×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ७ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

अधुरो भयो पाइलट रञ्जनको काठमाडौंमा घर किन्ने सपना

  •  
  • मङ्गलबार, साउन २५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धाइजनस्थित रञ्जनको घरमा यस्तो देखियो

    गौरव पोखरेल

    २५ साउन, झापा  । लिम्बूवान नेता भक्तबहादुर खेवाहाङलाई सोमबार दिउँसो काठमाडौंबाट फोन आयो, जसले उनलाई भावविह्वल मात्रै बनाएन, उनी भक्कानिए । आफ्नो पाइलट छोराको मृत्युको अपुष्ट खबर सुनेपछि एकछिन त केही बोल्नै सकेनन् । थर्रर काँपे ।

    ‘फिस्टेल एयरको विमान दुर्घटना भयो भन्ने समाचार आएको छ… के हो कुरा..?’ काठमाण्डौंबाट आफन्तको प्रश्न थियो त्यो । उतैबाट थपियो, ‘रञ्जनले नै उडाएका थिए भनिराखेको छ टीभीले ।’ बोल्नै सकेनन् भक्तबहादुर । मुखबाट केही शब्दै निस्किएन । केहीबेरमा फोन आफैंं काटियो ।

    लिम्बूवानका केन्द्रीय आर्थिक विभाग प्रमुखसमेत रहेका भक्तबहादुर एक कार्यक्रममा सहभागी हुन बिराटनगर गएका थिए । त्यहाँबाट घर फर्किने क्रममा बाटैमा उनले आफ्नो छोरा गुमेको जानकारी पाए ।

    दमक आइपुगेपछि भक्तबहादुरले समाचार हेरे । सबै सञ्चारमाध्यममा छोराको तस्वीर छरपस्ट थियो ।

    आफ्नो छोराको निधनको खबर सुन्दा कुन बुबाको मन भक्कानिँदैन ? उनी बेहोसीको हालतमा पुगे । साँझ करिब ५ बजे घर आइपुगे । घरमा सबै गाउँले भेला भइसकेका थिए । परिवारलाई शान्तवना दिइरहेका देखिए । उनलाई झन् पीडा भयो ।
    गोर्खाबाट विरामी लिएर आउने क्रममा दुर्घटनाग्रस्त भएको फिस्टेल एयरको हेलीकोप्टरका क्याप्टेन थिए भक्तबहादुरका छोरा रञ्जन लिम्बू ।

    father_mother_ranjan

    हेलिकोप्टरमा सवार अन्य पाँच यात्रु र क्याप्टेन लिम्बूसहित १ नाबालकको पनि घट्नास्थलमै ज्यान गयो । रञ्जनका बुबा भक्तबहादुरले केहीवेरमै विस्तृत जानकारी पाए ।

    ‘इमान्दार, लगनशील र मेहनती ‘भाइ’ गुम्यो’, गाउँले भन्दै थिए । करिब सय व्यक्तिहरु रञ्जनको घरमा भेला भएका थिए । अनलाइनखबरकर्मी त्यहाँ पुग्दा भक्तबहादुर उनीहरुसँग छोराका बारेमा कुरा गर्दै थिए ।

    भक्तबहादुरले करिब १५ वर्ष ब्रिरटिश आर्मीमा जागिर खाए । उनले चाहेको भए परिवारलाई नै बेलायत लैजान सक्थे । छोरालाई आर्मीमै जागिरे बनाउन सक्थे । तर, न बुबाको सोचाइ त्यतातिर थियो न त छोरा रञ्जनको नै ।

    जे गरे पनि आफ्नै देशमा गर्ने । स्वदेशकै सेवा गर्ने स्वभावका थिए बुबाछोरा । त्यसैले दुवैले परदेशलाई रोजेनन् । बुबा बि्रटिश आर्मीमा भए पनि रञ्जनको त्यसतर्फ लगाव थिएन ।

    रञ्जनले कक्षा नर्सरीदेखि १० सम्म चारआलीको लिटल एन्जल स्कुलमा पढे । प्रथम डिभिजनमा एसएलसी पास गरे । रञ्जनका शिक्षक सीपी कार्की भन्छन्, ‘निक्कै सिर्जनात्मक विद्यार्थी थिए रञ्जन ।’

    ‘सबैलाई सहयोग गर्ने स्वाभावका थिए उनी’, कार्कीले थपे, ‘अतिरिक्त क्रियाकलापमा पनि रुचि थियो ।’ रञ्जन सानैदेखि चित्रकलामा अब्बल रहेको उनले सुनाए । परीक्षामा पनि सधैं प्रथम, दोस्रो वा तेस्रो मात्रै भए ।

    विद्यालयमा पढ्दादेखि नै उनी पाइलट बन्छु भन्थे । ‘आफ्नो जीवनको लक्ष्य सोध्दा पाइलट बन्छु भन्थे’, शिक्षक कार्कीले भने, ‘पढाइ पनि राम्रै थियो । साथीहरु माझ पनि इमान्दार विद्यार्थीको रुपमा चिनिन्थे ।’

    ranjans teacher_cp

    पछि रञ्जन पाइलट बनिसकेका थिए । एक दिन एउटा हेलिकोप्टर विद्यालय वरिपरि आयो । करिब ३ पटक परिक्रमा गर्‍यो । स्थानीयले सोचे- ‘हेलिकोप्टर दुर्घटना हुन लाग्यो ।’ शिक्षक र विद्यार्थीहरु भेला भए । सबैले दुर्घटना हुन लागेकै अड्कल काटे । तर, पछि त्यो त रञ्जनले उडाएको चाल पाए ।

