×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

कर्मचारी हत्याका अभियुक्तलाई जनही ३४ बर्ष जेल

  •  
  • शुक्रबार, भदौ ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – शिव पुरी, भरतपुर

    भाद्र २, २०७३- डेढ बर्षअघि चितवन निकुञ्जका कर्मचारी शेषचन्द्र चौधरीको हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जनही ३४ वर्ष कैद फैसला गरेको छ । उनीहरु पुर्पक्षका लागी कारागारमा थिए । नियमित काम शिलशिलामा माडी हुँदै ठोरी गइरहेका बेला ती व्यक्तिले चौधरीको निकुञ्ज भित्र गोली हानी हत्या गरेका थिए ।

    न्यायाधीश बासुदेव पौडेलको इजलासले माडी अयोध्यापुरी स्थित बाँदरझुला ९ का जीवन प्रजा, गिराज प्रजा र मानबहादुर प्रजालाई बुधवार उक्त सजाय सुनाएको जिल्ला अदालतका सूचना अधिकारी कृष्ण बरालले बताए । ‘चौधरीको हत्याको अभियोग लागेका तीनैजना माथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डांका र अवैध हतियार ओसारपसार अन्तर्गत मुद्दा चलेको थियो,’ उनले भने । रत्ननगर १ सौराहाचोक घर भएका चौधरी निकुञ्जका सिनियर गेम स्काउट थिए । निकुञ्ज भित्र हुने चोरी शिकारीको सूचना र नियन्त्रणमा उनि अब्बल थिए ।

    ‘हामीले होनाहार कर्मचरी गुमायौं,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने, ‘तस्करको आक्रमणमा परी उनको ज्यान गयो ।’०७१ असोज ९ गते ठोरीस्थित दीपानगर पोष्ट जाने क्रममा गौंडा कुरेर बसेको समुहले देउराली भन्ने स्थानमा उनिमाथि भरुवा बन्दुकले प्रहार गरेका थिए । गोली लागि उनको घटनास्थलमै ज्यान गएको थियो । उनीसंगै मोटरसाईकलमा सबार माडीका त्रिलोक चौधरी गम्भिर घाईते भएका थिए ।

    गोली प्रहार पछि दुबै माथि धारिलो हतियार प्रयोग भएको थियो । घट्नापछि फरार उनीहरुलाई ०७१ कार्तिक १ गते बाँदरझुलाबाट पक्राउ गरिएको थियो । घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) को टोली खटेको थियो । टोलीले पक्राउ गरेकालाई लामो अनुसन्धानपछि अदालत पेश गरिएको थियो । त्यस बेला उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाईएको थियो । घट्नापछि प्रहरीले संलग्न आरोपमा त्यस बेला ६ जना पक्राउ गरेको थियो । ३ जनालाई आरोप प्रमाणित नभएको भन्दै अदालतले सफाई दिएको बरालले जनाए ।

    कर्तव्य ज्यान मुद्दामा २० वर्ष, ज्यान मार्ने उद्योग अन्तर्गत जनही ५ वर्ष कैद, डांका मुद्दामा ६ वर्ष कैद र अवैध हतियार अन्तर्गत ३ वर्ष कैद गरी प्रत्येकलाई कुल ३४ वर्ष कैद सजाय भएको बरालले जनाए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.