×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

ढाकाले बढाएको ढुकढुकी

  •  
  • शनिबार, असार २५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    स्रोत: सीएनएनडटकम
    नेपालमा आतंकवादको प्रभाव छैन, तर ढुक्क हुन पनि सकिन्न

    असार २५, २०७३- बिहीबार नेपाली जामे र कश्मीरी मस्जिद अगाडिको सडकमा सवारी निषेध थियो । दरबारमार्ग संस्कृत छात्रावासदेखि रत्नपार्कसम्मको क्षेत्रमा बर्दिधारी प्रहरीको बाक्लो उपस्थिति थियो । छात्रावास, त्रिचन्द्र क्याम्पस, कमलादी मोड, रत्नपार्कका चार कुनामा सादा पोसाकमा उत्तिकै सुरक्षाकर्मी खटिएका थिए ।

    मस्जिद वरिपरि स्थानीय प्रहरीसँगै आतंकवाद हेर्ने नेपाल प्रहरीको विशेष ब्युरोसँगै सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति खटिएका थिए । विशेष कार्यदलमा एक टोली बोलावट आएसँगै तत्काल खटिनसक्ने गरी तयारी अवस्थामा थियो ।

    यो सतर्कताको उद्देश्य इद उल फित्रमा प्रार्थनाका लागि मस्जिद आउने सर्वसाधारणको आवतजावत सहज बनाउने त थियो नै, अन्तर्राष्ट्रिय आतंकवादी आक्रमणको बढदो त्रासलाई लिएर सतर्कता पनि थियो । चारै कुनामा प्रहरीसँगै ब्युरो र विभागका कर्मचारी खटिएका थिए ।

    युरोप, अमेरिकालगायत क्षेत्रलाई हायलकायल पारे पनि नेपालमा आतंकवादी संगठनहरू आईएस र अलकायदाको प्रत्यक्ष प्रभाव देखिएको छैन । तर, इदको समयमा साउदी अरबको मदिनामा रहेको मस्जिददेखि इराक र बंगलादेशका मस्जिद लक्षित आक्रमणका घटना भएपछि नेपालका सुरक्षा संगठन झस्किए । काठमाडौंसँगै नेपालगन्ज, वीरगन्जलगायत मुख्य सहरका मस्जिदहरूमा बिहीबार गरिएको सुरक्षा प्रबन्ध त्यही झस्काईको परिणाम थियो ।

    ‘खतरा मूल्यांकन र विश्लेषणमा तत्काल बंगलादेशझैं आतंकवादी आक्रमणको खतरा नदेखिए पनि कार्यशैलीले चुनौती बढायो,’ नाम उल्लेख गर्न नचाहने एक उच्च प्रहरी अधिकारीले भने, ‘सम्भावित चुनौती सामना र नियन्त्रणका लागि मूल्यांकन र विश्लेषणमा हामी केन्द्रित छौं ।’

    बंगलादेश, भारत हुँदै चीनतिर
    सिरिया र इराकबाट सुरु भएको आईएसरूपी आतंकको लप्का उच्च सुरक्षा सतर्कता अपनाइएका युरोपियन–अमेरिकन मुलुक भित्रिसक्यो । दक्षिण एसियाली मुलुक अफगानिस्तान, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, बंगलादेश र भारतमा आईएसको प्रभाव पुगिसकेको मानिन्छ ।

    २० जनाको ज्यान जाने गरी ढाकाको गुलसनमा भएको आक्रमणको घाउ आलै हुँदा बिहीबार ढाकाकै किशोरगन्जमा पुन: ४ जनाको ज्यान जाने गरी दोस्रो आक्रमण भयो । सन् २०१४ को मध्यबाट जारी हिन्दु पण्डित र विदेशी नागरिकको हत्या घटनाले बंगलादेशमा आईएसजस्ता कट्टरपन्थी समूहहरूको पकड बढदै गएको देखिन्छ ।

    पाकिस्तान, माल्दिभ्स र भारतका युवा भर्ती भएर आईएसका लडाकु बनेका तथ्य सार्वजनिक भइरहेका छन् । भारतको नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआईए) को सन् २०१५ को रिपोर्टअनुसार ४० जना भारतीय नागरिक आईएसको सम्पर्कमा देखिएका थिए ।

