×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ७ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

अस्पतालभित्रै झारफुक !

  •  
  • आइतबार, साउन २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    पाटन अस्पतालको आकस्मिक कक्ष नजिकै रूखको फेदमा बसेर झारफुक गर्दै ।

    मकर श्रेष्ठ

    श्रावण २३, २०७३- मकवानपुर फाखेलका विनोद लामा दम्पती नौ महिने छोरा काखी च्यापेर गत सोमबार पाटन अस्पताल आइपुगे । छोरालाई निरन्तर खोकी लाग्ने र छाती खराब हुने समस्या थियो । त्यसैको उपचार गराउन उनीहरू गाउँबाट पाटन आए । चन्द्रागिरि मन्दिर वरपरको पर्खाल लगाउने ठेक्का पाएका विनोद छोरा बिरामी भएपछि केही दिनदेखि अस्पतालमै छन् ।0

    चिकित्सकले सिफारिस गरेको औषधि नियमित तीन दिन सेवन गर्दा पनि खोकी निको नभएपछि उनीहरू चिन्तित भए । शुक्रबार राति नौ महिने रेमनले हुरुक्कै हुने गरी खोक्न थालेपछि छोराको उपचार गर्न आएका अर्का कुरुवाको मन छोयो । छोरा निमोनियाँ भएर उपचार गर्न आएका धादिङ सिम्लेका ती व्यक्तिले अस्पतालको मात्रै भर नपर्न सल्लाह दिए । छोरालाई बाल वार्डको २२ नम्बरमा राखेर उपचार गराइरहेका विनोद दम्पती पनि धामीझाँक्रीमा विश्वास गर्थे । अस्पतालको शय्यामा भएका बिरामी लिएर बाहिर झाँक्री खोज्न कहाँ जाने ? कसलाई बोलाउने ? लामा दम्पतीले सोच्नै सकेको थिएन ।

    सोही वार्डको २४ नम्बर बेडका बिरामीका धादिङका ती कुरुवासँग विनोदको चिनचान हुने नै भयो । ती कुरुवाले भने, ‘अलिअलि त मलाई पनि झारफुक गर्न आउँछ । अस्पतालको बेडमा त कसरी फुक्नु ?’ विनोद र उनकी श्रीमती राममाया तामाङले अस्पतालको सोधपुछ कक्ष बाहिर गएर फुक्ने जुक्ति निकाले । रामयामाले चामल (अक्षता) र बाटेको धुप जुटाइन् । पल्लो बेडको कुरुवालाई आग्रह गरेर शुक्रबार बिहान साढे पाँच बजे बाहिर निस्की अस्पतालको ढोका नजिकैको रूखको फेदमा झारफुक गर्न थाले ।

    आफूले लगाएको दाहिने खुट्टाको चप्पल ओछ््याए अनि झारफुक सुरु गरे । देब्रे हातमा कागजको टुक्रामा चामल राखे । बाटेको धुप सल्काएर त्यही कागजको छेउमा राखे । दाहिने हातका तीनवटा औंलाले देब्रे हातको कागजमा राखेको चामल च्यापेर केही गेडा निकाल्दै बच्चालाई छुवाएर झारफुक सुरु गरे । झारफुक गर्ने ती व्यक्तिले भने, ‘लागो पनि लागेको रहेछ अनि पो ओखतीले छोएन ।’

    राममाया उनको दाहिनेतिर बसेकी थिइन् । छोराको छातीको धड्कन बढेपछि थप चिन्तित हुन्थिन् । काखमा छोरा राखेर दाहिने हात टाउकामा राखेकी थिइन् भने देब्रे हातले छातीमा सुमसुम्याउँथिन् । रूखको फेदमा तीन मिनेट जति झारफुक सकाएर उनीहरू अस्पतालकै शय्यामा फर्किए । अस्पतालमा भीडभाड नहुने बेला उनीहरू बिहानै झारफुक गर्न बेडबाट बाहिर निस्केका थिए । बिहानको ६ बजेपछि नर्सले सधैंझैं औषधि खुवाइन् ।

    ‘ओखतीले कामै नगरेपछि फुकफाक गर्दा पो ठीक हुन्छ कि भनेर अर्को बेडको कुरुवालाई लगाएँ,’ विनोदले भने, ‘अस्पताल आउनुअघि पनि गाउँमा पनि फुक्न लगाएँ । अलि कम भएजस्तो हुन्थ्यो ।’ यसअघि उनी असार र साउन ९ मा पनि छोराको उपचार गरेर फर्केका थिए । गाउँमा उनका बुबा लामा काम गर्छन् । ‘डाक्टरको मात्रै भर परेर चाहिँ हुँदैन,’ उनले भने, ‘झारफुक र ओखतीमुलो दुवै गर्दा एउटाले पक्कै छुन्छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.