×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

माग पूरा नभए नवौं सत्याग्रह : डा. केसी

  •  
  • आइतबार, भदौ ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    तस्विर: अंगद ढकाल

    भाद्र ४, २०७३- चिकित्सा सेवा र शिक्षा सुधारको माग राखेर आठ पटकसम्म अनशन बसिसकेका डाक्टर गोविन्द केसी दोस्रो पटक शनिबार सडक प्रदर्शनमा उत्रिएका छन् । सयौं समर्थक र शुभेच्छुकसाथ प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शनमा उत्रिएका केसीले पछिल्लो अनशनपछि भएको सम्झौता पूरा नभए फेरि अनशनमा बस्न आफू बाध्य हुने बताए । उनले सरकार माग पूरा गर्न तयार नभएको र सत्ताको दौडधुपमा व्यस्त भएको बताउँदै भने, ‘आम जनताको सरोकारका यस्तो विषयमा सांसदहरू बोल्नुपर्नेमा उनीहरू लोकमानको चाकडी गरिरहेका छन् ।’

    प्रदर्शनीमा प्लेकार्ड बोकेर सयौं विद्यार्थी, विभिन्न पेसाकर्मी, कलाकार र नागरिक अगुवाहरू भेला भएका थिए । ‘लोकमानको मनोमानीमा प्रचण्ड किन मौन ?’, ‘महाअभियोगको प्रक्रिया अघि बढाऊ’, ‘संसदको मर्यादा कायम गराऊ’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनकारीहरू सहभागी भएका थिए । प्रदर्शनकारीहरूले ‘प्रचण्डको कान कता छ ?’ भन्दै प्रधानमन्त्री निवास बालुवाटारतिर फर्केर चर्को नारा लगाएका थिए ।

    अध्येता प्रत्युष वन्तले निश्चित व्यक्तिबाट डर हुने यो कस्तो लोकतन्त्र हो भन्दै प्रश्न गरेका थिए । उनले आफू सानो छँदा निर्दलीय पञ्चायती व्यवस्था भएको स्मरण गर्दै अहिले पार्टी सहितको पञ्चायती लोकतन्त्र भएको बताए । उनले भने, ‘सार्वजनिक महत्त्वको प्रस्तावमाथि संसद्मा छलफल नै निषेध गर्ने यो कस्तो लोकतन्त्रमा हामी बाँचिरहेका छौं ?’ संसद् सुरेन्द्र चौधरीले अहिलेको लोकतन्त्र ‘भर्चुअल डेमोक्रेसी’ भएको बताउँदै भने, ‘लोकमान जन्माउने शक्तिमाथि छानबिन जरुरी छ ।’ लेखक खगेन्द्र संग्रौलाले भने कुन शक्तिको भय, बाध्यता वा स्वार्थवश तीन ठूला दलका अगुवाले लोकमानलाई अख्तियार प्रमुखको रूपमा किन नियुक्त गरे भन्ने प्रश्नको उत्तर खोजिनु आवश्यक रहेको बताए । ‘कुन भय वा बाध्यताले संसद्मा यो विषयमाथि छलफल हुँदैन ?’ उनले भने, ‘विधिमाथि बलात्कार हुँदा ६ सय एक जना सांसद किन मौन छन् ?’ नागरिक अगुवा कपिल श्रेष्ठले भने अहिलेको आन्दोलन लामो दौडको हुने बताउँदै सत्य प्राप्तिको यात्रामा सबैले पागलको खप्की खानुपर्ने बताए । उनले भने, ‘लोकतन्त्रका लागि फेरि लड्नुपर्ने बेला आएको छ ।’

