×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ७ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

‘आमा, चाँडै घर आउँछु भन्थ्यो’

  •  
  • मङ्गलबार, साउन २५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    पाइलट रञ्जन लिम्बूले केही समयअघि रसुवाको गोसाइँकुण्डमा खिचेको सेल्फी । सोमबारको दुर्घटनामा यही हेलिकप्टर परेको छ जहाँ लिम्बूसहित ७ जनाको मृत्यु भएको छ ।तस्बिर : फेसबुकबाट

    श्रावण २५, २०७३- फिस्टेलको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका झापा धाइजन ६ पीपल डाँगीका क्याप्टेन रञ्जन लिम्बुको गाउँ शोकमा परेको छ ।

    रञ्जनका बुवा भक्त लिम्बु सोमबार दिउँसो विराटनगरको एउटा कार्यक्रममा सहभागी भएर दमक आइपुगेका थिए । काठमाडौंबाट आफन्तले फोनबाट ‘रञ्जन हेलिकप्टर दुर्घटनामा पर्‍यो रे’ सुनाए । भक्तलाई सुरुमा पत्यारै लागेन । तर तारन्तर फोन बजेपछि उनलाई चिसो पस्यो, ‘साँच्चै सत्य हो कि क्या हो ।’ नभन्दै गत असारबाट २७ वर्ष टेकेका कान्छा छोराले उडाएको हेलिकप्टर दुर्घटना भएकै रहेछ ।

    रञ्जनकी आमा शान्ताकुमारीलाई भने घटनाबारे ढिलो मात्रै जानकारी दिइयो । सोमबार अपराहन रञ्जनको घर पुग्दा आफन्त र छरछिमेकको भीड बाक्लिसकेको थियो । आमा शान्ताका आँखा थामिएको थिएन । आफन्त पनि सुकसुकाइरहेका थिए ।

    रञ्जनले हिजो मात्रै आमा र दाजु राकेशसँग लामै गफ गरेका थिए । हिजोसम्म फोनमा मज्जाले बोलेको छोराको मृत्युको खबरले शान्ता भावविहवल छिन् । भनिन्, ‘आमा चाँडै घर आउँछु भन्थ्यो ।’ रञ्जन पछिल्लो पटक गत वैशाखतिर घर आएका थिए । दाजुको बिहेका कारण उनी केही दिन बसेर फर्किएका थिए ।

    रञ्जनका बुवा पूर्वब्रिटिस सैनिक हुन् । ०४६ साल असार १० गते रञ्जन हङकङमा जन्मिए । सानैमा नेपाल आए । झापा चारआलीको लिटल एन्जल स्कुलबाट पढाइ प्रारम्भ गरे । २०६३ सालमा त्यही स्कुलबाट प्रथम श्रेणीमा एसएलसी गरे । उच्च अध्ययनका लागि राजधानी हानिए । किङस कलेजमा पहिला र पछि क्यापिटल कलेजबाट ‘ए लेभल’ सके । अमेरिकाको क्यालिफोर्नियामा ७ महिनाको पाइलट कोर्स गरेर फर्किए । उनले स्विट्जरल्यान्डबाट हालै २ महिने फ्लाइट रेस्क्युबारे एडभान्स कोर्स गरेका थिए ।

    चाहेको भए उनी बेलायतमै बस्न सक्थे । पूर्वब्रिटिस सेनाका परिवारलाई बेलायत सरकारले रेसिडेन्सियल भिसा नै दिएको थियो । तर, उनलाई विदेशप्रति पटक्कै मोह भएन । उनकै जिद्दीले सिंगो परिवार बेलायत छाडेर यतै बसेका छन् । ‘बरु निगुरो खोजेर खान्छु विदेश जान्न भन्थ्यो,’ बुवा भक्तले भने । उनी दुई वर्षअघि हेलिकप्टर क्याप्टेन बनेका थिए ।

    कम बोल्ने, जिद्दी र इखालु स्वभाव थियो उनको । ‘त्यही इखालु बानीले ऊ पाइलट बनेको थियो,’ बुवा भक्तले सुनाए । पढाइका अलावा चित्र बनाउन र फोटोग्राफीमा रञ्जनको विशेष रुचि थियो । उनी सधैं ‘लोप्रोफाइल’ मा बस्न खोज्थे । काठमाडौंमा घर किन्ने र बुवाआमालाई पनि यतै बोलाउने उनको इच्छा थियो । त्यो पूरा हुन पाएन । ‘कार किनेको थियो,’ भक्त भन्छन्, ‘घर किनेर चाँडै बोलाउँछु भन्थ्यो, उसको सपना पूरा हुन पाएन ।’

    उनी पढेको स्कुलका प्रिन्सिपल सीवी कार्कीका अनुसार रञ्जन पढाइमा अब्बल थिए । ‘पढाइमा सानैदेखि अब्बल नै थिए,’ कार्कीले भने, ‘पढाइका अलावा चित्रकला उसको रुचिको विषय थियो ।’ पाइलट भएपछि उनले घर आएका बेला शिक्षक र सहपाठीलाई भेटेका थिए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.