×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

घर बनाएर विवाह गर्ने सपना अधुरै

  •  
  • बुधबार, साउन २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नुवाकोटमा भएको हेलिकोप्टर दुर्घटनामा जन गुमाएकी सुनसरी इनरुवाकी २२ वर्षीय निशा तामाङ ।

    नुवाकोट हेलिकोप्टर दुर्घटना

    रत्नप्रसाद आचार्य

    इटहरी: ‘बुबाले घरजग्गा बेचेर मलाई स्टाफ नर्स पढाउनु भएको छ । मेरो पढाइका कारण हामी घरबारविहीन भएका छौं । पैंसा कमाएर पहिला घर बनाएर बुबाआमालाई राख्छु अनि मात्र विवाह गर्छु भन्थी’, नुवाकोटमा सोमबार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकी निशा तामाङकी ८० वर्षीया अजी (हजुरआमा) सुनमाया शाक्य भावविह्वल भएर नातिनीको योजना सुनाउँदै थिइन् । उनी निष्ठुरी दैवसँग बिलौना गर्दै थिइन्, ‘मेरी नातिनी हामी सबैलाई छाडेर बिदा भई । कलिलैमा किन चुँडिदियौ मेरी नातिनीलाई ? ‘

    हेलिकोप्टर दुर्घटनामा परी नातिनीको निधन भएको खबरपछि वृद्धा सुनमाया शाक्यले मन थाम्न सकिरहेकी छैनन् । ‘जागिरबाट बिदामा आउँदा घर नगई पहिला अजी भन्दै मामाघर आउँथी, अब मलाई कसले अजी भन्छ । मलाई एक्लै छोडेर गई’, उनले बिलौना गरिन्, ‘१ देखि ७ कक्षासम्म मैले नै पढाएर हुर्काएकी थिएँ ।’

    सानुमायालाई सान्त्वना दिन उनको घरमा भेला भएका आफन्त पनि सानुमायासँगै रोइरहेका थिए । छुट्टीमा आउँदा मोबाइल ल्याइदिन्छु भनेर एक घन्टा अगाडि फोनमा बोलेकी निशाको मृत्युको खबरले मावली घरमा पनि रुवावासी छ ।

    सोमबार नुवाकोटामा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा सुनसरी इनरुवा बजारकी २२ वर्षीय निशाको निधन भएपछि इनरुवा र इटहरी यतिबेला शोकमा छ । निशाको मामली घर इटहरी र इनरुवाको महेन्द्र चोकमा भएको उनको घरमा भेला भएका निशाका आफन्तहरूमा रुवाबासी छ । निशाको मृत्युको खबरले उनका मावली हजुरबुबा ८१ वर्षीय नरबहादुर शाक्य पनि बेहोस छन् ।

    निशा गत फागुनदेखि फेस नेपाल नामक गैरसरकारी संस्थामार्फत गोरखाको श्री दिवास, चुम्पेत र छेकम्पार गाविसको स्वास्थ्य चौकीमा स्टाफ नर्सका रूपमा कार्यरत थिइन् । माथिल्लो गोरखाको दुर्गम गाविसमा ६ महिना काम गरेकाले सुगम ठाउँमा सरुवा मिलाउन निशा फेस नेपालको काठामाडौंस्थित केन्द्रीय कार्यालयमा आउने क्रममा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।

    निशाको निधनको खबर सुनेपछि उनकी आमा हिमाली शाक्य बेहोस भएकी छन् । बाबु नरेन्द्र तामाङ छोरी पठाउँदा लागेको ऋण तिर्न वैदेशिक रोजगारीका लागि मलेसिया गएका छन् । घरमा भएका दुई नाबालक भाइहरू पनि दिदीको मृत्युको खबरले शोकाकुल छन् ।

    सानै उमेरदेखि लगनशिल र मेहनती निशाले एसएसली पास गरेपछि स्टाफ नर्स पढ्ने इच्छा गरेकाले बाबु नरेन्द्रले इनरुवाको महेन्द्र चोकमा रहेको एकतले घर र ७ धुर जग्गा बेचेर जनकपुरमा स्टाफ नर्स पढाएका थिए । रिसाउँदा पनि हासीहासी बोल्ने भान्जी सानैदेखि मामाघरमा बसेका कारण उनको निधनले मावली परिवारलाई समेत ठूलो घात पुर्‌याएको निशाका मामा तोरण शाक्यले बताए । निशाकी माइजू हीरा शाक्यले दुर्घटना हुनुभन्दा एक घन्टा अगाडि भान्जीले फोनमा हप्ता दिनपछि घर आउँछु भनेको बताइन् ।

    कक्षा १ देखि ७ सम्म ओखलढुंगा बजारमा रहेको मावलीघरमा बसेर अध्ययन गरेकी निशाले इनरुवाको भगवती उच्च माविबाट एसएलसी पास गरेकी थिइन् । चार वर्ष अगाडि जनकपुरबाट स्टाप नर्स पास गरेर दुई वर्षसम्म निशाले ओखलढुंगाको पारामेडिकल कलेजमा अध्यापनसमेत गरेकी थिइन् ।

    माथिल्लो गोरखाका तीन दुर्गम गाविसमा रहेका स्वास्थ्य चौकीमा सुपरभाइजरका रूपमा काम गर्दै आएकी निशा सोमबार सुगम क्षेत्रमा सरुवा मिलाउन हेलिकोप्टरमा काठमाडौं आउँदै गरेको फेस नेपालका कार्यक्रम संयोजक रुद्र न्यौपानेले बताए । ६ महिनाको छोटो समयमा असल र कर्तव्यनिष्ठ कर्मचारीको पहिचान बनाएकी निशाको निधनले संस्थालाई समेत अपुरणीय क्षति पुगेको उनले बताए । निशाको निधनपछि आमा हिमाली शव बुझन मंगलबार काठमाडौं गएकी छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.