×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ६ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

राजमार्ग छेउका घरमा डोजर चल्यो

  •  
  • आइतबार, साउन २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    श्रावण २२, २०७३- राष्ट्रिय वन अतिक्रमण गरेर धादिङस्थित पृथ्वी राजमार्ग छेउछाउमा स्थायी संरचना र घुम्तीपसल संचालन गरि वसेका घर टहराहरु शनिवारबाट हटाउन सुरु गरिएको छ । वैरेनी-८, भल्टारस्थित बालकुमारी सामुदायिक वन समितिले मासिक भाडामा लगाएका ३ वटा घरटहराहरु शनिवार जिल्ला बन कार्यालयले भत्काएको छ ।

     

    भल्टारको हाईवे बन कटेज, भल्टार वन कटेज तथा कोल्ड स्टोर संचालन गरि बसेका ३ वटा स्थायी संरचना र चिरौंदीको निर्माणाधिन संरचना डोजर लगाएर भत्काईएको छ । यी पसलवाटै ग्राहक लाई गाँजा बेच्ने गरेको आरोपमा गत १९ गते स्थानीय २८ वर्षीय सुवर्ण खतिवडा लाई प्रहरीले वेच्न तयार राखेको ५८ वटा गाँजाको पोका सहित पक्राउ गरेको थियो ।
    शनिवार अपरान्ह जिल्ला वन अधिकृत इमानाथ पौडेलको नेतृत्वमा सडक डिभिजन कार्यालय सहितको टोलीले राजमार्गको मापदण्ड मिचेका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका घर टहरा भत्काउनु सँगै लगत संकलन पनि सुरु गरेको छ ।

    जिल्ला परिषद को निर्णय अनुसार शुक्रवार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीको अध्यक्षतामा वसेको जिल्ला वन समन्वय समितिको बैठकले पृथ्वी राजमार्ग छेउमा अतिक्रमण गरेर बसेका अवैध घरटहराहरु तत्काल भत्काउने निर्णय गरेको जिल्ला बन अधिकृत पौडेलले बताए ।

    अनुगमन टोलीले अतिक्रमण गरि करोडौंको लगानीमा निर्माण गरेको वेनीघाटको सलाङ्गघाट स्थित कृपान्जली होटलका संचालक कृष्ण सिलवाल लाई पनि घर खाली गर्न ७ दिने म्याद दिएकोछ । 
    बन अधिकृत पौडेलले भल्टारमा व्यापार गर्न टहरा निर्माण गरि वसेका व्यक्तिहरु संग लालपुर्जा माग गर्दा कसैले पनि देखाउन नसकेको बताए ।  टोलीले भल्टार वन कटेजका संचालक सरोज अधिकारी लाई पक्राउ समेत गरेको छ ।

    राष्ट्रिय वन अतिक्रमण गर्ने लाई वन ऐन २०४९ को दफा ४९ वमोजिम कारवाहीको माग गरि मुद्दा दायर गरिने वन अधिकृत पौडेल वताउँछन् ।
    पृथ्वीराजमार्गको धादिङ खण्डमा पर्ने ८६ किमीमा पक्की संरचना निर्माण गरि सयौं होटलहरु संचालनमा  छन् ।

     

    तस्विरहरु : हरिहरसिंह/कान्तिपुर 

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.