×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

मोदी फेरि नेपाल आउन इच्छुक

  •  
  • आइतबार, भदौ ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विशेषदूत निधि भेटघाटमा व्यस्त

    सन्तोष घिमिरे

    काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग चिसिएको सम्बन्ध सुधारका लागि आफूले फेरि नेपाल भ्रमण गर्नसक्ने बताएका छन् ।

    सरकारको विशेष दूतका रूपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग शनिबार भएको भेटमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्ने इच्छा देखाएका हुन् । ‘मोदी आफैं नेपाल आउन तत्पर रहेको भेटमा बताउनुभयो’, भेटमा सहभागी एक अधिकारीले अन्नपूर्णसँग टेलिफोनमा भने ।

    गत वर्ष नेपालमा संविधान जारी भएलगत्तै भारतले नेपालमा पाँच महिना नाकाबन्दी गरेपछि बिग्रेको द्विपक्षीय सम्बन्ध तथा मोदीप्रति नेपाली जनतामा परेको ‘नकारात्मक छवि’ सुधारका दृष्टिकोणबाट समेत मोदी पुनः नेपाल भ्रमणमा आउन चाहेको हुनसक्ने सरकारी अधिकारीहरूको बुझाइ छ ।

    मन्त्री निधिले विगतमा आफूले चाहँदाचाहँदै पनि विविध कारणले मोदीलाई जनकपुर र मुक्तिनाथको धार्मिक यात्रा गराउन नसकेकोमा पश्चाताप गर्दै पुनः नेपाल आएर ती स्थानको भ्रमण गरिदिन अनुरोध गरेका हुन् । प्रधानमन्त्री दाहालले मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् ।

    मोदीले निधिको आग्रहप्रति आफू सकारात्मक रहेको बताउँदै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको जानकारी भेटमा सहभागी अधिकारीहरूले दिए । तर मोदीको भ्रमण मितिबारे खासै छलफल भएको छैन ।

    सन् २०१४ नोभेम्बर अन्तिम साता नेपालमा सम्पन्न दक्षिणएसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनमा भाग लिन आउँदा मोदीले जनकपुर र मुक्तिनाथ भ्रमण गर्ने इच्छा राखे पनि उनले जनकपुरका जनतालाई साइकल बाँड्नेलगायत कार्यक्रम विवादमा परेपछि दुवै स्थानको भ्रमण रद्द भएको थियो ।

    प्रधानमन्त्री दाहालको भारत भ्रमणपछि भारतीय राष्ट्रपति मुखर्जी नेपाल आउने/मुखर्जीपछि राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने/सम्बन्ध सुधार्न प्रधानमन्त्री मोदी पनि आउनसक्ने र निधिले सुरक्षा सल्लाहकार डोभल र ‘रअ’ प्रमुखलाई पनि भेट्ने

    यद्यपि मोदीको भ्रमणअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल आउन चाहेका छन् । उच्चस्तरीय भ्रमणहरू चाँडोभन्दा चाँडो सम्पन्न गराउने पक्षमा भारतीय पक्ष बढी उत्साहित देखिएको सरकारी अधिकारीहरूको भनाइ छ । भारतीय पक्षले यतिबेला उच्चस्तरीय भ्रमण आदानप्रदानमा बढी जोड दिनुको मूल कारण चिनियाँ राष्ट्रपति सी जिनपिङको असोज अन्तिम साता हुने भनिएको नेपाल भ्रमण हुनसक्ने उनीहरूले बताए ।

    प्रधानमन्त्री दाहालले सेप्टेम्बर १५ देखि १७ सम्म भारत भ्रमण गर्ने र त्यसपछि भारतीय राष्ट्रपतिले नेपाल भ्रमण गर्ने विषयमा दुवै पक्ष सहमत छन् । निधिले शुक्रबार मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिइसकेका छन् । चिनियाँ राष्ट्रपति नेपाल आउनुअघि मुखर्जीको भ्रमण सुनिश्चित गर्न भारतीय पक्ष अग्रसर देखिएको छ ।

    भारतीय राष्ट्रपति फर्केपछि राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण गराउने मोटामोटी निष्कर्षमा दुवै देश रहे पनि भण्डारीको भ्रमणप्रति भारतीय पक्ष खासै सकारात्मक नरहेको अधिकारीहरूले बताए ।

