×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चिनियाँ राष्ट्रपतिको भ्रमण निश्चित : महरा

  •  
  • आइतबार, भदौ ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भाद्र ४, २०७३- प्रधानमन्त्रीको विशेषदूतका रूपमा उत्तरी छिमेकी मुलुकको भ्रमण गरी फर्केका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले ‘चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछ्याङले छिटै नेपाल भ्रमण गर्ने’ सकारात्मक सन्देश आफूले ल्याएको बताएका छन् ।

    पाँचदिने भ्रमण सकेर शनिबार फर्किएका महराले विमानस्थलमा उत्रिएलगत्तै चीनबाट पहिले राष्ट्रपति स्तरमा र त्यसको केही समयपछि प्रधानमन्त्री स्तरमा भ्रमण हुने जानकारी गराएका हुन् । ‘अब राष्ट्रपतिको भ्रमण लगभग सुनिश्चित नै भएको ठानेको छु,’ उनले संवाददाताहरूसित भने, ‘यद्यपि चिनियाँ पक्षले यसबारे केही समयपछि निर्णय लिनेछ । चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न सम्पूर्ण पक्षबाट तयार रहेको जानकारी गराएको छु ।’

    उनले उच्चस्तरीय भ्रमणका लागि चीन र नेपाल दुवैले आ–आफ्ना परराष्ट्र मन्त्रालयलाई तिथि र कार्यक्रम तय गर्न समेत निर्देशन दिइसकेको उल्लेख गरे । ‘चीनका राष्ट्रपति सी र प्रधानमन्त्री लीले छिटै नेपाल भ्रमण गर्नुहुनेछ । विशिष्ट व्यक्तित्वको भ्रमणको तिथिमिति तयार भइसकेको छैन । शीघ्र उच्चस्तरीय बैठक र सल्लाह गरी तय हुनेछ,’ उनले भने । महराले चिनियाँ प्रधानमन्त्रीसितको छलफलपछि उच्चस्तरको भ्रमणका लागि दुवै देशका परराष्ट्र मन्त्रालयलाई ‘स्ट्यान्ड बाई’ राखिएको जानकारी दिए ।

    चिनियाँ पक्षले महरालाई उनको मिसन सफल होस् भन्ने कामना गर्दै उच्च सम्मान दिएका थिए । भ्रमणका क्रममा महराले विदेशमन्त्री वाङ यी र प्रधानमन्त्री खछ्याङसँग औपचारिक भेटवार्ता गरेका थिए । उनले चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरू र अन्य सरोकारवालालाई पनि भेटेका थिए ।

    प्रधानमन्त्री लीले आफू र राष्ट्रपति शीघ्र छिमेकी नेपालको भ्रमण गर्न उत्सुक रहेको महरालाई जानकारी गराएका थिए । लीले नेपालमा नयाँ संविधान जारी भएपछि राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ ढोका खुलेको भन्दै विकासका लागि आफूहरूले गर्नुपर्ने सहयोग तथा साझेदारीबारे समेत कुरा गरेको जानकारी महराले दिए । आर्थिक एवं सामाजिक विकासमा चीनले दिँदै आएको सहयोगलाई निरन्तरता दिने र विकासका लागि नेपालले अघि बढाउने कार्ययोजनामा सहयोग गर्न चीन तयार रहेको जानकारीसमेत दिएका थिए ।
    चीनले नेपालसँगको सम्बन्धलाई उचाइमा पुर्‍याउन चाहेको आफूले पाएको उनले बताए ।

    चीनले सरकार परिवर्तन नेपालको आन्तरिक मामिला भन्दै नयाँ गठबन्धन संविधान कार्यान्वयन गर्न लाग्ने विश्वास व्यक्त गरेको थियो । नेपाल–चीनबीच थप सहयोगका क्षेत्र खोजी गर्नेबारे चिनियाँ पक्ष निकै सकारात्मक रहेको महराले बताए । उनका अनुसार त्रिपक्षीय आर्थिक करिडोरप्रति चिनियाँ सरकार सकारात्मक छ । यसमा ठोस कुरा हुन भने बाँकी रहेको उनले बताए । यसबाट स्पष्ट हुन्छ, भारतको सहमतिबिना यो अघि नबढ्ने हुनाले नेपाल यसमा अहिले बीचमा रहेको हो । महराले चिनियाँ प्रधानमन्त्री, विदेशमन्त्री र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख तथा उपप्रमुखसँगको भेट निकै सफल भएको अनुभव आफूले गरेको बताए ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.