×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

नेविसंघ निर्वाचन ३२ गते (निर्वाचन कार्यतालिकासहित)

  •  
  • आइतबार, साउन ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर

    गोविन्द परियार
    काठमाडौंः एघारौं महाधिवेशन उद्घाटन भएको १० दिनपछि आगामी मंगलबार नेपाली कांग्रेसको विद्यार्थी भ्रातृसंस्था नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ । महाधिवेशन प्रतिनिधिका बारेमा रहँदै आएको लामो विवाद शनिबार राति साम्य भएपछि निर्वाचन समितिले प्रतिनिधिहरूको नामावली प्रकाशित गरेको छ । समितिले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

    महाधिवेशन प्रतिनिधिमा विवाद हुँदा बन्दसत्र न नभई निर्वाचन हुन लागेको हो । आगामी मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ७ देखि साँझ ७ बजेसम्म निर्वाचन हुने गरी कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिएका छन् ।

    समितिले तीन हजार सात सय ६० प्रतिनिधिको नामावली प्रकाशन गरेको हो । संघको ११ औं महाधिवेशनको गत आइतबार राजधानीको भृकुटीमण्डपमा पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । अधिवेशन हुन बाँकी रहेका विभिन्न ११ जिल्ला र केही क्याम्पसमा प्रतिनिधि छनोटमा देखिएको विवाद दुई दिनअघि भागबन्डाका आधारमा समाधान भएको थियो ।

    भागबन्डाअनुसार सभापति देउवा, नेता रामचन्द्र पाडेल र कृष्णप्रसाद सिटाला र महेन्द्र शर्मा पक्षले प्रतिनिधिहरूको नामावली पार्टीले गठन गरेको निर्देशक समितिलाई शनिबार बुझाएका छन् । निर्देशक समितिका सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले भने, ‘केही साथीहरूले प्रतिनिधिको नामावली ढिला दिँदा समस्या आएको थियो अब नामावली आइसकेकाले निर्वाचन प्रक्रिया अघि बढ्छ ।’

    यसैबीच अनशन बसेका आधारमा ११ जिल्ला र केही क्याम्पसका प्रतिनिधिमा गरिएको भागबन्डा खारेज नगरे नेविसंघक एउटा समूहले त्यसविरुद्ध अनशन बस्ने चेतावनी दिएको छ ।

    नेविसंघ नेता दीपक भट्टराई नेतृत्वको झन्ड २५ जिल्लाका सभापति र तीन दर्जन क्याम्पसका सभापतिको समूहले शनिबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर अनशन बसेका आधारमा प्रतिनिधि दिँदा पार्टीभित्र कुसंस्कार मालाउने भन्द तत्काल खारेज नगरे आफूहरू पनि आमरण अनशनमा बस्ने बताएका छन् ।

    यसअघि सिटाला समूहलाई दुई सय २५ प्रतिनिधि र महेन्द्र शर्मा समूहलाई एक सय १० प्रतिनिधि दिने सहमतिमा विद्यार्थी नेता गणेश सापकोटा र रत्नहरि ढुंगेलले अनशन तोडेका थिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.