×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

माओवादीका ५ मन्त्रीः नामका धनिराम, कामका हरिप !

  •  
  • आइतबार, साउन ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कानूनमन्त्रीको थर ‘नायक’ भूमिका ‘खलनायक’

    ३० साउन, काठमाडौं । माओवादी केन्द्रले प्रचण्ड नेतृत्वको सरकारमा पाँचजना मन्त्रीहरु थप गरेको छ । थपिएका पाँच मन्त्रीमध्ये केही वौद्धिक एवं सादगी पृष्ठभूमिका छन् भने कोही चाँहिँ रिसाहा र कोही ‘डन’को जस्तै स्वाभावका छन् । नवनियुक्त पाँच मन्त्रीहरुको संक्षिप्त प्रोफाइल यस्तो छः

    राम कार्कीः राजदूतमा सिफारिसदेखि सञ्चारमन्त्रीसम्म

    सूचना तथा सञ्चारमन्त्री राम कार्की माओवादीका वौद्धिक नेता मानिन्छन् । उनको नागरिकताको नाम सुरेन्द्र कार्की हो । राम कार्की र पार्थ क्षेत्री उनका थप नामहरु हुन् ।

    कार्की वामपन्थी राजनीतिमा रहेका बौद्धिक नेताहरुमा पर्छन् । संसदमा कांग्रेसका दार्शनिक नेता प्रदीप गिरी र माओवादीका राम कार्कीको बेलाबेलामा जुहारी निकै रोचक हुने गर्छ । उनीहरुका कतिपय स्वभाव पनि मिल्छन् । मन्त्रीकारुपमा कार्कीको यो पहिलो अनुभव हो ।

    Ram-Karkiयसअघि माओवादी दुईपटक सरकारमा रहेका बेला कार्की भारत र फ्रान्सका लागि राजदूतमा सिफारिस भए । तर, दुवै देशले एग्रिमो नपठाएका कारण राजदूत हुन नपाएको तीतो अनुभव छ उनीसँग ।

    मसालबाट माओवादी राजनीतिमा लागेका कार्की माओवादी आन्दोलनमा जोडिएपछि लामो समय बाबुराम भट्टराईको बिचार समूहका विचारक बने । तर, बाबुरामले पार्टी छाडेर नयाँ शक्ति खोल्दा भने उनले साथ दिएनन् ।

    कार्की ०२८ सालदेखि राजनीतिमा लागेका हुन् । शिक्षण र पत्रकारितामा पनि उनको अनुभव छ । पत्रकारहरुसँग राम्रो सम्बन्ध रहेका कारण कार्कीको सञ्चार मन्त्रालयको जिम्मेवारी उनको रुची र क्षमता अनुरुप हुन सक्ने देखिन्छ ।

    पहिलो संविधानसभा निर्वाचनमा ताप्लेजुङ क्षेत्र नम्बर १ बाट तत्कालीन नेकपा माओवादीको उम्मेदवार बनेका सुरेन्द्र कार्कीको हुन् भनेर धेरै समयसम्म कौतुहल बनेको थियो । किनभने उनलाई धेरैले राम कार्कीका नामले चिन्थे । पहिलो संविधानसभामा माओवादीका प्रभावशाली केन्द्रीय नेताहरु जो जो चुनाव लडे, प्रायः सबैले आ-आफ्नो क्षेत्रबाट जितेका थिए । राम कार्की चाहिँ खोइ त ? यो प्रश्न उठेपछि खोजी हुँदा थाहा भयो-ताप्लेजुङ १ बाट पराजित हुने माओवादी उम्मेदवार सुरेन्द्र कार्की नै रहेछन् राम कार्की उर्फ पार्थ क्षेत्री ।

    नागरिकताको नाम सुरेन्द्र कार्की भए पनि उनी आमरुपमा राम कार्कीकै नाममा चिनिन्छन् । माओवादी राजनीतिमा भने उनी पार्थ क्षेत्रीका रुपमा बढी परिचित छन् । पार्थ क्षेत्री उनको साहित्यिक नाम पनि हो ।

    जन्म ओखलढुंगाको माम्खामा भए पनि उनले कर्मथलो सिन्धुली बनाए । ‘चरीको कहाँ छ र घर, दिन काट्छु डालीमा बसेर’ भनेजस्तै राम कार्कीको जिन्दगीमा पनि स्थायी बसोबास रहेन ।

