×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

यसकारण भीरबाट खस्यो बस

  •  
  • मङ्गलबार, साउन ३२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    श्रावण ३२, २०७३- अत्यधिक यात्रु चढाइएको बस बिर्तादेउरालीस्थित कच्चीबाटोमा भार थेग्न नसकी पछिल्तिर चिप्लिएर भीरबाट खस्दा २५ जनाको ज्यान गएको छ । घाइते ३९ जनाको उपचार जारी छ भने बस खस्दै गर्दा हामफालेर ज्यान जोगाएकाहरू घर फर्किएका छन् । ३५ सिट क्षमताको बसमा करिब ९० यात्रु थिए भने ठूलो मात्रामा खाद्यान्न पनि राखिएको थियो ।

    काठमाडौंबाट दोलालघाटको मादनकुँडारीतर्फ जाँदै गरेको बा३ख १०६ नम्बरको बस बिर्तादेउरालीस्थित खहरेखोलामा खसेको हो । एसपी राजेशनाथ बाँस्तोलाका अनुसार अरनिको यातायात अन्तर्गत कोसीपारि सेवाको उक्त बसमा क्षमताभन्दा तेब्बर यात्रु थिए । ‘अत्यधिक भारका कारण बस दुर्घटना भएको देखिन्छ,’ उनले भने, ‘कच्ची बाटोमा भारका कारण चिप्लिएर भीरबाट खसेको छ ।

    कात्तिकेदेउरालीका १३ र मादनकुँडारीका ८ जनाको मुत्यु भएको थियो । मृतक अन्य छिमेकी गाविसका थिए । दुर्घटनास्थलमा घाइते र मृतक छरिएर रहेका थिए । प्रहरीको उद्धार टोली करिब डेढ घण्टापछि मात्र पुगेको थियो । काठमाडौंबाट बिहान सात बजे हिँडेको बस सवा १२ बजे दुर्घटनामा परेको थियो । घाइते ३९ मध्ये २६ जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं र अन्यलाई एम्बुलेन्सबाट काभ्रे अस्पताल लगिएको छ । उनीहरूको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    घाइते र शव भीरमा छरिएकाले उद्धार गर्न कठिनाइ भएको एसपी बाँस्तोलाले बताए । धुलिखेलबाट ५० किमि टाढा पर्ने खहरेखोलामा सडकबाट डेढ सय मिटर तल खसेको थियो । घटनापछि प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी, जिल्ला प्रहरी प्रमुख बाँस्तोला घटनास्थल पुगेका थिए ।

    घाम लागेको भन्दै चालकले भेटेजति यात्रु चढाउँदै हिँडेका थिए । यो सडक खण्डमा अरनिको यातायात अन्तर्गत कोसीपारि यातायातको सिन्डिकेटका गाडी चल्छन् । हरेक दिन २४ गाडी चल्ने यस खण्डमा हाल १२ वटा मात्रै सञ्चालनमा छन् । थोरै बस चलेका कारण यात्रु खचाखच हुन्छन् ।

    ३५ सिट क्षमताको उक्त बसमा करिब ९० जना यात्रुका साथै ठूलो मात्रामा खाद्यान्न राखिएको थियो । बसभित्र र छतमा यात्रु खचाखच थिए । खहरेखोलाको उकालो चढ्न लाग्दा बसको इन्जिन बन्द भई पछाडि गुडेर बस अन्यन्त्रित भई भीरबाट तल खसेको थियो । रातोमाटो भएको सडकमा ठिक्क यात्रुसहित गुड्न गाह्रो पर्ने अवस्थामा बढी भार भएपछि दुर्घटना भएको हो ।

    बस दुर्घटनापछि चालक अर्जुन गौतम र सहचालक फरार छन् । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ घाइते यात्रुका अनुसार बसमा दोलालघाटमै समस्या देखिएको थियो । धकेलेर स्टार्ट गरी लगिएको थियो ।

    बिर्तादेउराली ४ का घाइते दलमान तामाङले आफू ढोकामा उभिएका कारण बाँच्न सफल भएको बताए । ‘भित्र खुट्टा टेक्ने ठाउँ थिएन, सिट नपाएपछि ढोकामा झुन्डिएको थिएँ,’ उनले भने, ‘म हामफालेपछि बस हेर्दाहेर्दै भीरबाट खस्यो । यात्रु चिच्याउँदै थिए ।’ उनले आफूले सिट नपाउनु नै भाग्य भएको बताए । ‘ढोकामा उभिएकाले म बाँचें,’ उनले काँप्दै भने ।

    उनका अनुसार छतबाट हामफाल्नेहरू बाँच्न सफल भएका थिए । अधिकांश मृत्यु हुनेहरूमा भूकम्पपीडित आवास अनुदान सम्झौता गर्न आफ्नो घर फर्कंदै थिए । उनीहरू काठमाडौंमा काम गरेर बस्दै आएका थिए ।

    मृतकहरू :
    इन्द्रकुमारी लामा, सीता बर्देवा, मुनामाया परियार, उमेश बाँस्कोटा
    विष्णु बाँस्कोटा, पन्जा तामाङ, कृष्ण दमाई परियार, सानुमाया तामाङ, छविलाल चौलागाईं, नीलकण्ठ गौतम, औलादसिंह तामाङ, माइली तामाङ, रेशम विक, पर्श‘राम गौतम, गोविन्दप्रसाद गौतम, सीता गिरी, ठूलीकान्छी सुनार, विनोद गौतम, कृष्णहरि बर्देवा, राकेशबहादुर पाण्डे, लीलानाथ गौतम, सुष्मा लामा र सनाखत नभएका २ जना ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन ३२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.