×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

केसी हारे नेपाली हार्छन्, शनिबार माइतीघर जाउँ

  •  
  • शुक्रबार, साउन ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मिलन पाण्डे/उज्वल थापा
    केही वर्षअघि एउटा अन्तर्वार्तामा डा. गोविन्द केसीलाई सोधियो, ‘तपाईंको जिन्दगीका मुख्य तीन प्राथमिकतामा के–के पर्छन्?’
    उनले धेरै नसोची फ्याट्टै भने, ‘मेरो पहिलो प्राथमिकता मेरा बिरामी, दोस्रो प्राथमिकता मेरा विद्यार्थी र मेरो कुनै तेस्रो प्राथमिकतै छैन।’
    डा. केसीलाई भेट्ने जोकोहीले उनीमा भएको त्याग, निष्ठा र इमानदारी महशुस गर्न सक्छ। नत्र बारम्बार आफ्नो ज्यानको बाजी थापेर आठ–आठचोटि अनसन बस्न को तयार हुन्छ र यो युगमा? तर, आम नेपालीलाई उनको त्याग र तपस्याले भन्दा उनको अभियानबाट के फाइदा हुन्छ भन्ने प्रश्नले महत्व राख्छ।
    ‘म त एक आमनेपाली हुँ। मलाई के नै फाइदा हुन्छ र केसीको सत्याग्रहले?’ यस्तै सोच अहिले तपाईं अनि लाखौं नेपालीको मनमा घुमिरहेको छ होला। यो स्वाभाविक पनि हो। जताततै निराशाले छोपिरहेको नेपालमा यसको उत्तर प्रस्टसँग पाउन गाह्रो पनि छ। तपाईंले डा. केसीबाट प्रस्ट उत्तर पाउन पहिले यी केही प्रश्नको जवाफ आफैंले खोज्नु पर्नेछः
    १) के तपाईंलाई अस्पतालबाट क्लिनिक ‘रेफर’ गरिएको छ?
    २) के तपाईंलाई डाक्टरले हतार–हतार जाँची पठाएको छ?
    ३) के तपाईंले एउटा डाक्टरमा पत्यार नलागी फरक–फरक डाक्टरलाई आफ्नो रिपोर्ट देखाउनुपरेको छ?
    ४) के तपाईंले मनमनै कुनै अस्पताललाई ‘ठग’ भन्नुभएको छ?
    ५) के तपाईंलाई कहिले स्वास्थ्य जाँच गराएर फर्कंदा गोजी नै रित्तिएको अनुभव भा’छ?
    ६) के तपाईंलाई आमा–बा बिरामी हुँदा ‘खेतबारी बेच्नुपर्छ कि क्या हो’ जस्ता सोच जागेको छ?
    ७) के तपाईंलाई ‘नेपालमा त अब भरै लागेन बरु दिल्ली, लखनऊ नै लग्नुपर्छ कि क्यो हो’ जस्तो भा’छ?
    ८) के तपाईंले ‘त्यो अस्पताल त जानै नपरोस् बरु झाँक्री र वैद्यबाटै निको पार्छु’ भन्ने प्रण गर्नु भा’छ?
    ९) के तपाईंलाई वा परिवारमा कुनै बेला डक्टर–नर्स बन्न मन लागे पनि धन नपुगेर त्यो सपना मार्नुपरेको छ?
    १०) के तपाईंले औषधि पसलेलाई सोध्नु भा’छ– ‘यो औषधि त अलि महँगै रैछ, अलि सस्तो खाले छैन?’
    अनशन बसेका डा. केसी तपाईंका यिनै व्यथा समाधान गर्न लडिरहेका छन्।
    सबैले सर्वसुलभ स्वास्थ्य सेवा पाउनुपर्छ, चिकित्सा क्षेत्रको चरम व्यापारीकरण अन्त्यहुनुपर्छ र स्वास्थ्य सेवा सहरकेन्द्रित हुनुभएन भन्ने नै डा. केसीका मुख्य चासो हुन्। अहिलेसम्म खुलेका २० मेडिकल कलेज सबै सहरमा छन्, त्यसमा पनि सातवटा त काठमाडौं उपत्यकामै छन्। अस्पताल खोल्दा वा डाक्टर बन्दा करोडौं खर्च गरिनुले त्यो खर्च उठाउन उनीहरू नाफामुखी र सुविधामुखी हुन बाध्य छन्। यसरी नै लगानी गर्ने र लगानी उठाउने चक्रमा फसेको छ मेडिकल पेसा। डा. केसी यही गोलचक्कर अन्त्य गर्न लडिरहेका छन्। यो गोलचक्कर टुट्नुपर्छ। पैसा तिरेर डाक्टर पढ्ने अनि त्यही पैसा उठाउन नाफामुखी भएर काम गर्ने प्रवृत्ति टुटाएर सेवाको भाव जगाउनुपर्छ। तर, यो प्रवृत्ति तोड्ने साहस कसमा छ?
