×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

छात्रावासमा ‘भूत’ को आतंक

  •  
  • आइतबार, साउन ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    छात्रावासमा धामी हेराइँदै

    1. नवराज महतारा

    सिमकोट: सबैले मिलनसार दिदीका रूपमा चिन्ने हुम्ला जिल्लाको एक मात्रै महिला फिडर छात्रावासकी सिद्धा ऐडीको व्यवहार एक सातादेखि निकै फरक छ । अरूको काममा सहयोग गर्ने, छात्रावासका साना बहिनी र आफ्नै सहपाठीलाई पढाइ तथा अन्य काममा समेत सुझाव दिने ऐडीको बोली पनि निकै परिवर्तन भएको छ ।

    मिजासिला शब्द र सम्मानजनक भाषा प्रयोग गर्ने कक्षा दसमा अध्ययनरत सिद्धाले एक सातायता अश्लील शब्द प्रयोग गर्न थालेकी छन् । आफ्नो शरीरका बारेमा थाहा नपाएको बताउने सिद्धाले जहिले पनि आफूलाई कुटेर मारेको भन्दै नजिक आउने सबैलाई हकार्ने र निकै अश्लील शब्द प्रहार गर्ने गर्छिन् । घरि आफैं जमिनमा लम्पसार पर्ने त घरि अर्की महिला (भूत) आएर आफूलाई हिर्काउन थालेको भन्दै सिमकोट बजारै थर्कोउने गरी रुन्छिन् ।

    सिद्धा बसेकै छात्रावासकी पुष्पा रावतको अवस्था पनि फरक छैन । एकैछिन सामान्य अवस्थाकी पुष्पा आफूलाई लिन ऊः पर आई भन्दै होस गुमाउँछिन् । अनुहार छेकेका दुईजना अधबैंसे महिलाले (भूत) आफ्नो घर जाऊँ भनी हैरान पार्दै आफू नजिक आएको बताउने उनी अधिकांश समय रोएर बस्छिन् ।

    छिनभरमै सामान्य अवस्थामा आएको बेला आफूलाई थाहा नभएको बताउने पुष्पा अनुहार छोपेकी महिलाले आफूलाई छोएपछि होसै नहुने बताउँछिन् । आफूलाई होस नभएको बेला के गरियो भन्ने उनी आफैंलाई थाहा हुँदैन ।

    मानसरोवर उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत बास्मती फडेराको दैनिकी पुष्पा र सिद्धाको भन्दा अझ हृदयविदारक छ । निकै कम बोल्ने स्वभावकी बास्मतीको अधिकांश समय गएको एक सातादेखि रुँदै बितेको छ ।

    छात्रावासको दक्षिणतर्फबाट दुई महिला (भूत) आएर आफ्नो शरीरमा छोएपछि एकनास रुन मात्रै मन लागेको बताउने उनी सामान्य अवस्थामा आउँदा आफूलाई डरले कहिले त्यो छात्रावास छोडेर घर जाऊँजस्तो लागेको सुनाउँछिन् ।

    छात्रावासमा भएका २० जना छात्रालाई खाना पकाउने भान्से विमला रावतको अवस्था पनि उस्तै छ । बाहिर घर भएकी भुतिनी आफ्नो सिमकोटमा आएर आफैंलाई हिर्काउन थालेको भन्दै कराउने विमलाले शनिबारदेखि खाना पकाउनु त परको कुरा, २ वर्षको छोरालाई दूध चुसाउन सकेकी छैनन् । होस गुमाएको बेला मलाई मेरो श्रीमान्ले कुटेर मारेको भन्ने गरेकी उनी आफ्नो नाम गौगोरा रावत भएको बताउँछिन् ।

