×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ७ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

दुर्इ हजार तीन सय विद्यार्थी गायब !

  •  
  • आइतबार, साउन २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर

    छेटु शेर्पा

    संखुवासभा: जिल्लाका सरकारी विद्यालयमा अध्ययनरत दुई हजार तीन सय विद्यार्थी १० महिनाभित्रै गायब भएका छन् । जिल्ला शिक्षा कार्यालयले विद्यार्थीको यकिन तथ्यांक प्रमाणित गर्न विद्यालयकै प्रधानाध्यापक र स्रोत व्यक्तिलाई जिम्मा दिएर तथ्यांक संकलन गरेपछि ठूलो संख्यामा विद्यार्थी नभेटिएका हुन् ।

    संखुवासभाका जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतम यति ठूलो संख्यामा विद्यार्थी नपाएपछि आफू चकित भएको बताए । उनी विद्यार्थीलाई नक्कली भन्न नसकिएको तर नपाइएपछि विद्यालयले नक्कली बनाएर तथ्यांक पठाउने गरेको पुष्टि भएको बताए । नक्कली विद्यार्थीभन्दा पनि विद्यालय छाडेका, स्थानान्तरण भएका केही र केही नक्कली नै भएको शिक्षा कार्यालयको राय छ ।

    शिक्षा कार्यालयले प्रधानाध्यापकले प्रमाणित गरी स्रोत व्यक्तिमार्फत तथ्यांक माग गरी दुरुस्त राख्ने प्रयास गरेको थियो । अघिल्लो वर्षभन्दा विद्यार्थी घटेको र गत २०७२ जेठमा ४० हजार तीन सय ५९ विद्यार्थी थिए । १० महिनापछि २०७२ चैतमा प्रधानाध्यापकले नै प्रमाणित गरी पठाएको विवरणमा ३८ हजार आठ सय ५५ जनामात्र विद्यार्थी जिल्लामा रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लामा तीन सय ७६ सरकारी विद्यालय छन् ।

    यता शिक्षा कार्यालयले विद्यार्थीको संख्यामात्र नभएर छात्रवृत्ति पाउने अशक्त विद्यार्थीको तथ्यांकसमेत दोहोरो पद्धतिमा प्रमाणित गरेका छन् । विद्यालयले दिएको आधारमा छात्रवृत्ति दिने गरे पनि यस वर्ष जिल्ला अपांग संघ र महिला तथा बालबालिका कार्यालयसँग सहयोग लिई अशक्त विद्यार्थी छनोट गरेको हो ।

     

    राज्यले अपांगता भएका, दलित र १–८ का छात्रालाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । गत वर्ष जिल्लामा छात्रवृत्ति शीर्षकमा मात्र २२ लाख खर्च भएको तर यो वर्ष १३ लाखमात्र खर्च भएपछि नौ लाख रकम फिर्ता भएको छ । विद्यार्थीको संख्या र वास्तविकता तथ्यांक प्रमाणितपछि राज्यले बेहोर्दै आएको घाटा यस वर्षबाट पूर्ण रूपमा बन्द भएको जिशिअ आचार्यको भनाइ छ ।

    कार्यालयले अपांग पाँच सय १८, दलित तीन हजार चार सय १३, छात्रा १५ हजार पाँच सय ४५ विद्यार्थी र माध्यमिक शिक्षा छात्रवृत्ति ६ सय ७२ जना गरी जम्मा २० हजार एक सय ४८ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका छन् ।
    शिक्षा क्षेत्रमा राज्यले लगानी गरेको र उपलब्ध कम भएपछि राज्यले नै लिएको निःशुल्क शिक्षा, अनिवार्य शिक्षा र भर्ना अभियान पूर्ण हुनसकेको छैन ।

    राज्यको वृत्ति सुविधा लिने शिक्षक नै आफ्नो जिम्मेवारी, राज्य र विद्यार्थी उत्तरदायी नभएपछि उपलब्ध शून्य भएकाले यसलाई थप कार्यान्वयन गर्न राज्यबाटै कडा कदम चाल्नुपर्ने पूर्वशिक्षक एवं अभिभावक भक्तबहादुर श्रेष्ठ बताउँछन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.