    डाक्टर केसीले संविधानभन्दा माथि बसेर काम गर्ने छुट कसैलाई नभएको बताउँदै यसबारे संसद्ले साधेको मौनता अचम्मको विषय भएको बताए । उनले भने, ‘नेताहरूले कि प्रायश्चित गर्नुपर्छ कि हट्नुपर्छ ।’ प्रदर्शनीमा कलाकारहरूको समूह आरट्रीले ‘मौनताको संस्कार’ शीर्षकमा पर्फमेन्स कला प्रस्तुत गरेका थिए । शरीरभरि ब्यान्डेज बेरेर मौन कुर्सीमा बसेका उनीहरूले मौनताको संस्कारविरुद्ध कलामार्फत विरोध गरेका थिए । कलाकारको ब्यान्डेज बेरिएको शरीरमा डाक्टर केसीले आफ्ना मागहरू लेखेका थिए भने अन्य प्रर्दशनकारीले पनि त्यसमा अनेकन नाराहरू लेखेका थिए । कला समूहका अगुवा हितमान गुरुङले भने, ‘बेथितीका बेला पनि मौन बस्ने संस्कारविरुद्ध कलामार्फत विरोध जनाएका हौं ।’

    माग पूरा नभए नवौं सत्याग्रह बस्नेछु : डा. केसी

    अनशनपछि सम्झौता पनि भयो । तर तपाईं किन सडकमा ओर्लिरहनुभएको ?
    सम्झौता कार्यान्वयनमा पनि दबाब दिनुपर्ने देखिन्छ । यदि राजनीतिक नेतृत्व पक्ष जनताप्रति अलिकति पनि दायित्वबोध गर्छ, इमानदारी देखाउँछ भने हामीले सम्झौता गरेका बुँदा कार्यान्वयन गर्नुपर्छ । किनभने हामीले जुन काम गरिरहेका छौं, यो त नेताहरूको र दलहरूको काम हो । अब हामीले जनताको हक हितका निम्ति नीति निर्माण गर भनेर भन्नुपर्ने होइन नि । बरु नेताहरूले बारम्बार धोका दिइरहेका छन् । यो दबाबमूलक कार्यक्रम हो । यो जारी राख्नेछौं । यदि यसबाट पनि सुनेनन् भने म नवौंपटक सत्याग्रह बस्नेछु ।

    भनेपछि सम्झौताको कार्यान्वयन प्रक्रिया सुरु भएको छैन ?
    कहीँ पुगेको छैन । राजनीतिक नेतृत्व गैरजिम्मेवार छ । भ्रष्ट मानसिकताका नेताहरू छन् । सरकार टिकाउन र सरकार ढाल्नमा मात्रै उनीहरू व्यस्त छन् । देशका ठूलाठूला समस्याहरू जस्ताको तस्तै छन् । नाकाबन्दीको असर अहिलेसम्म छ । भूकम्पपीडितहरू जाडो र वर्षामा कहर खेपिरहेका छन् । तिनीहरूलाई सम्बोधन गरिएको छैन । हामीले गरेका सम्झौता कार्यान्यवन गर्नेतर्फ काम भएको छैन । कसरी सरकार टिकाउने र सरकारमा जाने भन्ने खालको चिन्तन मात्रै छ । मैले भनेको थिएँ, हामीले खाएर लडाइँ लड्छौं । यदि यो लडाइँ पनि सुनेनन् भने फेरि सत्याग्रहको बाटो रोज्नुपर्छ ।

    सरकारले सुनेन भने के आन्दोलनमात्रै गरिराख्ने त ?
    यो यत्तिकै सेलाउँछ । यो आन्दोलन हामी तुहाउँछौं भनेर दलको नेतृत्वले सोचेका छन् भने त्यो गलत कुरा हो । देशद्रोही मानसिकता हो । दुर्भाग्यको कुरा हो यो । हामीले प्रधानमन्त्रीलाई पनि ज्ञापन पत्र बुझाएका छौं । तर उनीहरू सुन्ने मुडमा छैनन् । ज्ञापनपत्रको पनि कुनै जवाफ आएको छैन ।

    -1000×0

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.