×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ७ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

रञ्जन आकाशमा कहिल्यै नथाक्ने पाइलट थिए

  •  
  • मङ्गलबार, साउन २५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नुवाकोटमा दुर्घटनाग्रस्त फिसटेल हेलिकोप्टरका चालक रञ्जन लिम्बु

    विष्णु सुवेदी

    रञ्जन लिम्बु एउटा सक्षम पाइलट मात्र थिएनन्, उडान सर्कलमा उनले असल सेवकको छवि पनि बनाएका थिए। बेलायती लाहुरेको छोरा रञ्जनलाई यहाँ हेलिकोप्टर उडाएर जागिर खानुपर्ने आवश्यकता थिएन। तर स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना भएका रञ्जन बेलायतमै पढे पनि परिवार छोडेर नेपाल फर्किए र २०११ मा फिस्टेल एयरमा सेवा सुरु गरे।

    खासगरी आपतकालीन अवस्थामा मानिसलाई सेवा गर्न भनेपछि रञ्जन हुरुक्क हुन्थे । अरुको ज्यान जोगाउन जोखिम मोलेर उनी हेलिकोप्टर उडाउँथे । खराब मौसम र प्रतिकुल अवस्थामा पनि उनी उडानका लागि सधै तयार हुन्थे । जस्तोसुकै प्रतिकुल अवस्थामा पनि नाँइनास्ती नगर्ने उनको बानीका कारण उनी सबैका प्रिय र प्रशंसनीय थिए।

     

     

    फिसटेल एयरका सिनियर अप्रेशन म्यानेजर राकेश राणाले अन्नपूर्ण अनलाइनसँग भने, ‘उसले नाँइ भनेको नै सुनिएन। सधै तयार हुन्थ्यो अनि हाँसिरहन्थ्यो। थकाइ लागेको छ पनि उसले कहिल्यै भनेन।’ फिसटेल परिवारमै रञ्जन प्रेरणाको स्रोत रहेको बताउँदै राणाले भने, ‘उसको सेवाभाव देखेर हामी अचम्मित हुन्थ्यौं।’

    गोरखाको गाउँमा सुत्केरी छटपटाएको खबर सुन्नासाथ हेलिकोप्टर उडाउन पहिले रञ्जन नै तयार भएका थिए। खराब मौसम र विकट अवस्थितिलाई उनले परवाह गरेनन्। तर सुत्केरीलाई बचाउने उनको सपना पुरा भएन। आफुले पनि विदा लिनुपर्ने भयो।

    नुवाकोटमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका रञ्जनको उडान यात्रा निकै साहसिक र रोमाञ्चक देखिन्छ। हेलिकोप्टर उडानमा अनुभवी रञ्जन निकै विकट ठाउँहरुमा पनि उच्च आत्मविश्वासका साथ साहसिक उडान गर्दै आएका थिए।सिम्रिक एयरका क्याप्टेन विवेक खड्काले भने, ‘रञ्जन भाइ निकै सक्षम र आँटिलो पाइलट थियो। यो घट्ना सु्न्दा दु:ख लाग्यो।

    जहाँ उडे पनि त्यहाँ अनौठा र सुन्दर तस्बिरहरु कैद गरेर फेसबुकमा पोस्ट गर्ने रञ्जन एरियल फोटोग्राफीमा निकै रमाएको देखिन्छ। संभवत: गोरखा जाँदा र फर्किदा पनि उनले थुप्रै तस्बिरहरु थिए। तर अरु दिनजस्तो फेसबुकमा पोस्ट गर्न भने पाएनन् । उनले अकल्पनीय दुर्घटना बेहोर्नुपर्‍यो

    झापा धाइजन पिपलडाँगी घर भएका लिम्बु सन् २०११ मा फिस्टेल एयरमा सेवा सुरु गरेका थिए । को( पाइलटबाट पाइलट भएका लिम्बुले १६ सय घन्टा जहाज उडान सम्पन्न गरिसकेका छन्। २५ वर्षे लिम्बुका बुबा भक्तबहादुर बेलायती लाहुरे हुन्। रञ्जनको परिवारका धेरै सदस्य अहिले पनि विदेशमा छन्।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.