कैलासबावु श्रेष्ठ/गोरखा
श्रावण २१ गते । सम्भवत विश्ककै सर्वाधिक पशु बली चढने नेपालको गढीमा मन्दिरमा बलि चढाउन रोक्ने उद्व्श्यका साथ सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ । 
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सरकारले एउटा समिति बनाएर गढीमाई मेलामा हुने क्रुर व्यवहार रोक्नका लागि उचित काम गर्न निर्देशनात्मक आदेश दिएको हो । 
सर्व साधारण जनतालाई मन्दिरमा पशु बलि दिनु ठीक होइन भन्ने जनचेतना जगाउन र जनता आफैँले आचारसंहिता तयार गरी लागू गर्ने वातावरण बनाउन सरकारलाई सर्बोच्चले आदेश दिएको हो ।
सर्बोच्चले आदेशमा भनेको छ वातावरणीय दृष्टिकोणले समेत बलि दिनु उचित नभएको हुँदा सरकारले त्यसलाई रोक्नका लागि समिति गठन गर्न निर्देशन दिइसकेको हो ।
पशुबलि क्रुरताको रुप भएकाले त्यसलाई रोक्न आदेशको माग गर्दै अधिवक्ता अर्जुनकुमार अर्यालले २०७१ मङ्सिर ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गढीमाई मन्दिर व्यवस्थापन समितिलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए ।





















