×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ७ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

प्रत्यक्षदर्शीले भने, तलमाथि गर्दै अाकाशमा हल्लिएको जहाज एकछिनमै भीरमा ठोक्कियो र पड्कियो

  •  
  • मङ्गलबार, साउन २५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको मदनपुर–९ बेतनी जङ्गलको चुच्चेभिरमा दुर्घटनाग्रस्त अवस्थामा। तस्बिर : रासस

    काठमाडौं : सम्पर्कबिहिन रहेको फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको पुष्टि भएको छ। हेलिकप्टर दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ।

    दुर्घटनामा परी मृत्यु हुनेमा चालक क्याप्टेन रन्जन लिम्बूका साथै यात्रु कितमान गुरुङ, आसामी गुरुङ, प्रिती गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ, र एक जना नवजात शिशु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    नवजात शिशु बिरामी भएका कारण उपचारका लागि सो हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै गरेको थियो । प्राधिकरणका निमित्त महाप्रबन्धकका अनुसार प्राधिकरणका प्राविधिकलगायत सुरक्षाकर्मी घटनास्थल पुगिसकेको र मृतको शव सङ्कलन गरी हेलिकप्टरद्वारा काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।

    प्राधिकरणका अनुसार सोमबार अपराह्न १२ः३२ बजे नुवाकोटको मदनपुर–९ बेतनी जङ्गलको चुच्चेभिरमा सो हेलिकप्टर दुर्घटना भएको थियो ।

    गोरखाबाट सुत्केरी लिएर काठमाडौं आउँदै गरेको अवस्थामा सम्पर्कबिहिन भएको थियो।मदनपुर नजिकैको डाँडामा ठोक्किएपछि आगो लागेको स्थानीयले बताएका छन्। बादलभित्र छिरेपछि निस्कने क्रममा डाँडामा ठोक्किएको बताइएको छ।

    गोरखाको सिर्दिबास ८ बाट दिउँसो १२:१० मा उडेको हेलिकोप्टर केहीबेरमै सम्पर्कविच्छेद भएको जानकारी फिस्टेल एयरका रमेश शिवाकोटीले अन्नपूर्ण अनलाइनलाई दिए। हेलिकोप्टरमा २२ वर्षीया सुत्केरी प्रिति गुरुङ, उनको चार दिनको नबजात सिशु र सासुससुरासहित परिवारका अन्य सदस्य थिए।

    नाइन एनएकेए कल साइन भएको हेलिकोप्टरमा चालक र बिरामीसहित पाँचजना सवार थिए। उद्धारका लागि फिस्टेलले अर्को हेलिकोप्टर पठाएको छ।

    नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोखरेलले हेलिकोप्टर दुर्घटना भएको जानकारी प्राप्त भएको र सुरक्षाकर्मीसहितको टोली घट्नास्थलतर्फ प्रस्थान गरिसकेको अन्नपूर्ण अनलाइनसँग बताए ।

    प्रत्यक्षदर्शी स्थानीय गोविन्द प्रसाद ढकालले हेलिकोप्टर अस्वभाविभक तरिकाले आकाशमा हल्लिएको देखेको बताए । केहीबेरमै भीरमा ठोक्किएर आवाज र ढुँवा आएको देखेपछि तत्काल प्रहरीलाई खबर गरेको जानकारी दिए ।

    प्रत्यक्षदर्शी स्थानीय गोविन्द प्रसाद ढकालले हेलिकोप्टर अस्वभाविभक तरिकाले आकाशमा हल्लिएको र केहीबेरमै भीरमा ठोक्किएर ठूलो आवाज निस्केको बताएका छन्। उनले नुवाकोटस्थित हाम्रा संवाददाता देवचन्द्र भट्टसँग भने, आकाशमा हेलिकोप्टर तलमाथि गरेर हल्लिएको देखियो। एकछिनमै भयानक आवाज आयो र हेर्दा धुँवा आइरहेको थियो।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.