×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ७ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

जब बाबुले पाइलट छोरोको जहाज खसेको खबर सुने

  •  
  • मङ्गलबार, साउन २५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शोकाकुल रन्जनकी आमा शान्ता र परिवारजन तस्वीरः उमाकान्त खनाल

    उमाकान्त खनाल

    विर्तामोडः सोमबार फिसटेल एयरका क्याप्टेन रन्जन लिम्बुका बुवा भक्त खेबांग लिम्बु विराटनगरबाट घर फर्कंदै गर्दा दमक आइपुगेपछि छोरो अब यो संसारमा रहेन भन्ने कुरा थाह पाए ।

    उनी घर आइपुग्दा आफन्त तथा परिवारका सदस्य भेला भइसकेका थिए । क्याप्टेन लिम्बुकी आमा शान्ताकुमारी लिम्बु मुर्छित अवस्थामा थिइन् । उनी केही बोल्न सकिरहेकी थिइनन् । बाबु खेबांगले भने, ‘जब उसले उडाएको हेलिकप्टर बेपत्ता भयो भन्ने कुरा थाह पाएँ, सोचें अब छोरो छैन भन्ने भयो ।’

    २०४६ साल असार १० गतेका दिन जन्मेका क्याप्टेन लिम्बुले २१ बर्षमा विमान चालक बनिसकेको उनका बुवा भक्त खेबांग लिम्बुले बताए । उनले अमेरिकाबाट विमान चालकको कोर्स गरेको उनले बताए । रन्जनका बाबु खेबांगले भने, ‘दुई बर्ष अघि रन्जन क्याप्टेन भएको हो ।’

    उनी सानैदेखि पढनमा अब्बल समेत भएको परिवारका सदस्यहरुले बताएका छन् । बाबु आमाका कान्छा छोरा रन्जन सानैदेखि हक्की स्वभावका समेत भएको उनको फुपूको छोरा लाजेहांग साम्योले बताए । रन्जनले आमा शान्तालाई दुईदिनअघि र दाजुलाई एकदिन अघि फोन गरेका थिए ।

    उनका बाबु भक्त खेबांग पूर्व ब्रिटिस आर्मीमा काम गर्थे । धाइजन ६ पीपलडाँगी रहेको घरमा क्याप्टेन रन्जनका बुबा, आमा र दाजुको परिवारको बसोबास छ । अविवाहित रन्जन परिवारका कान्छा छोरा हुन् । उनी काठमाण्डौमा ए लेभलको पढाई सकेर पाइलट बन्न अमेरिका गएका थिए ।

    फोटोग्राफीका शौखिन थिए रन्जन

    क्याप्टेन रन्जन जहाँ हेलिकप्टर उडाएर जान्थे त्यहाँको तस्वीर उनी आफ्नो फेसबुक पेजमा पोस्ट गरिहाल्थे । अप्ठ्यारा स्थानहरुमा हेलिकप्टर अवतरण गरेका तस्वीरहरु उनको फेसबुक पेजमा देख्न पाइन्छ ।

    बालबालिकाहरुसंग फोटो खिच्न उनी खुब रुचाउँथे । उनको फुपूको छोरो लाजेहांगले भने, ‘उसलाई फोटोग्राफीको ठूलो शोख थियो । उसले पोस्ट गरेका फोटाहरु निकै गज्जबका हुन्थे ।’

    उनको घरको कोठाहरुमा उनले खिचेका र उनका दुर्लभ तस्वीरहरु सजाएर राखिएका छन् । लाजेहांगले भने, ‘अब भाइ इतिहासमा सीमित भयो ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.