×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

ओली उपहार-निःशुल्क डायलासिसले दिएको उत्साह

  •  
  • आइतबार, साउन २३, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर

    दीपा दाहाल

    काठमाडौं: अनिल पुन ३० वर्षमा टेके । बागलुङका उनी कक्षा १० को परीक्षाका लागि तयारी गरिरहेका बेला मिर्गौला फेल भयो र जीवनको याचना गर्दै डायलासिसका लागि काठमाडौं हानिए । त्यसपछि जन्मथलोमै फर्खिए उनी ।

    डायलासिसमा धेरै वर्ष बिताएका उनले दीर्घकालीन समाधान खोज्दै वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरे तर फोक्सोको संक्रमणले तीन वर्षमै उनको प्रत्यारोपण असफल भयो । फेरि डायलासिसकै भरमा उनको जीवन अघि बढ्यो ।

    उपचारका लागि १२ वर्षमा उनले करिब ६० लाख रुपैयाँ खर्चेका छन् । घरखेत अर्कैको हातमा परिसकेको छ । सहयोग माग्ने ठाउँ कतै नभएपछि विरक्तिमा छट्पटाइरहेका बेला सरकारले डायलासिस सेवा निःशुल्क गरिदियो । हिजोआज उनको जीवनमा नयाँ उत्साह देखिएको छ ।

    वीर अस्पतालमा तीनपटक निःशुल्क डायलासिस गरिसकेका र चौथोपटक डायलासिसका लागि शरीरमा मेसिन जडान गर्नुअघि उनले अन्नपूर्णसँग भने, ‘जीवनप्रतिको आशा मरिसकेको थियो तर डायलासिस निःशुल्क गर्न पाउँदा त्यो आशा फेरि पलाएको छ । कोठाभाडासमेत तिर्न नसक्ने अवस्थामा छु । डायलासिस निःशुल्क गर्ने निर्णयमा सरकार पुगेको दिन खुसीले मेरा आँसु झरेका थिए ।’

    गत वैशाख ३० गते एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले मिर्गौला फेल भएका बिरामीलाई साताको दुईपटकका दरले आजीवन निःशुल्क डायलासिस सेवा दिने घोषणा गरेको थियो । त्यसको करिब साढे दुई महिनापछि मात्रै अस्पतालहरूले डायलासिस सेवा निःशुल्क गर्न थालेका हुन् । वीर अस्पतालले साउन १२ गतेदेखि सातामा दुईपटकका दरले डायलासिस सेवा निःशुल्क गरेको छ ।

     

    अनिल आफूलाई भाग्यमानी सम्झिन्छन् र भन्छन्, ‘मजस्ता सबै बिरामीलाई लक्षित गर्र्दै सरकारले चालेको यो कदमले जीवन रहेसम्म सकारात्मक आशा र उत्साह दिनेछ । सबैको उपचार गर्दागर्दै पैसा रित्तिएको थियो ।’

    डँडेल्धुराकी ३१ वर्षीया मनकला कार्कीको कथा अलि फरक छ तर व्यथा झन्डै अनिलसँग मिल्दोजुल्दो । गत माघमा दुवै मिर्गौला फेल भएपछि जीवन बचाउन उनले ठूलो संघर्षमा होमिनुपर्‌यो । उच्च रक्तचापको समस्या भोगिरहेकी उनलाई डँडेल्धुरा उपक्षेत्रीय अस्पतालले मिर्गौलामा समस्या देखिएको संकेत गर्दै कोहलपुर जान सुझायो ।

    कोहलपुर मेडिकल कलेजले वीर अस्पताल रेफर गरेपछि यहाँ आएर जाँच गरेकी उनको मिर्गौलामा समस्या आएको चिकित्सकले बताए । त्यसपछि उनी औषधि बोकेर घर फिरेकी थिइन् ।

    अत्यधिक ज्वरो आउने, छिनछिनमा पिसाब आउने, अनुहार र खुट्टा सुन्निनेजस्ता समस्या सुरु भएपछि गत जेठमा उनी पुनः वीर अस्पताल आइन् । जाँचपछि मनकलाका दुवै मिर्गौला फेल भएको नतिजा आयो । पहिलोपटक डायलासिस गर्न तयार हुँदै गरेकी उनले भनिन्, ‘मेरो घर धेरै टाढा छ । उपचारका लागि आउनेजाने खर्च जुटाउन नै मुस्किल छ ।

