×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

नेविसंघको अध्यक्षमा नैनसिंह महर विजयी

  •  
  • बिहिबार, भदौ ०२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नयनसिंह महर नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को अध्यक्षमा निर्वाचित भएपछि बधाई दिदै निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्य ।तस्बिरः रासस

    को हुन् नेविसंघ अध्यक्षमा निर्वाचित महर?

    काठमाडौंः नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महर विजयी भएका छन्।

    महर बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अध्यक्षका प्रत्याशी मनोनमणि आचार्यलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्।

    अध्यक्षमा निर्वाचित महरले १४३५ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी आचार्यले १३१६ मत पाए।

    यस्तै महरकै प्यानलबाट महामन्त्रीद्वयमा सरोज थापा र कुन्दन काफ्ले विजयी भएका छन्।

    यसैगरी प्रदेश नम्बर १ बाट उपाध्यक्षमा विकास केस, प्रदेश नम्बर २ बाट सञ्जय यादव र प्रदेश नम्बर ४ बाट डिल्लीराम सुवेदी निर्वाचित भए।

    सहमहामन्त्रीमा महिला कोटाबाट साधना घिमिरे र उपत्यकाबाट प्रेम जोशी निर्वाचित भएका छन्। निर्वाचनको मतपरिणाम भने अाैपचारिकरुपमा अझै सार्वजनिक गरिएको छैन। 

    को हुन् नेविसंघ अध्यक्षमा निर्वाचित नैनसिंह महर?

    अध्यक्षमा निर्वाचित महर कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको भागेश्वर गाविस–९ मा जन्मिएका हुन्। सुदूरपश्चिमको विकट क्षेत्रमा जन्मिएका महर वि.स. २०४६ सालबाटै नेविसंघको राजनीतिमा होमिएका हुन्।

    कक्षा ८ मा पढ्दादेखि नै नेविसंघको राजनीतिमा होमिएका महर नेविसंघको इकाई सचिव, इकाई अध्यक्ष हुँदै २०५५ सालमा डडेलधुरा जिल्ला अध्यक्ष हुँदै नेविसंघको २०५७ सालमा भएको अधिवेशनबाट केन्द्रीय सस्दयमा निर्वाचित भएका थिए।

    पार्टी एकीकरण भएपछि महर २०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष समेत बनेका हुन्। महर प्रदिप पौडेल नेविसंघको अध्यक्ष हुँदा उक्त कार्यसमितिमा उपाध्यक्ष थिए।

    नेविसंघको अध्यक्षमा निर्वाचित भएका महर राजनीतिमा लाग्नु अघि पत्रकारितामा सक्रिय थिए। उनी नेपाल पत्रकार महासंघ डडेलधुराका संस्थापक सभापति पनि हुन्।

    महरले त्रिभुवन विश्वविद्यालयबाट एमए र नेपाल ल क्याम्सपसबाट एलएलबी समेत गरेका छन्।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ ०२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.