    संलग्न देखिएका २४ पक्राउ परे, ६ युवा आईएसको लडाकु बन्न इराक तथा सिरिया पुगे र विभिन्न घटनामा मारिए । पछिल्लो समय आईएस सामाजिक सञ्जालमार्फत चिनियाँ मुस्लिम युवा भडकाउने अभियान सक्रिय भएको छ ।

    सुरक्षाविद् दीपकप्रकाश भट्ट नेपाल र भुटानबाहेक दक्षिण एसियाका सबै देशमा आईएसको उपस्थिति देखिएको बताउँछन् । बंगलादेशमा आईएसको सशक्त उपस्थिति हुनु, भारतमा सक्रिय सदस्य देखिनु र आईएस चिनियाँ मुस्लिम युवातिर केन्द्रित हुँदा नेपालमा पनि जोखिम बढेको उनको विश्लेषण छ ।

    विमान अपहरणदेखि सेल्टरसम्म
    प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभागको सूचना संकलन, मूल्यांकन र खतराको विश्लेषणमा नेपालमा आईएससम्बद्ध संगठन र सहयोगी देखिएका छैनन् । भारत, बंगलादेशमा पक्राउ परेका आईएस र अलकायदाका सदस्यबाट पनि नेपालसम्बन्धी कुनै योजना खुलेको छैन ।

    अमेरिकाको स्टेट डिपार्टमेन्ट, भारतको एनआईए र इन्टेलिजेन्स ब्युरो (आईबी) लगायतबाट आएको आतंकवादसम्बन्धी अलर्टमा आतंकवादीले नेपाली भूमि प्रयोग गर्न सक्ने जोखिम उल्लेख भए पनि उपस्थिति औंल्याइएको छैन ।

    ‘प्रभाव कम हुने र यहाँ संगठन नभएकाले गतिविधि गर्न बाहिरबाटै मान्छे ल्याउनुपर्ने भएकाले नेपालमा आतंककारी आक्रमणको सम्भावना कम छ, तर के हुनसक्छ यकिनका साथ भनिहाल्न सकिन्न,’ एक अनुभवी सुरक्षा अधिकारीले टिप्पणी गरे ।

    कुनै पनि ठाउँलाई सामान्यत: आतंकवादी संगठनहरूले सुरक्षित सेल्टर, रणनीति निर्माणस्थल, लडाकु संकलन र तालिम स्थल, आर्थिक स्रोत व्यवस्थापन, परिचालन र रणनीति कार्यान्वयन, यी ६ उद्देश्यका लागि उपयोग गर्ने गरेको देखिन्छ । सुरक्षा विज्ञहरूका अनुसार यीमध्ये सेल्टर र रणनीतिक कार्यान्वयन स्थलका रूपमा नेपालको प्रयोग हुनसक्छ ।

    तर, आक्रमणको विश्वव्यापी प्रभाव देशका आधारमा भन्दा आक्रमणस्थल, प्रकृति र क्षतिको परिणामले निर्धारण गर्छ । स्थानीय सहयोगी संगठन नहुँदैमा आतंकवादी गतिविधि हुन सक्दैन भन्ने तर्कलाई नेपालमा २०५६ पुस ९ मा भएको इन्डियन एयरलाइन्स आईसी ८१४ को विमान अपहरण भएको घटनाले नै गलत प्रमाणित गर्छ । त्यो अपहरणको उद्देश्य न नेपालसँग सम्बन्धित थियो, न त अपहरणको योजना र अपहरणमा नेपाली नागरिक संलग्न थिए ।

    अपहरणको योजना बंगलादेशमा बनेको थियो । योजनाकार र अपहरणकारी पाकिस्तानी थिए । उद्देश्य भारतीय जेलमा रहेका पाकिस्तानी मुजाहिद्दिन नेता मौलाना मोहम्मद मसुद अजहरलाई छुटाउने थियो । एक सय ८९ यात्रु बोकेर काठमाडौंबाट दिल्ली उडेको विमान अपहरणमा पर्‍यो, अजहर छुटे । यही घटनाले नेपालको विमानस्थलको सुरक्षा अझसम्म प्रश्नमुक्त हुन सकेको छैन ।