    झट्ट सुन्दा निकै नाटकीय जस्तो लाग्ने उक्त दैनिकी गएको एक सातादेखि सदरमुकाम सिमकोटकै मुटुमा रहेको जिल्लाको एक मात्रै महिला छात्रावासको हो । जिल्ला शिक्षा कार्यालयमार्फत नेपाल सरकारले सञ्चालन गरेको उक्त छात्रावासमा आ श्रय लिएर बसेका २० जना छात्रामध्ये भान्सेसहित ५ जनालाई फरकफरक ‘भूत’ लागेपछि छात्रावासको दैनिकी नै फेरिएको छ ।

    छात्रावास सुरु भएदेखि अहिलेसम्म त्यस्तो नभएको बताएको छात्रावास प्रशासन छात्राहरूको असामान्य व्यवहारदेखि निकै आजित भएको छ । गएको शनिबार सुरुमा बिरामी पर्नेबित्तिकै एक सय मिटरको दूरीमा रहेको जिल्ला अस्पतालमा लगेर उपचार गराउँदा केही सुधार नभएपछि छात्रावासकी वार्डेन कमला लामालाई निकै अचम्म लागेको छ ।

    एकैपटक पाँचजना छात्रालाई भूत लागेको पहिलोपटक भएको बताउँदै लामाले भनिन्, ‘उपचारका लागि जिल्ला अस्पताल लगेको त बिरामी देखेपछि अस्पतालका सिनियर अहेव हरिभक्त शाही उल्टै कामे । उनले काम्दै बिरामी छात्रालाई ५ वटा भूत लागेको पनि बताए ।’

    केही उपचार नगरी जिल्ला अस्पतालमा एकछिन निको भएका पाँचैजनालाई छात्रावास ल्याएको आधा घन्टापछि फेरि उस्तै भएपछि अस्पतालका अहेव काम्दै छात्रावास आएको वार्डेन लामाले बताइन् । बेलुका ७ बजे अहेव शाहीलाई धमेलो बसाएपछि (देवता हेराएपछि) सन्चो भएको थियो ।

    भूत धपाएपछि निको भएकी भनिएकी छात्रा आइतबार दस बजे पढ्न मानसरोवर उच्च माध्यमिक विद्यालय गएको बेला लाममै फेरि भूत लाग्यो भन्दै ढलेका थिए । विद्यालयमा समेत निकै रुवाबासी भएको र विद्यार्थी डराएको विद्यालयका शिक्षक राजबहादुर बुढाले बताए ।

    उनका अनुसार विद्यालयमा चारजना छात्रालाई एकैपटक भूत लागेपछि दिउँसो सिमकोट माथिल्लो गाउँ कालसिल्ताका धामी भएको ठाउँमा लगिएको थियो । त्यसपछि केही समय भूत भागेको भन्दै चारैजना छात्रा सामान्य अवस्थामा आएका थिए ।

    छात्रावास फर्कनासाथ ‘फेरि आयो’ भन्दै कराएर उनीहरू बेहोस भएका थिए । त्यस बेलादेखि अहिलेसम्म कसैलाई पनि सन्चो नभएको वार्डेन लामाले बताइन् । लगातार ४ दिनसम्म त्यस्तै भएपछि जिल्ला प्रशासन कार्यालयबाट सहायक प्रमुख जिल्ला अधिकारीको टोलीले समेत उनीहरूको अवस्था हेरेको थियो ।

    सुरुमा आफूले मास हिस्टेरिया भएको शंका गरेको तर पाँचैजना छात्राको अवस्था देख्दा निकै अचम्म लागेको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज न्यौपानेले बताए ।

    पाँचजना छात्रा मर्नु न बाँच्नुको अवस्थामा पुगेपछि छात्रावास प्रशासनले अहिलेसम्म पाँचजना धामीलाई देखाइसकेको छ । निकै हैरान भएकी वार्डेन लामाले छात्राका अभिभावकलाई बोलाएर घर पठाउन लागेकी छन् ।

    २० जना छात्रा सहित २५ जना बसोबास गरेको छात्रावासका ५ जना बिरामी परेपछि खाना न पानी भएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.