    यस्तो बेला निःशुल्क डायलासिस गर्न पाइने भयो । पक्कै पनि यसबाट म खुसी छु ।’ मनकलाको भित्री इच्छा सरकारले अब आफ्नो जिल्लामा पनि डायलासिस सेवा विस्तार गरिदेओस् वा प्रत्यारोपण निःशुल्क गरोस् भन्ने छ ।

    ‘डायलासिस गर्न हामी दुई दिनको यात्रा तय गर्दै ज्यान धरापमा पारेर काठमाडौं आउनुपर्छ । यहाँ कोठा लिएर बस्ने क्षमता छैन । निःशुल्कै भए पनि डायलासिस गर्न सधैंभरि काठमाडौं आउनसक्ने अवस्था हुँदैन’, उनले भनिन् । उनको सुन्निएको अनुहारमा आफ्नो रोगभन्दा घरपरिवार तथा बालबच्चाको पिर र विगतमा रोग पत्ता लगाउन खर्च भएको पैसा कसरी जुटाएर साहूलाई तिर्ने भन्ने चिन्ता बढी झल्किन्छ ।

    वीर अस्पालतमा अहिले दैनिक २० जनाले निःशुल्क डायलासिस सेवा लिइरहेका छन् । अनिल, मनकलाजस्ता मिर्गौला फेल भएर लामो समयदेखि डायलासिस गरिरहेका बिरामीको अनुहार पहिलेभन्दा तेजिलो हुन थालेको छ । तर उनीहरू आफ्नो जीवन बचाउने दीर्घकालीन उपाय भने मिर्गौला प्रत्यारोपण नै भएको बताउँछन् । त्यसका लागि आफूहरूसँग पैसा नभएकाले सरकारले नै सहयोग गर्नुपर्ने माग उनीहरूको छ ।

    ‘सरकारले निःशुल्क डायलासिस गरेर राम्रो निर्णय गरेको छ । यसले हामीजस्ता रोगीको जीवनको रक्षा पनि गर्छ’, डायलासिसको पालो कुरिरहेका स्याङ्जाका झङ्गनाथ शर्माले भने, ‘तर प्रत्यारोपण सेवालाई सहज बनाएर निःशुल्क गरिदिने हो भने हामीजस्तालाई झन् अर्थ राख्नेछ ।’

    लामो यात्रा तय गर्दै काठमाडौं छिरेर डायलासिसका लागि पैसा जोहो गर्दा पाएको दुःख सम्झिँदा उनलाई नरमाइलो लाग्छ । ‘उहाँ सरकारी जागिरबाट अवकाश हुनुभएको हो र पनि डायलासिसको पैसा जुटाउन हामीलाई हम्मेहम्मे हुन्थ्यो’, उनकी पत्नी यमुनाले भनिन्, ‘यहाँ त अधिकांश केही पेसा नभएका बिरामी आउँछन् । उनीहरूको हालत के भयो होला ? ‘

    वीर अस्पतालजस्तै अहिले मुलुकका विभिन्न ३५ भन्दा धेरै डायलासिस केन्द्र र अस्पतालमा बिरामीले मिर्गौलाको डायलासिस सेवा लिइरहेका छन् । उनीहरूले ती सबै केन्द्रबाट निःशुल्क सेवा पाएका छन् कि छैनन् भन्नेमा स्वास्थ्य मन्त्रालयले समयमै अनुगमन गर्नुपर्ने देखिन्छ । अस्पतालका नेफ्रोलोजिस्ट डा. अनिल बराल सरकारले निःशुल्क गरेपछि डायलासिस गराउन चाहने बिरामीको संख्या बढे पनि त्यसअनुसार मेसिन नहुँदा कठिनाइ भइरहेको बताउँछन् ।

    वीरमा हाल १० वटा मेसिनबाट बिरामीलाई मिर्गौलाको डायलासिस सेवा दिइएको छ । अस्पताल परिसरमै जापान सरकारले निर्माण गर्न लागेको भवनमा ३० वटा मेसिन जडान गरी मिर्गौला डायलासिसको सेवा दिने योजना छ । नेपालमा बर्सेनि मिर्गौला फेल हुनेको संख्या करिब तीन हजार रहेको चिकित्सकको अनुमान छ ।

    मिर्गौला फेल हुनुको मुख्य कारण मधुमेहलाई मानिएको छ । स्वस्थ जीवनशैली अपनाएमा मधुमेहबाट बच्न सकिने र त्यसबाट पर्ने दीर्घकालीन असरबाट पनि जोगिन सकिने चिकित्सकको सल्लाह छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.