    गृहमन्त्री निधिले मोदीसँग शनिबार प्रतिनिधिमण्डल स्तरमा आधा घन्टा र १५ मिनेट एक्लै भेटवार्ता गरेका थिए । उक्त अवसरमा मोदीले दाहालको नेतृत्वमा नयाँ सरकार बनेसँगै नेपालसँगको सम्बन्ध सुदृढ हुने विश्वास भारतको रहेको बताए । उनले दाहालको नेतृत्वमा सरकार बनेकोमा बधाई दिँदै नयाँ सरकारलाई आफ्नो शुभेच्छा रहेको बताए ।

    त्यस क्रममा निधिले नेपालको संविधान कार्यान्वयनका लागि सबै पक्षका मागलाई सकेसम्म सम्बोधन गर्न संविधान संशोधनका लागि प्रक्रिया अघि बढाउनु वर्तमान सरकारको मुख्य प्राथमिकता रहेको बताए । ‘मधेसी मोर्चालाई सरकारमा सहभागी गराएर हामी चुनावमा अघि बढ्न चाहन्छौं । यसमा भारतको सहयोग चाहन्छौं’, निधिले भने ।

    निधिले भारतसँगको सम्बन्ध सुधार्न नेपाल सरकारले चाहेको समेत भेटघाटमा बताए । उनले पूर्ववर्ती सरकारका पालामा अविश्वास रहेको भए पनि त्यसलाई बिर्सेर नयाँ रूपमा सम्बन्ध सुधार्नु आवश्यक रहेकोमा जोड दिएका थिए ।

    नेपालका विकास परियोजनामा भारतीय सहयोग, सीमापार रेल विस्तार, हुलाकी राजमार्ग र पञ्चेश्वर परियोजनाको निर्माणलाई गति दिने विषयमा मोदी र निधिबीच कुराकानी भएको जानकारी नयाँदिल्लीस्थित नेपाली दूतावासले दिएको छ ।

    मोदीले नेपाल सरकारका प्राथमिकताहरूमा पूर्ण रूपमा सघाउन भारत तयार रहेको बताए । ‘नयाँ सरकार नेपालको शान्ति, स्थायित्व र लोकतन्त्र संस्थागत गर्न सक्षम हुनेछ भन्ने मेरो विश्वास छ’, मोदीले भने ।

    मोदीले नेपालका तर्फबाट प्रधानमन्त्री, राष्ट्रपतिलगायत तहमा उच्चस्तरीय भ्रमणहरूको प्रतीक्षामा भारत रहेको बताए । ‘हाम्रा दुई मुलुकबीच उच्चस्तरीय भ्रमणहरू आदानप्रदान हुनुपर्छ’, उनले भने ।

    मोदी र निधिपछिको भेटपछि ट्विट गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नेपालमा बनेको नयाँ सरकारलाई भारतले ‘इन्गेज गराइरहेको’ उल्लेख गरेका छन् ।

    भारतीय प्रधानमन्त्री मोदीले निधिसँगको भेटपछि ट्विट गर्दै भनेका छन्, ‘नेपाल र भारतबीचका सम्बन्धहरू सरकारी स्तरमा मात्र नभएर जनताको स्तरमा फैलिएको छ । नेपालसँगको सम्बन्धलाई अझै सुदृढ गर्न भारत प्रतिबद्ध छ ।’ मोदीले नेपालको भूकम्पपछिको पुनर्निर्माण प्रक्रियामा सरकार र जनतालाई सहयोग गर्न भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

    त्यस क्रममा मोदीले निधिमार्फत प्रधानमन्त्री दाहाललाई चाँडै भारत भ्रमण गर्न निमन्त्रणा पनि दिए ।

    भारत भ्रमणका क्रममा मन्त्री निधिले भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र भारतीय बाह्य गुप्तचर संस्था ‘रअ’ का प्रमुख रजिन्दर खन्नासँग अलगअलग भेट्ने स्रोतले बतायो । यी दुवै भेटमा दिल्लीस्थित दूतावासका अधिकारीहरू सहभागी हुने छैनन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.