कैलासबावु श्रेष्ठ/गोरखा
श्रावण ३१ गते । काभ्रेको आज दिउसो बस दुरघटना हुदा मर्नेको सख्या २४ पुगेको छ । मृत्तकको सख्या बढन सक्ने अनुमान गरीएको छ ।
काठमाण्डौ देखी दोलालघाटको मदानकुदारी लागि छुटेको बा ३ ख १०६ नम्बरको बिर्ता देउराली गाउँ बिकास समिति ९ को खहरेमा सडक बाट १ सय ५० मिटर तल खसेकोे जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
यसै बिच बस दुरघटनामा परी ३५ जना अन्य सर्व साधारण घाइते भएका छन । उनीहरुको थप उपचारको लागि अस्पताल लाने काम भै रहेको छ ।
धुलिखेल देखी ५० किलो मिटर दुरीमा रहेको उक्त स्थानमा ठुलै मानबिय क्षेति भएको अनुमान गर्दै प्रजिअ बालकृण्ण पन्थी, प्रहरी प्रमुख राजेशनाथ बास्तोला घटना स्थलमा पुगी सकेका छन ।
घटनाको विस्तृत विवरण भने आउन बाँकी नै छ ।

फोटोहरु विभिन्न साथीहरुको फेसबुकबाट