    उनका शिक्षक कार्की सम्झन्छन्, ‘सानैदेखि पाइलट बन्छु भन्थे, लक्ष्यमा पुगेपछि विद्यालयमा परिक्रमा गर्न आएका रहेछन् ।’

    आफूले लक्ष्य चुमेपछि रञ्जन शिक्षकहरुलाई भेट्न आएका थिए । उनले शिक्षकहरुसँग आफ्नो खुशी साटे । ‘म पाइलट बने नि सर..’ रञ्जनले त्यसबेला भनेका शब्द सम्झिन्छन् उनका शिक्षक ।

    रञ्जनका साथी सुमन कार्की रञ्जनलाई एक इमान्दार, सहयोगी र मेहनती व्यक्तिका रुपमा सम्भिmन्छन् । सुमन र रञ्जनले कक्षा नर्सरीदेखि १० सम्म नै सँगै पढे ।

    गत वैशाखमा रञ्जन दाजु राकेशको बिहेमा अन्तिम पटक आफ्नो घर आए । त्यहीबेला सुमनसहित अन्य साथीहरुसँग उनले कुराकानी गरेका थिए । ‘हेर, केटा तँ त यत्रो ठूलो मान्छे भइस् । प्लेन चलाउँछन्’, त्यसवेला भएको कुराकानीको स्मरण गर्दै सुमनले भने, ‘तर, हामीले त केही गर्न सकेनौं ।’

    ‘हामीले त्यसबेला उसँग ‘रेला’  गरेरै समय बिताएका थियौं’, त्यतिवेलाको रमाइलोलाई स्मरण गर्दै गर्दा पनि उनी भक्कानिँए ।
    झापाको धाइजन-६, पिपलडाँगीमा रहेकी आमा शान्ताकुमारीले दिउँसो ३ बजे छोराको दुर्घटनाका बारेमा थाहा पाइएकी थिइन् । ०४६ साल असार १० गते जन्मिएका छोराको तस्बीर हेर्दै थिइन् उनी । तर, केही पनि बोलिनन् । आँखा रसाएका थिए उनका ।
    दुई भाइ छोरामध्ये कान्छा हुन्, रञ्जन । दाजुलाई २/३ वर्षपछि बिहे गर्ने योजना छ भन्ने सुनाएका थिए उनले ।

    suman_ranjanfriend

    उनको रहर थियो- राजधानी काठमाण्डौंमा घर किन्ने । ‘बुबा, अब काठमाण्डौंमा घर किन्नुपर्छ, मलाई अलिकति सहयोग पनि गर्नुपर्‍यो ।’, छोराले भनेका शब्दहरुलाई सम्झिँदै बुबाले भने, ‘त्यसपछि म हजुरहरुलाई उतै लग्छु, उतै पाल्छु, हजुरहरुले दुःख गर्नुपर्दैन भन्थ्यो ।’

    राजधानीमा घर किन्ने रहर पूरा नगरी उनी अलविदा भए । २६ वर्षका रञ्जन अनुभवी पाइलट हुन् । उनले १६ सय घण्टा जहाज उडाइसकेका थिए ।

    उनी हाईअटिच्यूटमा समेत हेलिकोप्टर उडान गर्न अब्बल थिए । उनले यसको लागि विदेशमा गएर समेत प्रशिक्षण लिएका थिए । उनले स्वीटजरल्याण्डमा स्लिङ्ग अपरेशनको समेत प्रशिक्षण लिएका थिए ।

    रञ्जनले धेरैको रेस्क्यू गरे । प्रायः ती रेस्क्यूहरु जोखिमपूर्ण नै हुन्थे । सधैैँ अरुको ज्यान जोगाउन प्रयत्न गरिरहने रञ्जन सोमबार भने आफैं दुर्घटनामा परे । अरुको रेस्क्यू गर्ने पाइलटलाई सोमबार रेस्क्यू गर्ने कोही भएन ।

    उनी फोटोग्राफीमा पनि सौखिन थिए । फुर्सद पाउनेवित्तिकै मनोरम दृश्यहरुलाई आफ्नो क्यामेरामा कैद गर्न तल्लीन हुन्थे ।
    हेलिकोप्टरबाट खिचेका सयौं तस्वीरहरु उनले अरुलाई देखाए । रञ्जनको अन्तरवार्ता लिन धेरै सञ्चार संस्थाबाट पत्रकारहरु आउँथे । तर, उनी आफ्नो प्रचारमा खासै रुची राख्दैनथे । सकेसम्म उनी आफ्नो समाचार नलेखिदिनु भन्थे । तर, पछि उनले फोटोग्राफीबारे इटालीको हेलिप्रेसलाई अन्तरर्वार्ता दिए । अन्ततः सोमबार उनी आफैं समाचारको केन्द्र बने ।
    क्याप्टेन रञ्जन सन् २०११ देखि फिस्टेल एयरमा आवद्ध भएका थिए ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.