×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

विद्यालय नाममात्र शान्तिक्षेत्र

  •  
  • बुधबार, भदौ ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर

    भाद्र १, २०७३- शिक्षा मन्त्रालयले विद्यालय शान्तिक्षेत्र घोषणा गरेको पाँच वर्ष भयो । २०६८ जेठ ११ गते भएको उक्त घोषणापत्रमा कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेस केन्दि्रतलगायत दलका प्रमुखले हस्ताक्षर गरेका थिए । तर तिनै दलका विद्यार्थी संगठन, शिक्षक संघ/संगठन, मजदुर संगठन र शिक्षक महासंघले समेत शैक्षिक हडताल गरेर त्यो प्रतिबद्धता तोडे । आफ्ना भ्रातृ संस्थाका गतिविधिप्रति घोषणापत्रमा हस्ताक्षर गर्ने माउ पार्टीहरूले मौनता साधे ।

    चालू शैक्षिक सत्र २०७३ सुरु भएयता गत असारमा एक दिन र साउनमा लगातार २ दिन स्कुल बन्द गरिए । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीनिकट अखिल -क्रान्तिकारी) ले शिक्षण संस्थाहरू बन्द गराएको हो । तर, अधिकांश विद्यालय सञ्चालकले बन्दकर्ता को र किन भन्ने नबुझेरै बन्द गराए ।
    ‘हामीले पटक-पटक विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका कार्यान्वयनमा ल्याउन मन्त्रालय र विभागका अधिकारीलाई भन्दै आएका छौं,’ अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले भने, ‘लागू गर्न नसके हामीलाई जिम्मा देऊ, मानव अधिकार आयोगलाई गुहारेर भए पनि कार्यान्वयन गराउँछौं भन्यौं । तर, मौनता साधेपछि बालबालिकाको शैक्षिक भविष्यमाथि जो पायो त्यसले खेलबाड गर्ने काम भएको छ ।’

    शिक्षाविद् विद्यानाथ कोइराला विद्यार्थी संगठनले आफ्ना माग र कार्यक्रमका लागि विद्यालय बन्द गर्नुलाई ठाडै बदमासी हो भन्छन् । ‘असन्तुष्टि पोख्ने मन्त्रालयसित हो । मन्त्रालयले संवादको औपचारिक निम्तो गरेकै बुझिन्छ । जबर्जस्ती स्कुल शिक्षालय बन्द गराउँदा उनीहरूका आफ्नै छोराछोरीको समेत भविष्य अन्योलमा पर्न सक्छ,’ कोइरालाले भने । केही समययता ठूला दल र तिनका भ्रातृ संगठनले आमहडताल तथा शैक्षिक हडताल गर्न छाड्नुलाई सकारात्मक रूपमा लिएको कोइराला उल्लेख गर्छन् । ‘ठूला दलले हडताल गर्न छाडे, विप्लवले मात्र किन गर्ने ?’ सवाल तेस्र्याउँदै उनले भने, ‘शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवालालाई आफ्ना राजनीतिक मुद्दाबारे सविस्तार बताउन चुक्दा देश अझ बर्बादीतिर धकेलिन्छ ।’

    राजनीतिक अस्थिरतासँगै मुलुकमा हुने बन्द, हडतालका कारण आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गर्न अभिभावकले छिमेकी मुलुक भारतमा पढ्न पठाउने क्रम बढेको छ । भारतमा विद्यालय तहमा पढ्न लगिएका विद्यार्थी एक लाखभन्दा बढी रहेको अनुमान छ । यसपटक महिना दिनअघि आइडल मोडल स्कुलको विद्यार्थी रहेकै बसमा एक्कासि पेट्रोल छर्केर आगजनी गरेपछि अभिभावकमा त्रास पैदा गरेको छ । त्यो घटनाको जिम्मेवारी नलिए पनि विप्लवनिकट क्रान्तिकारीले विभिन्न विश्वविद्यालय, क्याम्पस, निजी कलेज, उच्च मावि र निजी विद्यालयमा आकस्मिक रूपमा प्रवेश गरी धाकधम्की दिएर मनोवैज्ञानिक रूपमा अराजक वातावरण सिर्जना गरेको त्यसका सञ्चालकहरूको भनाइ छ ।

    विप्लवनिकट क्रान्तिकारीले गरेको शैक्षिक हडतालप्रति ठूला विद्यार्थी संगठनले गम्भीर गल्तीका रूपमा लिएको प्रतिक्रिया दिएका छन् । कांग्रेसनिकट नेविसंघ, एमालेनिकट अनेरास्ववियु र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले विद्यार्थीलाई निषेध गरेर कुनै पनि शैक्षिक माग पूरा हुन नसक्ने जनाएका छन् । विद्यालय क्षेत्र शान्तिक्षेत्र भनेर हस्ताक्षर गरिएको हुँदा अब शैक्षिक हडताल कुनै हालतमा गरिनु हुन्न भन्ने उनीहरूको भनाइ छ ।

    शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले क्रान्तिकारीको मागलाई लिएर वार्ता खुला राखेको बताए । ‘अहिलेको ऐन, कानुनमा भएको व्यवस्थाअन्तर्गत जेजसरी मागलाई सम्बोधन र सुधार गर्न सकिन्छ त्यो गरौं भनेकै छौं,’ उनले भने, ‘कानुनै परिवर्तन गर्नका निम्ति चाहिँ शिक्षामन्त्री नियुक्त भएपछि मात्र हुन सक्छ ।’ विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका कार्यान्वयनका निम्ति मन्त्रालयले पहल गर्दै आएको प्रवक्ता लम्सालले जनाए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.