    डा. केसीले त्यो साहस देखाएका छन्। र, उनलाई अब खाँचो छ हाम्रो साथ र ऐक्यबद्धताको।
    नेपालमा आज पनि पाँच जनामध्ये चार जना गाउँमा बस्छन् र आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित छन्। तपाईं–हामी त्यो एक जनामा परौंला, त्यो बेग्लै कुरा भयो। तर, चार जनामा पर्ने दुर्गम गाउँका ती आमजनता सिटामोलको अभावमा ज्यानको माया मार्न बाध्य छन्। अहिले पनि नेपालमा झाडापखालाले तन्नेरीहरूको मृत्यु भइरहेको छ। अहिले पनि अस्पतालमा एक्सरेजस्तो सामान्य उपकरण अभावमा बिरामी कैयौं दिन लगाएर काठमाडौं धाउन बाध्य छन्। उनीहरूलाई डोकोमा बोकेर स्वास्थ्य चौकीमा लैजाँदा–लैजाँदै अन्तिम समयमा हेल्थपोस्ट पुग्दा त्यहाँ कम्पाउन्डरसमेत नभएर ज्यान गुमाउनेको संख्या धेरै छ। स्वास्थ्य चौकीमा पनि सिटामोल समेत नभएर मानिसहरू पीडामा छन्। यसका लागि को बोल्ने? कसले कदम चाल्ने?
    अर्को बिडम्बना, नेपालको मेडिकल शिक्षाको छ।
    नेपालमा लगभग १०५ सिट खुला प्रतिस्पर्धामार्फत् आउँछ भने ९०५ सिटका लागि एक जनाले कम्तीमा ५० लाख तिर्नुपर्ने बाध्यता छ। ९५ मा पाँच जना आमनागरिक त्यो हैसियत राख्दैनन्। ५० लाखभन्दा धेरै नेपाली त दिनमा सय रुपैयाँभन्दा कम कमाउँछन्। यस्तो स्थितिमा उनीहरूको डाक्टर बन्ने सपना के हुन्छ? पैसा तिरेर पढ्दा पनि को सक्षमभन्दा कसले बढी पैसा तिर्ने भन्ने प्रतिस्पर्धाबाट बन्ने डाक्टरको मनोबल अनि उद्देश्य के होला? यही कारणले हो, नेपालमा मध्यम वर्गीय परिवारलाई समेत डाक्टर बन्न असम्भव देखिएको छ। हुँदाहुँदा अब मेडिकल शिक्षा पनि व्यापार नै बनिसकेको छ, जसमा धेरै नेता र राजनीतिक दलका सदस्यको लगानी छ। यसले नीति–नियमसमेत व्यक्ति र पार्टी विशेष बन्दै गइरहेका छन्। नैतिक भ्रष्टाचार बढ्दैछ, जसले आमनागरिक प्रत्यक्ष प्रभावित हुँदैछन्।
    सहरमा थुपारिएका स्वास्थ्य सेवा र डाक्टरको हालत पनि दयनीय नै छ। एउटा डाक्टरले दिनमा १० ठाउँ धाएर आफूले पढ्दाको लगानी उठाउन बाध्य छन्। उनीहरू सेवा र शिक्षामा ध्यान दिएर राम्रो डाक्टर बन्नभन्दा विद्यार्थी जीवनको पहिलो दिनदेखि नै लगानी उठाउन मानसिक तनावमा हुन्छन्। त्यस्ता विद्यार्थी राम्रो डाक्टर बन्छ कि राम्रो व्यापारी?
