×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ६ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

खाना खाँदा विचार गर्नुस्, भिटामिन ‘बी’ र ‘डी’ छुट्ला !

  •  
  • सोमबार, साउन १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    यस्तो छ भिटामिन ‘बी-१२’ र भिटामिन ‘डी’को उपयोगिता

    १७ साउन, काठमाडौं । भिटामिनयुक्त खाना हाम्रो शरीरका लागि निकै आवश्यक छ । यसले शरीरलाई आवश्यक पर्ने पोषकतत्व प्रदान गरी विभिन्न रोग लाग्नबाट बचाउँछ । यसको कमीले आँखा कमजोर हुने, नसा कमजोर हुने, हड्डी कमजोर हुने, रगतको कमी लगायतका विभिन्न समस्या निम्त्याउँछ ।

    शरीरलाई चुस्त दुरुस्त राख्नका लागि पनि भिटामिनयुक्त खानालाई हाम्रो दैनिक आहारमा समावेश गर्न उत्तिकै जरुरी छ । तर बदलिँदो जीवनशैली तथा व्यस्त दैनिकीका कारण हामीले यस्ता कुरामा त्यति ध्यान दिन सकिरहेका छैनौं । परिणामस्वरुप हामी बिभिन्न रोगको शिकार बन्ने गरेका छौ ।

    रोगबाट बच्न हामीले आफ्नो दैनिक आहारमा भिटामिनयुक्त खानेकुरा मिसाएर खान जरुरी छ । शरीरलाई जति आइरन, क्याल्सियमको जरुरत हुन्छ त्यति नै भिटामिन ए, बी, सी र डीको पनि पर्छ । त्यसमध्ये पनि अहिले काठमाडौंमा भिटामिन बी-१२ र भिटामिन ‘डी’को धेरै विरामी फेला परेका छन् । उनीहरुमा ‘भिटामिन बी १२’ र भिटामिन ‘डी’ ज्यादै न्युन पाइने गरेको छ ।

    भिटामिन बी-१२ को फाइदा

    पछिल्लो समय शाकाहारी व्यक्तिहरुमा भिटामिन बी-१२ को कमी देखिएको छ । कतिपय विरामीलाई उपचारको क्रममा रगत परीक्षण गराउँदा भिटामिन ‘बी’ कै कमी हुने गरेको पाइएको छ ।

    Vitamins B 12

    सामान्यतया भिटामिन ‘बी’ भनेको मानिसको शरीरलाई चाहिने एक किसिमको पोषण तत्व हो । यो आठ प्रकारका भिटामिन ‘बी’ मध्यको एक हो । यसले हामीले खाएको खानालाई ग्लुकोजमा परिणत गर्छ, जसले शरीरलाई तागत दिन्छ ।

    यसका विभिन्न फाइदा छन् । जस्तै रातो रक्त कोषिका निर्माण गर्छ, नानीमासुको पुनः उत्पादन गर्छ र नसा बलियो बनाउँछ ।

    भिटामिन बी-१२ को कमीले हुने समस्या

    विशेषगरी बदलिँदो जीवनशैली तथा आहार विहारमा भएको परिवर्तनको कारण मानिसहरुमा बिभिन्न समस्या देखिएको विज्ञहरु बताउँछन् ।

    भिटामिन ‘बी-१२’ को कमी भएमा हाम्रो शरीरमा विभिन्न किसिमका रोग लाग्ने गर्छ । यसले नसा सम्बन्धी विभिन्न रोग निम्त्याउनुका साथै स्वास्थ्यमा तनाव उत्पन्न गराउँछ ।

    भिटामिन ‘बी-१२’ को कमी भएमा नसा पोल्ने र झमझमाउने, हात काँप्ने, दिमागमा तनाव सिर्जना हुने, मानसिक रोग निम्तने र मेघालोव्लाष्टिक एनिमिया अर्थात् एक प्रकारको रक्त अल्पताको समस्या हुने गर्दछ ।

    भिटामिन बी-१२ केमा पाइन्छ ?

