×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

अख्तियार प्रमुखमाथि महाभियोग लगाऊ: डा. केसी

  •  
  • मङ्गलबार, साउन ३२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    श्रावण ३१, २०७३- चिकित्सा शिक्षा प्रणाली सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले आफ्ना माग सम्बोधन गर्न सांसदहरुलाई आग्रह गरेका छन् ।  सांसदहरुसँगको अन्तरक्रियाका क्रममा सोमबार उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहितका विवादास्पद पदाधिकारीमाथि महाभियोग लगाउने प्रक्रिया अघि बढाउन आग्रह गरे ।

    ‘म मेडिकल शिक्षा सुधारका लागि बारम्बार लडिरहेको छु, तर अख्तियारका केही पदाधिकारीले बारम्बार त्यसलाई विथोलिरहेको प्रमाण फेला परेका छन्’ केसीले सांसदहरुलाई भने, ‘मैले केही समयका लागि आन्दोलनको ढाचा बदलेको छु, मेरो माग सुनुवाई नभए म फेरी सत्याग्रह शुरु गर्नेछु ।’
    केसीले प्रमुख आयुक्त कार्की र आयुक्त राजनारायण पाठकले आयोगका क्षेत्राधिकार बाहिर गएर गरेका क्रियाकलापका फेहरिस्त आफूले प्रस्तुत गरेको उल्लेख गर्दै उनीहरूमाथि महाभियोग लगाउनुपर्ने आफ्नो मागमा  गम्भीर हुन सांसदहरुको ध्यानाकर्षण गराए । पदिय दायित्व भुलेर पारिवारिक व्यवसायको हित हुने काम गरेको र अन्य स्वार्थका क्रियाकलापमा पनि संलग्न रहेको भेटिएको भन्दै केसीले एमबीबीएसको अधिकतम शुल्क सिमापनि अख्तियारको हस्तक्षेपका कारण प्रभावहिन भएको आरोप लगाए ।

    जनमतबाट निर्वाचित सांसदले जनताले अघि सारेका माग सम्बोधन गर्नुपर्छ भन्दै केसीले आफूले अघि सारेका माग कुनै पूवाग्रहबाट प्रेरित नभएको बताए ।

    अन्तक्रिर्या कार्यक्रमको आयोजक सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलायन्सले करिव ५ सय ९० सांसदलाई फोन गरेर सहभागिताको लागि आग्रह गरेको जनाएको छ । त्यसक्रममा १ सय ३५ सांसदले कार्यक्रममा सहभागी हुने प्रतिवद्धता जनाएका थिए । तर कार्यक्रममा भने १२  सांसदमात्रै उपस्थित थिए ।

    सांसदहरुले केसीले अघि सारेका मागमा समर्थन गर्ने प्रतिवद्धता जनाए । तर महाभियोगका लागि कुल सांसद संख्याको एक चौथाई संख्या आवश्यक पर्ने र त्यो आफ्नो अनुकुलतामा नभएको भन्दै बाध्यता बुझिदिन आग्रह गरे ।

    सांसद गगन थापाले महाभियोगको माग सम्बन्धमा संसदमा छलफल गराउन आफूहरूले जरुरी सार्वजनिक महत्वको प्रस्ताव राखेको उल्लेख गर्दै सभामुखलाई आग्रह गरेर त्यसलाई संसदमा प्रवेश गराउने प्रतिबद्धता जनाए ।  ‘यो प्रस्तावमा अरु सांसदहरुले पनि आफ्ना धारणा राख्न र आवश्यक परे महाभियोगको सामूहिक निर्णयमा पुग्न सहयोग गर्नेछ’ थापाले भने, ‘मेरो प्रस्तावले महाभियोगको मागलाई बाधा गर्नेछैन ।’

    सांसदहरु अइन्द्र सुन्दर नेम्वाङ, सुरेन्द्र चौधरी, लाल राजवंशीलगायतले केसीलाई आफ्ना मागबारे निरन्तर खबरदारी गर्न सुझाव दिए । कतिपयले भने थापाको प्रस्तावका कारण महाभियोगको माग ओझेलमा परेको धारणा राखेका थिए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन ३२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.