×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

अवैध मानव ओसारपसारमा पूर्वसभासद र जनजाति महासंघका उपाध्यक्ष तानिए

  •  
  • आइतबार, भदौ ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – केपी ढुंगाना, काठमाडौं

    भाद्र ५, २०७३- पूर्वसभासद तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पा र वर्तमान उपाध्यक्ष डन्डु शेर्पा अवैध मानव ओसारपसारमा तानिएका छन् । उनीहरूले सांस्कृतिक कार्यक्रमको आवरणमा तीन करोड ९० लाख रुपैयाँ असुलेर १३ जना गैरकलाकारलाई कलाकार भन्दै मेक्सिको पुर्‍याई उतै छाडेर आएको आरोप लागेको छ ।

    पासाङ पूर्वसभासद तथा नयाँ शक्ति नेपालका सचिवालय सदस्यसमेत हुन् । मेक्सिकोमा आयोजित हिमाली आदिवासी जनजातिको संस्कृति आदानप्रदान कार्यक्रममा सहभागी गराउन गत चैतमा पासाङ र डन्डुले १३ जनालाई त्यहाँ लगेका थिए । जाँदा १५ जना गए पनि फर्कंदा उनीहरूमात्र फर्किए । ती १३ जना अमेरिका पुगिसकेका छन् ।

    • कलाकार भन्दै १३ जनालाई मेक्सिको पुर्‍याइयो

    • २ जना अमेरिकी कारागारमा, ११ धरौटीमा छुटे

    • ३ करोड ९० लाख असुली गरेको आरोप

    मेक्सिको जाने तयारीकै क्रममा ‘पैसा लिएर उतै छाड्ने योजनाअनुसार गैरकलाकारलाई कलाकार बनाएर लैजान लागेको’ भन्दै प्रहरीमा उजुरी परेको थियो । अपराध अनुसन्धान ब्युरो अधिकारीका अनुसार उजुरीपछि पासाङसहित कलाकार बनेर मेक्सिको जाने तयारीमा रहेका ६ जनासँग सोधपुछ गर्दा कार्यक्रममा सहभागी भएर फर्कने बताएपछि छाडिएको थियो । कार्यक्रम सकाएर २ जना मात्रै नेपाल फर्किएपछि प्रहरीले मानव ओसारपसारमा पुन: अनुसन्धान अगाडि बढाएको हो । कार्यक्रममा जानुअघि पासाङले गएका सबै फर्कने बताएकाले प्रहरीले उनलाई अनुसन्धानको दायरामा राखेको छ ।

    ‘कार्यक्रममा सहभागी हुन जानुअगाडि पासाङविरुद्ध उजुरी आएको थियो,’ ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले भने, ‘उनले कार्यक्रम सकिएपछि सबै फर्किने हुन् भनेकाले छाडेका थियौं, अहिले सबै अमेरिका पुगेको सूचना आएपछि पुन: अनुसन्धान सुरु गरेका छौं ।’

    तिब्बतसम्बन्धी संस्था कासा टिब्बेत मेक्सिको नामक संस्थाले आयोजना गरेको हिमाली संस्कृतिसम्बन्धी कार्यक्रममा कलाकार लैजाने भन्दै पैसा असुलेको सूचनाका आधारमा गत असोजमै पासाङविरुद्ध जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा उजुरी परेको थियो ।

    गृहिणी र व्यापारीलाई कलाकार भन्दै उनीहरूले प्रतिव्यक्ति ३० लाख लिएर मेक्सिको लगेर छाडेर आएको आरोप छ । पासाङले कलाकार बनाएर लगेका ताप्लेजुङकी पासाङ छोपेन, सोनाम डोमा, दावा फुटिक, कार्मा बाग्या, पासाङ शेर्पा, कासाङ शेर्पा, पेम्बा नुपु शेर्पा, लोप्साङ लामा, दावा छिरिङ शेर्पा, कान्छा शेर्पा, ग्याल्जेन शेर्पा अहिले अमेरिकामा छन् । ग्याल्जेन पासाङका आफ्नै भाइ हुन् ।

    गोरखाका तेन्जिङ शेर्पा र इलामकी आरती राई समेत कलाकार बनेर अमेरिका पुगिसकेका छन् । यी मध्ये पेम्बा नुपु र पासाङ छोपेन अमेरिकाको टेक्सासको कारागारमा छन् । अवैध रूपमा प्रवेश गरेको आरोपमा पक्राउ परेका ११ जना भने धरौटीमा छुटिसकेका छन् ।

    गैरकलाकारलाई कलाकार बनाउँदै उतै छाड्ने योजनासहित १३ जनालाई मेक्सिको लैजाने तयारी गरेको भन्दै गत असोजमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा उजुरी परेको थियो । उजुरीको प्रारम्भिक छानबिनपछि प्रशासन कार्यालयबाट निवेदन जिल्ला प्रहरी कार्यालय हुँदै प्रहरी प्रधान कार्यालयमा आइपुगेको थियो ।