    सहरका मध्यमवर्गीय नागरिक पनि हालको स्वास्थ्य व्यवस्थाबाट आजित छन्। आमनागरिकदेखि ठूला–ठूला व्यक्ति पनि नेपालको स्वास्थ्य सेवामा विश्वास गर्न छाडेका छन्। हामी एउटा डाक्टरले जाँचेको पत्याउँदैनौं। एउटा डाक्टरले लेखेको औषधिसमेत हामी खाँदैनौं, किनकि हामीलाई अधिकांश डाक्टरप्रति विश्वास छैन। होस् पनि कसरी, त्यस्ता डाक्टरद्वारा टाउको दुखेको बिरामीलाई खुट्टाको एक्सरे गराइन्छ। डाक्टरहरूको पनि आफ्नै समस्या छ, लगानी जो उठाउनुछ। त्यसैले यो लडाइँ त्यस्ता डाक्टरको न्यायका निम्ति पनि हो जसलाई यो व्यवस्थाले राम्रो डाक्टर बन्न दिएन।
    मेडिकल शिक्षा र स्वास्थ्य सेवामा देखिएका यिनै विकृति रोक्न पहल गर्नैपर्छ। यसका लागि डा. केसीलाई हार्न दिनुहुन्न। डा. केसी हारे भने हाम्रो पुस्ताले लुटतन्त्रविरुद्ध बोल्ने आँट कहिल्यै गर्न सक्दैन। र, अन्ततः  लोकतन्त्र नै जोगाउन सकिँदैन। त्यसैले, यो नेपालको लोकतन्त्रकै निम्ति ठूलो लडाइँ हो।
    सधैं लोकतन्त्रका नाउँमा पार्टी्विशेष र पार्टीका नेताविशेषले हालीमुहाली गरिरहेको यो तन्त्रमा एक निष्ठावान व्यक्तिले पनि सही कुराका लागि आवाज उठाउन सक्छ भनेर प्रमाणित गर्ने बेला यही हो। पद र शक्तिभन्दा लोकतन्त्रमा निष्ठावान एक व्यक्ति नै परिवर्तनका लागि काफी हुन्छ भनेर देखाउने बेला यही हो। यो आन्दोलन सफल भयो भने अहिलेको राजनीतिक मानसिकतामै परिवर्तन आउनेछ। आन्दोलनका नाममा बन्द–हड्ताल गर्ने राजनीतिक संस्कारलाई ठूलो धक्का पुग्नेछ। साथै, नेपाली राजनीतिमा नयाँ संस्कारको सुरुआत हुनेछ। स्वास्थ्य क्षेत्रमा त कायापलट नै हुनेछ।
    कथंकदाचित डा. केसी हारे भने लोकतन्त्र हार्नेछ। तीन करोड नेपाली जनताले आफ्नो सामथ्र्यमा विश्वास गुमाउने छन्। हामी फेरि केही व्यक्ति र पार्टीका गुलाम बन्ने छौं। फेरि लोकतन्त्रमा कोही नयाँ राजा अनि कोही नयाँ जंगबहादुर बनेर लोकतन्त्रको श्रीपेच लगाएर राज गर्नेछन्। हाम्रो पुस्ता नै हार्नेछ। भविष्यमा हाम्रा सन्ततिहरूले हाम्रो ‘मौन’ पुस्तालाई धिक्कार्नेछन्।
    डा. केसी हारे भने यो देशमा कसैले सहीलाई सही र गलतलाई गलत भन्न सक्दैन। भ्रष्टाचार र अनियमिताले सदाका लागि जरो गाड्नेछन्। सक्षम व्यक्तिहरू यो देशमा केही हुँदैन भनेर फेरि देश छाडेर हिँड्नेछन्। राम्रो व्यक्तिलाई पनि कहिल्यै प्रेरणा मिल्ने छैन। अहिंसात्मक आन्दोलनले आफ्नो महत्व गुमाउनेछ।
    एकचोटि शान्त भएर हाम्रो परिवारका लागि डाक्टर केसीले कल्पना गरेको नेपाल कल्पना गरौं तः
    १) डक्टर–नर्स दक्ष बन्छन्, ज्यानमारा होइन।
    २) ओखती सस्तो, सुलभ र सही खान पाइन्छ, तलमाथि हुँदैन।
    ३) स्वास्थ्य सेवा बेलैमा पाइन्छ, अबेला होइन।
    ४) अस्पतालमा जँचाउ जँचाउ लाग्छ, भागुँ भागुँ लाग्दैन।
    ५) सन्तानलाई डाक्टर बनाउँदा अब ढाड सेकिन्न, बरु मनै हलुको हुन्छ।
    ६) सिटामोलमा कमिसन होइन, गुणस्तर खोज्ने चिकित्सक पाइन्छ।
    ७) बिरामी कुरुवा बस्नै नपर्ने सेवा पाइन्छ।
    ८) स्वास्थ्य खर्च चरम होइन, नरम हुन्छ।
    ९) चिकित्सकलाई सराप होइन, पहिलेजस्तै सलाम ठोकिन्छ।
    १०) स्वास्थ्य सेवामा दाम कमाउन (मात्र) होइन, नाम कमाउने प्रायः देखिन्छ।
    यस्तो स्वास्थ्य सेवा पाइने नेपालमा बस्न तपाईं–हामी सबैले मिलेर डा. केसीलाई साथ दिने होइन?
    त्यसैले, आउनुहोस् भोलि शनिबार ११ बजे माइतीघर मण्डला आई दसौं हजार नेपालीको वृहत भेलामा साथ दिऔं।
    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.