    अन्तर्राष्ट्रिय संगठनसूग सम्बन्ध भएका स्थानीय आतंकवादी संगठन नदेखिए पनि अन्तर्राष्ट्रिय आतंकवादी संगठनका सदस्यले नेपाललाई सेल्टरका रूपमा प्रयोग गर्ने गरेको पटक–पटक प्रमाणित भएका छन् । तीन वर्ष अगाडि अलकायदासँग सम्बन्ध रहेको इन्डियन मुजाहिद्दिनका संस्थापक यासिन भटाल र असदुल्लाह अख्तर पोखरामा पक्राउ परेका थिए ।

    भारतीय अलकायदा मानिने इन्डियन मुजाहिद्दिनका सदस्य अफजल उस्मानी र शैयद साह तथा असममा सक्रिय पृथकतावादी आन्दोलनका सैन्य कमान्डर निरञ्जन होजाई नेपालमा परिचय बदलेर बसेको अवस्थामा फेला परेका थिए । भारतीय सुरक्षा संगठनको रेकर्डमा अलकायदाका बमगुरु भनिने अब्दुल करिम टुन्डा उतै पक्राउ परेको देखाइए तापनि उनी नेपालमा समातिएको तथ्य लुक्न सकेको छैन ।

    अमेरिकाको स्टेट डिपार्टमेन्टले गत जुन २ मा सार्वजनिक गरेको प्रतिआतंकवादसम्बन्धी रिपोर्टमा ‘नेपाल–भारतको खुला सीमा र अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर सुरक्षा प्रणालीका कारण नेपाललाई अन्तर्राष्ट्रिय आतंकवादी समूहले ट्रान्जिट प्वाइन्टको रूपमा प्रयोग गर्ने खतरा रहेको’ उल्लेख छ ।

    ‘नेपालमा आतंकवादी घटनालाई सम्बोधन गर्न विशेष सुरक्षा संयन्त्र भए पनि त्यसलाई रोक्न थुप्रै कमजोरी छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘भारतसँगको खुला सीमा र विमानस्थलको फितलो सुरक्षा व्यवस्थाले काउन्टर टेरोरिजम पुलिसिङ राम्रोसँग लागू गर्न सकिएको छैन ।’

    बढाइएको निगरानी
    गृह प्रशासनले नेपालमा आतंकवादी संगठनको प्रभाव र सदस्य छैनन् भन्ने निष्कर्ष निकाले पनि ढाकाको गुलसन क्षेत्रमा भएको आतंकवादी घटनापछि भने गृहसँगै सुरक्षा संगठन सूचना संकलन, विश्लेषण र रणनीति निर्माणमा लागे ।

    ढाका घटनाको भोलिपल्ट गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख यादव कोइरालाले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी प्रतापसिंह थापा, सशस्त्र प्रहरीका प्रमुख दुर्जकुमार राई र उपत्यकाका प्रमुख दिवाकर केसी, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीप रेग्मी र नेपाली सेनाका उपत्यका पृतनाका अधिकारी राखेर ढाकामा भएको आतंकवादी आक्रमणको शैली र नेपालको सम्भावित सुरक्षा चुनौतीबारे छलफल गरेका थिए ।

    त्यही बैठकले त्रिभुवन विमानस्थल, विदेशी दूतावासको कार्यालय र राजदूतको निवास क्षेत्र, विदेशी र कूटनीतिक नागरिकले ‘हयाङ हाउट’ गर्ने होटल, रेस्टुरेन्ट क्लबमा सुरक्षा निगरानी बढाउने निर्णय गरेको थियो । लगत्तै प्रहरीले धार्मिकस्थल, दूतावास, राजदूत निवास, विदेशी नागरिक बस्ने क्षेत्रलाई उच्च, मध्यम र सामान्य गरी तीन तहमा वर्गीकरण गरी सोहीअनुसार स्थानीय प्रहरीसँगै तालिम प्राप्त प्रहरीलाई सादा पोसाकमा परिचालन गरेको छ ।