    निवेदकले प्रतिव्यक्ति ३० लाख रुपैयाँ लिएर मेक्सिकोमै छाड्ने योजनाअनुसार गैर कलाकारलाई कलाकार बनाएर लैजाने योजना बनाएको दाबी गरेका थिए । घटनाको गम्भीरताका आधारमा प्रधान कार्यालयले गत कात्तिकमा निवेदन ब्युरोमा पठाएपछि ब्युरोले पासाङसहित केही कलाकारलाई बोलाएर सोधपुछ गरेको थियो । स्रोतका अनुसार पासाङसँगै विज्ञानमन्त्री शिवलाल थापा र सभासद गंगा चौधरीसमेत जाने तयारी थियो । यी दुवै काम विशेषले जान नपाएपछि गत चैत पहिलो साता १५ जना मेक्सिको उडे । फर्कंदा पासाङ र डन्डुमात्रै फर्किए । उजुरीकर्ता केशव लामा र छिरिङ लामाले पासाङ र डन्डुले मेक्सिको लगेबापत प्रतिब्यक्ति ३० लाख रुपैयाँ असुलेको दाबी गरे । ‘मेक्सिको हुँदै अमेरिका पुगेका सबै गैरकलाकार हुन्,’ केशवले कान्तिपुरसँग भने, ‘उनीहरूले उतै छाड्ने भन्दै पैसा उठाएको खुलेपछि प्रहरीमा समयमै निवेदन दिएका थियौं, तर हाम्रो कुरा नपत्याउँदा सबै भाग्न सफल भए ।’

    उजुरीकर्ताको दाबीअनुसार जिल्ला प्रशासन हुँदै निवेदन ब्युरोमा आएपछि पासाङले प्रहरीलाई मिलाउनुपर्‍यो भन्दै प्रतिव्यक्ति थप ३ देखि ६ लाख उठाएका थिए । ‘प्रहरीमा पुगेको निवेदन देखाउँदै उनीहरूले २ जनासँग ६ लाख लिए, ११ जनासँग ३ लाख लिए,’ उजुरीकर्ता छिरिङले दाबी गरे । ब्युरोमा प्रारम्भिक सोधपुछमा सबै फर्किने दाबी गरे पनि १३ जना भागेर अमेरिका पुगेको पुष्टि भएपछि ब्युरोले साउन २६ गते पासाङलाई बोलाएर सोधपुछ गरेको थियो । डन्डुले भने कार्यक्रम सकिनु दुई दिनअघि पासाङसँग आफू नेपाल फर्किएको बताए । ‘हामी नेपाल आयौं । उनीहरू भागेछन् । १३ जना नै व्यक्तिगत रूपमा मेक्सिको गएका हुन् । म पनि पासाङले भनेर अनुवादक बनेर गएको हुँ । मेरो खर्चचाहिँ पासाङले हालिदिएका हुन्,’ उनले भने । पासाङले सबै जना आ–आफ्नो
    निमन्त्रणामा व्यक्तिगत खर्चमा गएको दाबी गर्दै कसैसँग पैसा नलिएको दाबी गरे । मेक्सिको गएका सबै अहिले अमेरिकामा रहेका र उनीहरू कसरी त्यहाँ पुगे भन्नेबारे केही थाहा नभएको उनले दाबी गरे । ‘म आफ्नै खर्चमा गएको हुँ, डन्डु पनि आफ्नै खर्चमा गएको हो,’ उनले भने, ‘पैसा उठायो भन्नु बद्नाम गराउने प्रयासमात्र हो ।’

    ‘पासाङ र कलाकारलाई सोध्दा संस्कृति आदानप्रदानका लागि जान लागेको हो, सबै फर्कन्छौं भनेका थिए,’ डीआईजी सिलवालले भने, ‘तर फर्कंदा उनीहरू मात्रै आएपछि अहिले थाहै नदिई भागे भनेकाले अनुसन्धान अगाडि बढाएका छौं ।’

    मन्त्री–सभासदको भ्रमण पनि शंकामा

    ब्युरो स्रोतका अनुसार अनुसन्धान क्रममा अवैध मानव ओसारपसारमा सक्रिय समूहले अन्य सभासद र केही मन्त्रीको विदेश भ्रमणलाई प्रयोग गर्दै मानव ओसारपसार गरेको सूचना आएको छ ।

    पैसा लिएर नक्कली पीए बनाउँदै ८ जनालाई स्पेन लैजाने प्रयास गरेको घटनामा तानिएका माओवादी केन्द्रका सभासद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना तमारू खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीको संलग्नताबारे ब्युरोले अनुसन्धान गरिरहेको छ । प्रहरीले सभासदका सहयोगी रोहित भन्ने दिनेश खड्कालाई पक्राउ गरेर हिरासतमा राखेको छ भने सभासदलाई पक्राउ नगरी बयान मात्र लिइरहेको छ ।

    सभासद रामहरि खतिवडाले संसद्मै तत्कालीन वातावरणमन्त्री विश्वेन्द्र पासवान पेरिसमा भएको जलवायु सम्मेलनमा जाँदा १५ जना असम्बन्धित व्यक्तिसँग प्रतिव्यक्ति १७ लाख लिएर पोर्चुगल र स्पेनमा छाडेर आएको दाबी गर्दै त्यसबारे जानकारी माग गरेका थिए ।

    पीडितकै सहमतिमा यस्ता घटना हुने भएकाले पीडितका अभावमा अनुसन्धान प्रभावहीन हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । कानुनले मानव ओसारपसारको अनुसन्धानमा पीडितपक्ष खोज्ने तर पीडित भनिएका नै घटनामा संलग्न हुँदा बदमासी गर्नेविरुद्ध प्रमाण कमजोर हुने ती प्रहरी अधिकारीको तर्क छ ।

    ‘सूचना आए पनि पीडित पक्ष प्रहरीको सम्पर्कमा नआउँदा पुष्टि हुनेगरी अनुसन्धान गर्नु चुनौतीपूर्ण देखिएको छ,’ डीआईजी सिलवालले भने ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.