×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

पासबिनाका भारतीय गाडीको बिगबिगी

  •  
  • आइतबार, भदौ ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर

    कृष्णप्रसाद ढकाल

    भैरहवा: रूपन्देही जिल्लामा हलुका भारतीय नम्बर प्लेटका सवारीसाधनको अवैध ढंगले बिगबिगी फैलिएको छ । छिमेकी राष्ट्र भारतसँग ‘रोटी र बेटी’ को सम्बन्धको बहाना बनाएर सवारी पास सुविधाको समेत दुरुपयोग गरी भन्सार राजस्व छलेर यस क्षेत्रमा मनपरी ढंगले भारतीय सवारीसाधन सञ्चालन भइरहेका छन् ।

    पूर्वमन्त्री तथा सांसददेखि जिल्लाका प्रमुख दलका नेता तथा चोरीका सवारीसाधनको कारोबार गर्दै आएका व्यापारीले बर्सौंदेखि भारतीय सवारी उपयोग गरेबापत भन्सार राजस्व तिर्ने गरेका छैनन् ।

    भारतका उत्तरप्रदेश, बिहार, महाराष्ट्र र हिमाञ्चल प्रदेशमा दर्ता उल्लेख भएका विभिन्न कम्पनीका भारतीय नम्बर प्लेटका बोलेरो, जिप, कार, भ्यान, ट्र्याक्टर र मोटरसाइकल अवैध रूपले रूपन्देही जिल्लामा बाक्लै प्रयोग भइरहेका छन् । हलुका भारतीय सवारीसाधन अवैध ढंगले नेपाल प्रवेश भई सञ्चालन हुँदा यस क्षेत्रको यातायात व्यवसाय संकटमा परेको गुनासो सिद्धार्थ यातायात व्यवसायी समितिका अध्यक्ष सूर्य सारुमगरले गरे ।

    नेपालमा मोटरसाइकल किन्ने पैसाले भारतमा कार किनेर चढ्न सकिने हुँदा सीमावर्ती क्षेत्रमा सवारीसाधन अवैध प्रवेश बढेको उनले बताए । उनले भने, ‘भारतीय नम्बर प्लेटका गाडीले सस्तो भाडादरमा यात्रु ओसारपसार गरेका छन् । उनीहरूसँग हामीले प्रतिस्पर्धा गर्न नसक्दा यस क्षेत्रका व्यवसायी साह्रै संकटमा परेका छौं ।

    रूपन्देही प्रहरी प्रशासनले पनि उनीमाथि खासै कारबाही गरेको छैन ।’ विवाह तथा राजनीतिक दलहरूको सभासम्मेलनमा कार्यकर्ता तथा सर्वसाधारणलाई ओसार्न भारतीय नम्बरप्लेटका बसहरू रिजर्भ हुने गरेका छन् ।

    केहीले नेपालमा विशेष पास बनाएर एक दिनको सुविधामा महिनौंसम्म भारतीय प्लेटका गाडी गुडाउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले गत आर्थिक वर्ष भन्सार राजस्व चोरी पैठारी निकासीमा प्रयोग भएका ७४ वटा गाडीलाई कारबाहीका लागि भन्सारमा पठाएको र अवैध रूपमा नेपालमा सञ्चालन गरिएका करिब पाँच हजारवटा भारतीय नम्बर प्लेटका सवारीसाधनलाई जरिबाना गरी छोडेको प्रहरीले जनाएको छ । यसैगरी सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय रूपन्देहीले अघिल्लो वर्ष ३४ वटा भारतीय नम्बर प्लेटका गाडी नियन्त्रणमा लिई कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको जनाएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय, भन्सार राजस्व कार्यालय र प्रहरीले यसतर्फ विशेष अभियानका साथ अप्रेसन नचाल्दा भैरहवा मूल भन्सार र लुम्बिनी महेशपुर छोटी भन्सार नाकाको राजस्व संकलनमा समेत प्रभाव परेको छ । प्रहरीले हरेक वर्ष सञ्चालन गर्ने ट्राफिक सप्ताहमा भने भारतीय नम्बर प्लेटका गाडी कारबाहीमा पर्ने र गाडी नै लिलाम हुने डरले गाडी नगुडाई घरमा छोपेर लुकाउने गरेका छन् ।

    अन्य समयमा मन्त्री, सांसद, नेता र कार्यकर्ताको नाता सम्बन्ध, विवाह, आकस्मिक घटना, बिरामी छोड्न र लिन हिँडेको जस्तो बहाना बनाएर त कसैले ट्राफिक प्रहरीलाई महिनाबारी घूस दिएर यस क्षेत्रमा निर्बाध रूपमा भारतीय नम्बर प्लेटका हलुका सवारीसाधन चलाउने प्रवृत्ति बढेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जिल्लामा शान्तिसुरक्षा र सामाजिक सद्भाव कायम राख्दै अवैध रूपमा सञ्चालन भएका सवारीसाधनलाई कारबाही गर्न निर्देशन दिएको बताए ।

    कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले भारतसँगको खुला सिमाना, सामाजिक, सांस्कृतिक र व्यावहारिक पक्षका कारण भारतीय नम्बर प्लेटका गाडी पूर्ण रूपमा रोक्न र नियन्त्रणमा लिई कारबाही गर्न नसकिएको गुनासो गरे ।

    रूपन्देही जिल्लाको दक्षिण र पश्चिम दुवैतिर ६६ किलोमिटर भारतसँगको खुला सिमाना पर्छ । रूपन्देहीका धकधई मर्चबार, भैरहवा र लुम्बिनी क्षेत्रमा धेरै भारतीय नम्बर प्लेटका मोटरसाइकल छन् । यस क्षेत्रका नेता, कार्यकर्ता, शिक्षक, व्यापारी एवं समाजसेवी भनिएका धनाढ्यहरूले पनि आफ्नो घरमा भारतीय नम्बर प्लेटकै कार, ट्र्याक्टर र जिप राखेका छन् ।

    रूपन्देहीमा १० हजारभन्दा बढी भारतीय नम्बर प्लेटका सवारीसाधन भएको अनुमान छ । ‘प्रहरीले सीमा क्षेत्रका नागरिकको सुविधा र व्यावहारिक पक्षलाई हेरी सामाजिक सद्भावका निम्ति लचिलो हुनुपर्ने बाध्यता छ’, रूपन्देही जिल्लाका प्रहरी प्रमुख गुरुङले भने, ‘भन्सार सुविधा नलिई प्रवेश गरेका गाडीलाई कारबाही गर्ने गरेका छौं ।

    भारतीय नम्बर प्लेटका गाडीहरूबाटै बढी आपराधिक घटना हुने गरेका पनि छन् तर त्यसलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास जारी राखेको छ ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.