    ‘सुरक्षा चुनौतीको समीक्षाका आधारमा केही क्षेत्रको सुरक्षा प्रबन्धमा सुधार गरेका छौं,’ एआईजी थापाले भने, ‘केही स्थानमा गस्ती र निगरानी बढाएका छौं, कतै सादा पोसाकमा प्रहरी खटाएका छौं ।’
    त्रिभुवन विमानस्थलमा निगरानी र जाँच प्रणालीमा कडाइ गरिएको छ । पाकिस्तानी, बंगलादेशी र टर्कीका विमानमा आउनेमाथि विशेष निगरानीका लागि विमानस्थलमा विशेष ब्युरोको टोली खटिएको छ ।

    त्रिभुवन विमानस्थल सुरक्षा गार्डका प्रमुख डीआईजी गोविन्द निरौलाका अनुसार विमानस्थलको गोल्डेनगेटबाटै यात्रुको सुरक्षा जाँच सुरु हुन्छ, विमानस्थलभित्र प्रवेश प्रणाली, यात्रुमाथिको निगरानीमा कडाइ गरिएको छ । सशस्त्र प्रहरीका एआईजी शैलेन्द्र खनालका अनुसार सीमा क्षेत्रमा निगरानी र सूचना संकलनमा सशस्त्र प्रहरीको जनशक्ति परिचालित छन् ।

    एक सुरक्षा अधिकारीका अनुसार आतंकवादी संगठनसँग आबद्धतामा शंकास्पद देखिएका नेपाली भारतीय, बंगलादेशी र चिनियाँ नागरिक लगायत २० जना निगरानीमा छन् । ‘सेल्टर दिन सक्ने सम्भावित व्यक्ति र स्थान, त्यस्ता व्यक्तिको गतिविधि निगरानीमा छ,’ विश्वस्त स्रोतले भन्यो, ‘सुरक्षा संगठनको निगरानीमा परिसकेकाले अर्को हयान्डलर प्रयोग गर्न सक्ने खतरा रहेकाले त्यो पाटोसमेत निगरानीमा छ ।’

    न नीति न रणनीति
    नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्की र सशस्त्रका एआईजी खनाल ‘संगठन जस्तोसुकै सुरक्षा चुनौती सामना गर्न पनि सक्षम र तयारी अवस्थामा रहेको’ दाबी गर्छन् । तर, प्रतिआतंकवादसम्बन्धी न नीति देखिन्छ र बलियो रणनीति । संगठन विशेषले आफ्नो चासोमा बाहेक आतंकवाद नियन्त्रणका लागि सूचना संकलन, विश्लेषण र एकीकृत रणनीति निर्माण भएको देखिँदैन ।

    गुलसन घटनालगत्तै आतंकवादसम्बन्धी एकीकृत नीति बनाउन गृहका कर्मचारीले केन्द्रीय सुरक्षा समितिको बैठक राख्ने प्रयास गरेका थिए । एक सातासम्म बैठक बसेको छैन ।

    ‘राष्ट्रिय सुरक्षा नीति २०७३’ मा आतंकवाद निरोध र नियन्त्रणका लागि सार्वजनिक सूचना प्रवाहलगायत कार्यक्रम सञ्चालन गर्ने, सीमा तथा अध्यागमनको प्रभावकारी नियमन, सूचना र सुरक्षा संयन्त्रको क्षमता अभिवृद्धि गर्ने, राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता परिपूर्ति हुने गरी आतकंवादी क्रियाकलाप नियन्त्रण गर्न कानुनमा समयसापेक्ष सुधार र परिमार्जन गर्ने उल्लेख छ । गृहले यसैलाई आधार बनाएर आन्तरिक सुरक्षा नीति बनाइरहे पनि मस्यौदा टुंग्याउन सकेको छैन ।