    बिहे सिक्किम प्रशासनकी उच्च सरकारी अधिकारी सेराप सेंगासँग भएका कारण उनको बसोबास जनयुद्धकालमा सिक्किमततिर पनि भयो । पहिलो संविधानसभा निर्वाचनमा ताप्लेजुङबाट पराजित भएका कार्की दोस्रो चुनावमा भने प्रत्यक्ष उम्मेदवार बनेनन् । बरु उनी ओखलढुंगा आफ्नो जन्म जिल्लाबाटै समानुपातिक सांसद बने ।

    कार्कीले सांसद विकास कोषको पैसा पनि ओखलढुंगाको क्षेत्र नम्बर २ मै बढी लगानी गरेका छन् । एमाले महासचिव ईश्वर पोखरेल र राम कार्की एउटै गाउँका हुन् । पोखरेल खलक कार्की खलकका पुरोहित हुन् । तर ईश्वर र राम एउटै पार्टीमा भने कहिल्यै रहेनन् ।

    ईश्वरले धनुषा कार्यक्षेत्र बनाएर तत्कालीन मालेको राजनीति गरे भने राम कार्कीले सिन्धुली कार्यक्षेत्र बनाएर नेकपा मसालको राजनीति गरे । मसालमा प्रवेश गर्नुअघि कार्कीले रामराजाप्रसाद सिंहको जनवादी मोर्चामा काम गरेका थिए ।

    जनार्दन शर्मा प्रभाकरः झ्वाँक्की पूर्वडेपुटी !

    Pravakarरुकुमको मुसिकोटमा ०१९ साल बैसाख १२ गते जन्मेका जनार्दन शर्मा माओवादी जनसेनाका पूर्वडेपुटी कमाण्डर हुन् । ०३४ सालदेखि राजनीतिमा लागेका उनी रुकुम क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

    विगतमा पनि मन्त्रालयको अनुभव गरिसकेका शर्मा मन्त्री नियुक्त हुँदासम्म सार्वजनिक लेखा समितिका सभापति थिए । राजनीतिमा लाग्नुपूर्व उनी ५ वर्षसम्म निजामति कर्मचारी थिए ।

    शिक्षामा स्नातकसम्म अध्ययन गरेका शर्माका एक छोरा र एक छोरी छन् । माओवादी नेता शर्मा पहिलो संविधानसभामा पनि माओवादी सभासद थिए । यसवीचमा उनले शान्ति मन्त्रीको पनि अनुभव सम्हालिसकेका छन् ।

    झ्वाँकी स्वभावका शर्माको आफ्नै पार्टीका धेरै नेताहरुसँग व्यक्तिगत सम्बन्ध चिसो रहेको छ । विशेष गरी उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरासँग उनको राम्रो सम्बन्ध छैन । आफ्नो रिसाहा स्वाभावका कारण उनको आफ्नै पार्टीभित्र विशेष गरी राप्ति अञ्चलका अन्य नेताहरुसँग खटपट पर्ने गरेको छ ।

    हितराज पाण्डेः पूर्व हेडसर, कुशल व्यवस्थापक

    hitraj-pandeyगोरखाको गाईखुरमा २०११ साल असोज ४ गते जन्मेका हितराज पाण्डे माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक हुन् । ०३६ सालदेखि कम्युनिष्ट पार्टीमा लोगेका उनले काष्ठकार्य, अर्थशास्त्र र नेपालीमा बीएड/बीए अध्ययन गरेका छन् ।

    पाण्डे गोरखा २ का प्रत्यक्ष निर्वाचित सांसद हुन् । ०५२ सालमा माओवादीमा लागेर भूमिगत हुनुअघिसम्म उनी २२ वर्ष २ महिनासम्म शिक्षक पेशामा थिए । उनी तीनपटक जेल परेका छन् । उनका दुई छोरा र एक छोरी छन् ।

    जिल्लाबाट माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा खटिएपछि हितराजले आफ्नो पौरख राम्रैसित देखाए । विशेष गरी पार्टीभित्रको कार्यालय व्यवस्थापनमा हितराजको फरफरमेन्स राम्रो देखिएको थियो । उनको यो व्यवस्थापकीय क्षमता अब स्थानीय विकास मन्त्रालयमा कत्तिको प्रभावकारी हुन्छ, त्यो चाँहि हेर्न बाँकी छ ।

    धनिराम पौडेलः सोझा स्याङजाली !

