दोलन भइरहेको भन्दै एकातर्फ व्यापारीहरूलाई ६ महिनासम्म कामकाज ठप्प पार्न लगाइएको, अर्कातर्फ मधेसी मूलकै घरपधनीहरूले भाडामा छूट नगर्दा मन खिन्न भएको साहको गुनासो छ । केही पहाडी समुदायका घरधनीहरूले भाडा छूट गरे पनि अन्यले एक रुपैयाँ पनि छूट नगरेको उनले बताए ।

    आन्दोलनका क्रममा सुनचाँदी व्यापारीहरूले ६ महिनामा सबैभन्दा बढी घाटा बेहोर्नुपरेको सुहागन ज्वेलर्सका सञ्चालक सञ्जीव साहले बताए । उनले भने, ‘आन्दोलनका क्रममा मधेसी जनताले जे घाटा बेहोरे, त्यो १० लाख दिएर वा सहिद घोषणा गरेर पूर्ति हुन सक्दैन ।’ मधेसी जनतालाई ठूल्ठूलो सपना देखाएर पूरा गराउन नसकेका मधेसवादी दलका नेताहरू बेइमान भएको कारण जनता मारमा परेको उनको आरोप छ ।

    यस क्षेत्रका ठूला व्यापारी एभरेस्ट पेपर मिलका प्रमुख ओमप्रकाश सर्राफका अनुसार आन्दोलनका कारण जनकपुरको उद्योगव्यवसाय पलायन हुने अवस्था उत्पन्न भएको छ । ‘आन्दोलनको बेला उद्योगीव्यवसायीले कसैको समर्थनका लागिभन्दा पनि आज बन्द गरे भोलि खुल्ला कि भन्ने आसमा बन्द गर्दै आएका थिए’, सर्राफले भने, ‘यस क्षेत्रका नेताहरू नै डिप्रेस्ड भएका कारण आन्दोलन सफल हुन नसकेको हो । आफ्नो मुद्दाभन्दा अरूको कुरा सुन्ने प्रवृत्तिले गर्दा जनताको समर्थन पाए पनि माग सम्बोधन गराउन सकेनन् ।’

    मधेस आन्दोलनका क्रममा ६ महिनाको बन्द र हडतालमा कति क्षति भयो, त्यसको निश्चित लेखाजोखा नभए पनि करिब १५ अर्ब रुपैयाँ हाराहारी स्थानीय व्यापारीले नोक्सान बेहोर्नु परेको उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष शिवशंकर साह हीरा बताउँछन् । घरेलु उद्योगलाई पनि समाहित गर्ने हो भने यहाँ ५ सय सानाठूला उद्योगव्यापार सञ्चालनमा रहेको अवस्थामा लामो बन्दमा ठूलै क्षति भएको उनको भनाइ छ ।

    उनी भन्छन्, ‘मधेसी जनताले आन्दोलनमा सक्दो भूमिका देखाए । अब बल नेताहरूको कोर्टमा छ ।’ आन्दोलन अवधिको घरभाडा मिनाहा गरिदिने घरधनीहरूलाई संघले सम्मान गर्ने भन्दै अपिल गरे पनि कृष्ण गिरी नामका एकजनाले भाडामा आधा छूट गर्नुबाहेक कसैले पनि छूट नगरेको साहले बताए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.