    आतंकवाद नियन्त्रणमा परिचालित हुने जनशक्ति एकीकृत गर्ने गृहको रणनीति अलपत्र छ । नेपाली सेनामा हतियार र विशेष प्रकृतिको तालिमप्राप्त जनशक्ति सहितको प्रतिआतंकवाद युनिट छ । प्रहरीमा आधुनिक हतियार र विशिष्ट तालिम पाएका १५ सय जनशक्ति सहितको विशेष कार्यदल छ, जो आतंकवादविरुद्ध परिचालित हुन सक्ने जनशक्ति हुन् । सूचना संकलन, विश्लेषणका लागि डीआईजीको नेतृत्वको विशेष ब्युरो छ ।

    सशस्त्रमा अप्रेसन डिपार्टमेन्टअन्तर्गत तालिमप्राप्त जनशक्ति भए पनि आतंकवादसम्बन्धी गतिविधिमा परिचालन हुने विशिष्टीकृत समूह बनाएको छैन ।

    को आए, को गए त्यसको रेकर्ड राख्ने अध्यागमन विभागको अवस्था सुधारिएको छैन । गुलसन घटनापछि नै एक बंगलादेशी नागरिकको नेपालमा आएको रकेर्ड हेर्दा गत वर्ष ऊ आएको रेकर्ड फेला पर्‍यो तर कहिले गए भन्न्ने रेकर्ड फेला परेन ।

    तर, उनी पुन: असारमा नेपाल आएका थिए । सिरिया लगायतका देशबाट नक्कली राहदानी बोकेर आउनेक्रम बढे पनि कसको राहदानी सक्कली हो, कसको नक्कली हो भन्ने पहिल्याउने आधुनिक प्रविधि छैन ।

    ‘संगठनमा भएको साधनस्रोतको उच्चतम प्रयोग र उपयोग गर्ने हो त्यो गरिरहेका छौं,’ सशस्त्रका एआईजी थापाले भने, ‘आधुनिक साधनस्रोत सम्पन्न बनाउँदै लगे राम्रो हो ।’

    टिप्पणी
    दीपकप्रकाश भट्ट, सुरक्षाविद्
    दक्षिण एसियाका ६ देशमा आईएसको उपस्थिति देखिइसकिएको छ । पाकिस्तान, बंगलादेश, माल्दिभ्समा उनीहरूको प्रभाव देखिइसकिएको छ । भारतीय युवा समेत आईएसमा संलग्न छन् भने चीनमा मुस्लिम समुदायमा आईएसको प्रभाव विस्तारको क्रममा देखिन्छ ।

    भारतसम्म आईएसको प्रभाव देखिए पनि नेपालमा अहिलेसम्म उनीहरूको उपस्थिति देखिएको छैन । यो वास्तविकता नै हो या सुरक्षा सूचना संयन्त्रको कमजोरी हो त्यो यसै भन्न सक्ने अवस्था पनि छैन । बेरोजगारीको अवस्था, प्रभाव विस्तारका लागि आईएसले अपनाउने आधुनिक सञ्चार प्रणालीको प्रभाव आदिले नेपाली युवा प्रयोग हुन सक्ने खतरा भने देखिन्छ ।

    नेपालबाट विमान अपहरणसम्मका घटना भइसकेकाले आतंकवादको निसानामा नेपाल पर्दैन भनेर ढुक्क हुन सक्ने अवस्था छैन । भारत र चीन आईएसको टार्गेटमा रहेकाले समेत नेपालको सुरक्षा संयन्त्र थप सचेत हुनुपर्ने देखिन्छ । घटना भइसकेको अवस्थामा त्यसको प्रतिवादका लागि नेपालका सुरक्षा संगठन कमजोर देखिँदैनन् ।

    तर आतंकवादी घटना नियन्त्रणका लागि अपनाउनुपर्ने पूर्वतयारीमा प्रशस्त कमजोरी देखिन्छ । सुरक्षा संगठनबीचको सहकार्य हाम्रो मुख्य कमजोरी हो । आतंकवादसँग लड्न सुरक्षा संगठनबीच सूचना आदानप्रदान, विश्लेषण र योजना निर्माणमा सहकार्य आवश्यक छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.