×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ७ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

भारतीयको आक्रमणमा नेपाली सुरक्षाकर्मी घाइते

  •  
  • आइतबार, साउन २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भारतीयको कुछाइबाट घाइते भएका सशस्त्र प्रहरी जवान रत्नेस साह । तस्बीरः क्रान्ति शाह

    क्रान्ति शाह

    वीरगन्जः नेपालीभूमि भित्र छिरेर बालुवा तस्करी गरेका भारतीयले नेपाली सुरक्षाकर्मीलाई आक्रमण गरेर घाइते बनाएका छन् । पर्साको पिडारीगुठी गाविस ६ पाण्डेपुरमा पर्ने ओरीया खोलामा शनिवार दिउँसो अवैध रुपमा बालुवा उत्खनन् गरिरहेका भारतीयलाइ रोक्न गएका नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण भएको हो  ।

    भारतीयको आक्रमणबाट पर्साको भीखमपुरमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरी जवान रत्नेस साह घाइते भएका हुन् । उनको देब्रे हात गम्भिर चोट लागेको छ ।
    घाइते सशस्त्र प्रहरी जवान साहको चोट लागेको हातमा तीन वटा टाँका लगाइएको सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापाले बताए ।

    शनिबार दिउँसो नेपाल भारत सीमाको दशगजा क्षेत्रबाट नेपाल तर्फ दुई सय ५० मिटर भित्र पसेर ओरीया खोलामा ५०÷६० भारतीयले ५÷६ वटा टयाक्टरमा बालुवा लोड गरिरहेका थिए ।

    स्थानीय नेपालीले प्रहरीलाइ खबर गरेपछि सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट भीखमपुरमा सशस्त्र प्रहरी नायब निरीक्षक हरिप्रसाद लम्साल, प्रहरी चौकी पाण्डेपुरबाट प्रहरी सहायक निरीक्षक गोपाल खड्का र प्रहरी चौकी पिडारीगुठीबाट प्रहरी सहायक निरीक्षक राजकुमार घलानको नेतृत्वमा १७ जना सशस्त्र र नेपाल प्रहरी ओरीया खोलामा पुगेका थिए ।

    प्रहरीले नेपाली भूमीबाट बालुवा उत्खनन् गर्न आग्रह गरेपछि भारतीयले लठ्ठी र साबेलले आक्रमण गरेको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए ।

    भारतीयको आक्रमणबाट सशस्त्र प्रहरी जवान साह घाइते भएको उनले बताए । भारतीयले आक्रमण गरेपछि नेपाली सुरक्षाकर्मीले लठ्ठी चार्ज गरेपछि भारतीय भागेको र घटनास्थलबाट बालुवा तस्करीमा प्रयोग गरिएको भारतीय आइचर टयाक्टर र बी आर २२ एन २०२८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

    दुवै सवारी साधन सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भीखमपुरमा राखिएको सशस्त्र प्रहरी उपरीक्षक थापाले जानकारी दिए । एक वर्ष पहिले पनि ओरीया खोलामा बालुवा उत्खनन् गर्ने क्रममा भारतीयहरुले नेपाल प्रहरीलाइ कुटपिट गरेका थिए । भारतीयहरुले समाचार संकलन गर्न गएका पत्रकारमाथि पनि आक्रमणको प्रयास गरेका थिए ।

    नेपाली भूमीमा पर्ने ओरीया खोलाबाट भारतीयहरुले वर्षा देखि बालवा उत्खनन् गरेर भारत तर्फ तस्करी गर्दै आएका छन् ।

    भारतीय सीमासंग जोडिएको पिडारीगुठी गाविसको पाण्डेपुर, पिपडाढी र बिसुनपुर्वामा अवस्थित दशगजा क्षेत्रमा ओरिया खोला पर्छ । भारतीयले दशगजा क्षेत्रमा रहेको चार सय २४ नम्बरको सीमा स्तम्भबाट पनि तीन सय मिटर नेपाल तर्फको भूमिमा छिरेर ट्रयाक्टर र गाडामा बालुवा उत्खनन् गरेर भारत लैजाने गरेका छन् ।

    भारतीयले नेपालीभूमीको ओरिया खोलबाट दिनहु दुई तीन सय ट्रयाक्टर बालुवा अवैध रुपमा उत्खनन् गरेर भारतको भंगहा, इनरवा, सिक्टा, बेतिया र नरकंटियागन्जसम्म लगेर बिक्री वितरण गर्दै आएको पिडिारीगुठीका इन्दु चौधरीले बताए ।

    भारतीय बालुवा तस्करलाई भारतीय प्रहरी र भारतीय सिमा सुरक्षा बल एसएसबीले पनि संरक्षण दिने गरेको चौधरीको भनाइ छ ।

    सीमावर्ती भारतीय गाउँ गदियानी र भंगहाका भारतीयले नेपालीभूमि पनि मिचेका छन् । दशगजा क्षेत्रमा रहेको ४२३ नम्बरको मुख्य सीमा स्तम्भ करिब एक दशक अगाडि ओरीया खोलामा आएका बाढीले बगाए पछि भारतीयले खोलाको छेउको खेती योग्य नेपाली भूमी आफ्नो भएको दाबी गर्दै आएको स्थानीय श्यमसुन्दर महतो थारुले बताए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.