    Dhaniram-Paudelस्याङजाको दरौंमा ०२३ सालमा सालमा जन्मेका धनिराम पौडेल शिक्षामन्त्री हुने चर्चा चले पनि अन्ततः विना विभागीय मन्त्री बनेका छन् । पार्टीभित्र उनी धनिरामले भन्दा पनि डीआर पौडेलका नामले चिनिन्छन् । उनी माओवादीका समानुपातिक सभासद हुन् ।

    नाम धनिराम भए पनि उनी सामान्य परिवारका एवं सोझा र इमान्दार नेता मान्निछन् । संसद सचिवालयमा भएको रेकर्डमा जनाइएअनुसार उनले २० वर्ष विद्यार्थी संगठनको केन्द्रीय समितिमा रहेर राजनीति गरेका छन् भने २० वर्ष पत्रकारिता गरेका छन् ।
    माओवादीकी महिला नेतृ गंगा बेल्बासेसँग विवाह गरेका धनिरामका दुई छोरी छन् ।

    धनिरामलाई शिक्षा मन्त्री बनाउने माओवादीको चाहना सपथ ग्रहण गर्न लागेका बेलामा रोकिएको छ । कांग्रेसले शिक्षा मन्त्रालय आफूले पाउनुपर्ने माग गरेपछि धनिरामलेे विना विभागीय मन्त्रीका रुपमा सपथ खाएका हुन् । उनले शिक्षा नपाए स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

    अजयशंकर नायकः गौरवपूर्ण विगत, धुमिल वर्तमान

    Ajaya-sankar-nayakकानूनमन्त्री अजय शंकर नायकको जन्म सिरहाको बडहरामाल ६ मा ०३४ साल भदौ ७ गते भएको हो । उनी सहिदका छोरा हुन् । उनका पिता रामशरण नायकलाई जनयुद्धकालमा सुरक्षाकर्मीले गोली हानेर हत्या गरेका थिए ।

    शैक्षिक योग्यता स्नातक उल्लेख गरिएको भए पनि उनले भारतमा अध्ययन गरेको जिल्लाबासी बताउँछन् । माओवादीमा लागेर ०५५ सालदेखि भूमिगत भएका नायकको पार्टी नाम अविनास हो । विवाहित नायकका दुई छोरा र एक छोरी छन् ।

    प्रधानमन्त्री प्रचण्डले कानून पढेका भोजपुराका प्रभु साहलाई रोकेर मिथिलाका नायकलाई कानूनमन्त्रीमा किन रोजे ? जानकारहरुका अनुसार यसका पछाडिको एउटा कारण हो नायक प्रचण्डकै चुनाव क्षेत्रका सिरहा ५ का नेता हुन् । आफ्नो चुनाव क्षेत्रका लागि प्रचण्डले काम नगरेको गुनासो आइरहेका बेला उनले त्यसलाई मथ्थर पार्न नायकलाई रोजेको बताइन्छ । साथै अजयशंकरलाई मन्त्री बनाइनुपर्ने माग गर्दै यसैसाता सिराहाबाट भोला यादव लगायतको टोलीले प्रचण्डसँग आग्रह गरेको थियो ।

    अजयशंकर नायकका पिता रामशरण सूर्यनाथ यादवका साथी एवं पुराना कम्युनिष्ट भएता पनि अजयको छवि चाँहि सिराहामा त्यति राम्रो छैन । उनका अघिपछि हिँड्ने करिब ७० प्रतिशत मानिसहरु खराब पृष्ठभूमिका रहेको स्थानीय जानकार बताउँछन् ।

    भुरन ठाकुरजस्ता व्यक्तिहरु उनको साथी रहेको र आर्थिक मामिलामा अजयशंकरको व्यवहार अपरादर्शी रहेको माओवादीकै नेताहरु बताउँछन् । जनयुद्धकालमा मात्रै होइन, शान्ति प्रक्रियामा आएपछि पनि नायकले जबरजस्ती चन्दा असुलेको आरोप लाग्ने गरेको थियो ।

    सिराहाका अर्का नेता विश्वनाथ साहसँग अजयशंकरको सम्बन्ध राम्रो छैन । त्यसैगरी माओवादी नेता मात्रिका यादवसँग पनि उनको सम्बन्ध राम्रो छैन । नायकका बारेमा स्रोतले अनलाइनखबरसँग भन्यो- ‘उनको पारिवारिक पृष्ठभूमि जति गौरवपूर्ण छ, उनको वर्तमानचाँहि निकै धुमिल छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.