    भिटामिन बी-१२ सहजै उपलब्ध हुने बिभिन्न खानेकुराहरुमा पाइन्छ, जसलाई खानामा मिलाएर खान सकिन्छ । पोषणविदका अनुसार माछा, मासु, अण्डा, कलेजो, दही आदि खानेकुरामा भिटामिन बी-१२ पाइन्छ ।

    तर, माछा मासु कलेजो, अण्डा खानु अघि स्वस्थ र राम्रोसँग पाकेको छ कि छैन ख्याल गर्नुपर्दछ । यदी तपाईं शाकाहारी हुनुहुन्छ भने नियमित रुपमा दहीको सेवन गर्नाले पनि फाइदा हुने पोषणविद बताउँछन् ।

    भिटामिन ‘डी’

    भिटामिन बी-१२ जस्तै भिटामिन ‘डी’ पनि हाम्रो शरीरका लागि अत्यावश्यक छ । हड्डीको वृद्धि विकासका लागि भिटामिन ‘डी’ बढी आवश्यक छ । यसले आइरन, क्याल्सियम र म्याग्नेसियमलाई सोस्छ र शरीरलाई आवश्यक पर्ने तत्व प्रदान गर्छ ।

    Vitamins D

    यो विशेषगरी घामको माध्यमबाट छाला हुँदै शरीरमा पस्ने गर्छ । त्यसैले बिहान समयको घाम ताप्नाले पनि भिटामिन ‘डी’ प्राप्त हुन्छ ।

    बिहानको समयमा साना शिशुहरुलाई घाममा राखेर तेल लगाउनुको कारण शरिरमा भिटामिन डी प्राप्त होस् भन्ने उद्देश्यले पनि हो । शिशुहरुलाई मात्रै होइन वयस्क र बृद्धबृद्धाहरुलाई पनि घाम ताप्नु जरुरी छ ।

    भिटामिन ‘डी’को कमीले हुने समस्या

    भिटामिन ‘डी’को कमीले मुख्य गरी हाड कमजोर हुन्छ । शरीरमा भिटामिन ‘डी’को कमी भएमा हड्डीको विकास हुन सक्दैछ र हड्डी सुक्ने, कोषिकाको विकास नहुने लगायतका समस्या देखा पर्दछ । यसका साथै घुँडा खिइने, खुट्टा दुुख्ने, बाथरोग लाग्ने, मधुमेह र उच्च रक्तचाप इत्यादी समस्या पनि देखिन्छ ।

    यो घामसित सम्बन्धित रहेकाले खानपानले यसमा त्यति असर पार्दैन । तर पनि बढ्दो शहरीकरणसँगै काठमाडौंलगायत आसपासका क्षेत्रमा दूध दही खाने क्रम घट्दो तथा जंक फुड खाने क्रम बढ्दो छ । जसले गर्दा शरीरमा ‘भिटामिन डी’ को कमी हुने गर्छ । जंक फुडले हड्डीलाई कमजोर बनाउने काम गर्छ । त्यसबाट बँच्न जंकफुड नखाएकै बेस हुन्छ ।

    भिटामिन ‘डी’ केमा पाइन्छ ?

    भिटामिन ‘डी’ पाउन बिहानको घाम ताप्नु सबैभन्दा उत्तम उपाय हो । विहान छ बजेदेखि सात बजेसम्म प्राप्त हुने घाममा करिब ३० मिनेट बस्नाले शरीरलाई ‘भिटामिन डी’ प्राप्त हुन्छ ।

    त्यसबाहेक दूध, माछा, हाडे बदाम, कलेजो, भटमास आदि खानेकुरा खाँदा पनि राहत पाउन सकिन्छ ।  बिरामी भएर उठेका र कोठाभित्र बसिरहेका वृद्धवृद्धालाई बाहिर घाममा घुमाउने र शरीरमा तेलले मालिस गरिदिएमा उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ।

    (पोषणविद डा. भुपाल बानियाँसँग कुराकानीमा आधारित । डा. बानियाँ चाबहिलस्थित ओम अस्पतालमा कार्यरत छन् ।)

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.