×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ७ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

बाढीप्रभावितको उपचार गर्न गोविन्द केसी सप्तरीमा

  •  
  • आइतबार, साउन २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बाढीप्रभावित क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा दिन सप्तरी आएका डा. गोविन्द केसी ।

    मनोहरकुमार

    राजविराज: त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थाका प्राध्यापक तथा हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी सप्तरीको बाढीप्रभावित क्षेत्रमा आइपुगेका छन् । साउन ८ मा आएको बाढीबाट प्रभावितको स्वास्थ्य परीक्षणका साथै बिरामीको उपचारका लागि केसी प्रभावित क्षेत्र तिलाठीमा शनिबार पुगेका हुन् ।

    प्रभावित क्षेत्रमा रोगको प्रकोप नफैलियोस् र अकालमा कसैले ज्यान गुमाउनु नपरोस् भन्दै प्रत्यक्ष प्रभावित क्षेत्रमा आफैं पुगेर बिरामीको उपचार गर्ने उद्देश्यले सप्तरी आएको केसीले बताए । ‘एक नेपाली दुःखमा पर्दा अर्को नेपालीले सकेको सहयोग गर्नुपर्छ’, केसीले भने । उनले भने, ‘कुनै पनि नेपाली पीडामा भएका बेला आफूसित भएको ज्ञानले सेवा गर्छु ।’

    सप्तरी उद्योग वाणिज्य संघसँग समन्वय गरी केसी प्रभावित क्षेत्र गएको संघका उद्योग उपाध्यक्ष शंकर दासले बताए । स्वास्थ्य क्षेत्रको विकृति अन्त्यका लागि माग गर्दै पटकपटक आमरण अनशनमा बसेसँगै चर्चामा आएका केसी विभिन्न क्षेत्रमा हुने विपत्ति र महामारीमा पुगेर आफूले सकेजति सहयोग गर्दै आएका छन् ।

    जाजरकोटमा फैलिएको महामारीमा बिरामीको उपचारका लागि पुगेका उनी त्यसलगत्तै विनाशकारी भूकम्पपछि तहसनहस भएका विभिन्न क्षेत्रमा पुगेर बिरामीको उपचार गरेका थिए ।

    रोगको प्रकोप बढ्ने सम्भावनाका बेला केसी आएर बिरामीको उपचारमा आफैं सहभागी हुनुले निकै राहत मिलेको तिलाठीका दिनेश्वर मि श्रले बताए ।

     

    एक सातासम्मको अविरल वर्षासँगै जिल्लाका खाँडो, महुली, जितालगायत नदीमा आएको बाढी पसेर सकरपुरा, लौनियाँ, तिलाठी, रम्पुरा मल्हनियाँ, कोइलाडोको बर्साइन, विसहरियालगायत गाविसका दुई हजारभन्दा बढी घर डुबानमा परेका थिए । वर्षा रोकिएपछि गाउँमा जमेको पानी सुक्न थालेको छ । बाढीका कारण खानेपानीको मुहान प्रदूषित हुनुका साथै बाढीसँगै आउने सर्प, बिच्छी तथा भ्यागुता मरेर बस्ती दुर्गन्धित बनेको छ ।

    बाढीबाट प्रभावित सप्तरीका विभिन्न गाविसमा महामारीको संक्रमण फैलिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालयले औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । बाढीका कारण डुबानमा परेका गाविसमा आवश्यक औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख विजय झाले बताए ।

    बाढी प्रभावित स्थानमा फाटफुट रूपमा रुघाखोकी तथा ज्वरोको बिरामी देखिए पनि प्रभावित क्षेत्रमा अहिले महामारी फैलिने अवस्था नरहेको भन्दै प्रमुख झाले प्रभावित क्षेत्रमा महामारीको अवस्था आउन नदिन आवश्यक सतर्कता अपनाइएको बताए ।

    केही दिनअघि स्वास्थ्य मन्त्रालयले बाढीग्रस्त क्षेत्रमा महामारी फैलिनसक्ने भएकाले प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी पठाउन निर्देशन दिएको थियो । यता बाढीबाट प्रभावित क्षेत्रका पीडितलाई विभिन्न सामाजिक संघसंस्थाले राहत वितरण गर्दै आएका छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.